No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यस्ता छन् आईटी क्षेत्रका आकर्षक जागिर, कसको तलब कति ?

यस्ता छन् आईटी क्षेत्रका आकर्षक जागिर, कसको तलब कति ?

काठमाडौं । पेशाको रुपमा पछिल्लो समयमा सूचना प्रविधि क्षेत्र राम्रो आकर्षणको विषय बनेको छ । सूचना प्रविधिको क्षेत्रमा भइरहेको विकास र राम्रो आम्दानीको अवसरले गर्दा पनि यो क्षेत्रमा काम गर्न आकर्षित हुनेहरूको संख्या पनि बढ्दै गएको छ ।

यद्यपि सूचना प्रविधि क्षेत्रमा काम गर्नको लागि कसरी सुरुवात गर्ने भन्ने विषयमा सबैलाई जानकारी नहुन पनि सक्छ । अथवा यो क्षेत्रको दायरा कति छ भन्ने विषयमा अविज्ञ भएपनि यसप्रति आकर्षित हुनेहरूको संख्या धेरै छ ।

हुन त धेरैजसो सूचना प्रविधिसँग जोडिएका रोजगारीमा सम्बन्धित क्षेत्रको ज्ञान, सीप सँगै सिस्टम एनलाइसिस, स्नातक तह उत्तीर्ण गरेको पनि हुनुपर्छ । केहीले आफ्नो सीपको दायरालाई बढाउन बिजनेस पनि पढेका हुन्छन् । यद्यपि सूचना प्रविधिसँग जोडिएको क्षेत्रमा काम गर्नको लागि सो सँग सम्बन्धित पढाइ मात्र हुनुपर्छ भन्ने पनि छैन ।

यस क्षेत्रसँग सम्बन्धित सीप, ज्ञान र बुझाई हुनु एकदमै आवश्यक छ । नेपालमै धेरै यस्ता व्यक्तिहरू छन्, जसले फरक विषय पढेको भए तापनि सूचना प्रविधिको क्षेत्रमा अब्बल रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

सूचना प्रविधि क्षेत्रको आम्दानी 

विगत केही समयमा कम्प्युटर तथा आईटी क्षेत्रका रोजगारीले अन्य क्षेत्रको रोजगारीलाई छायाँमा पारेको छ, विशेष गरि पछिल्लो पुस्तामा । प्रविधिसँगै हुर्केको पुस्ता प्राविधिक क्षेत्रमा नै आफ्नो भविष्य बनाउने होडबाजीमा छ ।

झन् यसक्षेत्रको आम्दानीले उनीहरूलाई निकै आकर्षित र उत्साहित पनि बनाउने गर्छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने सूचना प्रविधि क्षेत्रमा काम गर्ने मान्छेहरूको वार्षिक औसत तलब  करिब ९१ हजार २५० अमेरिकी डलर अर्थात् करिब एक करोड रुपैयाँ हाराहारीमा हुन्छ ।

नेपालमा भने सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कर्मचारीहरूको तलब न्यूनतम ४०,००० रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँ भन्दा बढी हुने गरेको छ । स्यालरी एक्सप्लोररका अनुसार न्यूनतम तबल ४२,००० रुपैयाँ, औसतमा ८१ हजार १०० रुपैयाँ र अधिकतममा एक लाख ३२ रुपैयाँ रुपैयाँ तलब रहेको छ ।

आजभोलि सूचना प्रविधि सम्बन्धी बढ्दो चेतनाका कारण पनि निजीदेखि सरकारी कार्यालयहरूमा आईटी अधिकृतहरूको माग पनि बढेको छ । यसले गर्दा सूचना प्रविधि क्षेत्रमा जागिर गर्छु भन्नेहरूको लागि बजार निकै ठूलो छ ।

आईटीका कार्यक्षेत्रहरू 

आईटी क्षेत्र सुन्दा सानो लागे पनि यसको दायरा निकै नै फराकिलो छ । सूचना प्रणाली व्यवस्थापनदेखि लिएर साइबर सुरक्षा, सफ्टवेयर डेभलपमेन्ट जस्ता कामहरू यसअन्तर्गत पर्दछ । यद्यपि यस क्षेत्र अन्तर्गत पनि विश्वले राम्रो मानेका केही कार्यपदहरू रहेका छन् । जसको विषयमा आज हामी चर्चा गर्नेछौं ।

कम्प्युटर एण्ड इन्फर्मेसन सिस्टम म्यानेजर 

कम्प्युटर एण्ड सिस्टम म्यानेजर कम्पनीको सम्पुर्ण आईटी विभागको जिम्मेवारी पाउने पद हो । अन्य आईटी अफिसरहरूको काम बाडँफाड, टिम व्यवस्थापनदेखि लिएर संस्थाको अन्य प्राविधिक समस्याहरूको विषयमा जाँच गर्ने, कम्पनीको तर्फबाट अन्य कम्पनीहरूसँग छलफल सहित बैठकहरूमा सहभागी हुने लगायतका जिम्मेवारी म्यानेजरको हुन्छ ।

