• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गाउँमै जग्गा धनी लालपुर्जा पाएपछि सुखीपुरबासी हर्षित


गाउँमै जग्गा धनी लालपुर्जा पाएपछि सुखीपुरबासी हर्षित

संजय यादव, सिरहा
२० असोज, २०७८
वर्षौ वर्षदेखि ऐलानी जग्गामा बस्दै आएको सुखीपुर नगरवासी गाउँमै जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएपछि हर्षित भएका छन् । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १ र ९ का ३ सय १८ जनाले गाउँमै जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएपछि निकै खुसी भएका छन् । नापी कार्यालय लहान, सिरहा र भूमि अधिकार मंच सिरहाको सहकार्यमा बुधबार सुखीपुर नगरपालिकाको मोहनपुर कमलपुर गाँउमा एक कार्यक्रमका बीच ३ सय १८ घरधूरीलाई जग्गाधनी लालपुर्जा हस्तान्तरण गरेको गरेको नापी कार्यालय लहानका प्रमुख संजयकुमार सिंहले जानकारी दिए । नापी प्रमुख सिंहले घरदैलोमै जग्गाधनीको लालपुर्जा वितरण गर्दा भित्रै देखि नै खुशी महसूस भइरहेको बताए । गाउँका सोझासाझाहरुले गाउँ ब्लक जग्गाको प्रमाणपत्र बिना झनझट पाएकोमा उनीहरुसँगै आफु पनि निकै खुसी भएको छु । उनीहरूको पीडामा मल्हम लगाउने अवसर पाएकोमा खुसी रहेको नापी प्रमुख सिंहले भने ।

सुखीपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रमेश ठाकुरले वडाबासीहरूको अनुहारमा मुस्कान हेर्दा वडा अध्यक्षको हैसियतले आफू पनि सफल भईरहेको महसुस भएको बताए । धेरै मिहिनेत र परिश्रम पश्चात जग्गा धनी लालपूर्जा वितरण भएको वडाध्यक्ष ठाकुरले बताए । नापी कार्यालय लहानका टोली प्रमुख रतन प्रसाद साहले पहिलो चरणको जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकेपछि अर्को चरणमा गाउँको जग्गा नापी कार्य गरी पूनःलालपुर्जा वितरण गरिने बताए ।

जग्गाधनी प्रमाणपत्र पाएपछि वडा नं १ की दुर्गीदेवी मोची भन्छिन् लालपुर्जा पाएपछि निकै नै खुशी महसुस भएको छ । दायाँबायाँ तिरबाट च्याप्नेहरु पनि अब च्याप्न नसक्ने भने । मेरो नाउँमा जग्गा भएपछि सरकारी कारोवार गर्न पनि सकिने उनले भने । भूमि अधिकार मञ्च सिरहाका कार्यक्रम संयोजक अरुण सदाले बाँकी घरधुरी हरुलाई पनि जग्गा धनी प्रमाण पत्रको लागि समन्वय गरेर अगाडि बढ्ने बताए । भूमी अधिकार मंच कै समस्तीलाल आलेले नापी गर्न छुट भएकाहरुलाई पनि नापी गराई जग्गाधनी प्रमाण पत्रको पुर्जा दिलाउनका लागि समन्वय गर्ने बताए ।


बिहान ७ बजेदेखि हुने कार्यक्रम सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले समयमा नआइदिदा सारहे नौ बजेदेखि जग्गाधनी प्रमाणपत्र वितरण भएको स्थानीयहरुले गुनासो पोखे । मेयर यादवकै छिमेकमा कार्यक्रम हुदाँ पनि मेयर यादवले वास्तै गरेनन् । १३ चोटी फोन गर्दा पनि समयमा आइदिएन र अटेर गरेको स्थानीयहरुको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद
  • २०७८ आश्विन २०, बुधबार १९:४१
  • In "मधेश प्रदेश"
  • सिरहाका ११ स्थानीय तहमा जग्गाको विशेष नापी हुँदै
  • २०७८ आश्विन २०, बुधबार १९:४१
  • In "देश"
  • लहानमा लालपुर्जा वितरण रोकिँदा स्थानीय समस्यामा
  • २०७८ आश्विन २०, बुधबार १९:४१
  • In "BannerNews"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

महन्थ ठाकुरको पार्टी पनि सरकारमा जाने पक्का

नेपालमा पाकिस्तानी नागरिक अपहरित, दुई जना पक्राउ

महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा – महत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version