टिमले नेटवर्क सुरक्षा, सफ्टवेयर व्यवस्थापन लगायतका कामहरू गर्ने गर्छन् । सामान्य रुपमा यस्तो कर्मचारीलाई आईटी म्यानेजर अथवा चिफ इन्फर्मेसन कम्युनिकेसन अफिसर भन्ने गरिन्छ ।

यस्ता कर्मचारीको तलब सामान्य रुपमा ५५ हजार रुपैयाँ देखि एक लाख ५० हजार रुपैयाँ सम्म हुनेगर्छ । स्यालरी स्केलले भने न्यूनतम ५२ हजार रुपैयाँदेखि एक लाख ३२ हजार रुपैयाँ सम्म हुने बताएको छ ।

यद्यपि यो औसत रकम मात्रै हो । कम्पनीको स्तर हेरेर यो पदमा तीन लाखदेखि चार लाख रुपैयाँ सम्म पनि तलब हुने गर्छ ।

कम्प्युटर एण्ड इन्फरमेसन रिसर्च साइन्टिस्ट 

सामान्य भाषामा भन्नु पर्दा कम्प्युटर एण्ड इन्फरमेसन रिसर्च साइन्टिस्टले विशेषगरी प्रविधि सम्बन्धी समस्याहरू पत्ता लगाएर त्यसको सामाधान खोज्ने काम गर्दछन् । त्यस्तै उनीहरूले नयाँ प्रविधि लगायत नयाँ कम्प्युटिङ भाषाहरू प्रतिपादन गर्ने कामहरू पनि गर्नुपर्ने हुन्छ ।

उनीहरूको मुख्य काम भनेको कम्प्युटिङ समस्याहरू सामाधान गर्ने नै हो । यो पदको लागि सम्बन्धित विषयमा कम्तिमा पनि स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा यो पदको लागि वार्षिक तलब करिब एक लाख २६ हजार ८३० अमेरिकी डलर अर्थात करिब डेढ करोड रुपैयाँ भन्दा बढी हुन्छ ।

कम्प्युटर नेटवर्क आर्किटेक 

कम्प्युटर नेटवर्क आर्किटेकहरूले कम्पनीको लागि कम्युनिकेसन नेटवर्कहरू डिजाइन गर्ने काम गर्दछन् । सानो नेटवर्कदेखि क्लाउड कम्प्युटिङ प्लेटफर्मसम्मको लागि उनीहरूले डेटा कम्युनिकेसन सिस्टम बनाउने काम गर्ने गर्दछन् ।

यस्ता आर्किटेकहरू विशेष गरी कम्प्युटर साइन्स, इन्फर्मेसन सिस्टम, नेटवर्क सेक्युरिटी, डेटाबेस एड्मिनिस्ट्रेसन तथा सिस्टम एडमिनिस्ट्रेसन लगायतका विषयहरू पढेका हुन्छन् । अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको तलब वार्षिक रुपमा करिब एक लाख १६ हजार अमेरिकी डलर भन्दा माथि हुने गर्छ ।

सफ्टवेयर डेभलपर 

सामान्यतया यो हामीले सुनिरहेकै काम हो । सफ्टवेयर डेभलपरहरूले कम्पनी तथा आफ्नो क्लाइन्टको आवश्यकता अनुसार सफ्टवेयरहरू बनाउने काम गर्छन् । सफ्टवेयर डेभलपरहरू विशेषगरी सफ्टवेयर इन्जिनियर, टेस्टर तथा प्रोग्रामरहरूसँग नजिक रहेर काम गर्छन् ।

सफ्टवेयर मेन्टेनेन्स लगायत अपडेटका कामहरू पनि यस अन्तर्गत पर्ने गर्छन् । अन्तर्राष्ट्रिय स्तरमा सफ्टवेयर डेभलपरहरूको वार्षिक रुपमा औषत आम्दानी एक लाख १० हजार अमेरिकी डलर अर्थात करिब एक करोड ३० लाख रुपैयाँदेखि माथि हुने गर्छ ।

सफ्टवेयर क्वालिटी अस्योरेन्स एनालिस्ट एण्ड टेस्टर 

सफ्टवेयर क्वालिटी अस्योरेन्स एनलिस्ट एण्ड टेस्टरले सफ्टवेयर प्रोग्रामहरूको समीक्षा गर्ने तथा समस्याहरू पत्ता लगाउने काम गर्छन् । सफ्टवेयरको गुणस्तर जाँच गरेर त्यसमा भएको समस्याको बारेमा सफ्टवेयर डेभलपर अथवा सफ्टवेयर इन्जिनियरहरूलाई रिपोर्ट गर्ने काम टेस्टरको हुन्छ । अन्तर्राष्ट्रिय बजारमा यो काम गर्ने कर्मचारीहरूले वार्षिक रुपमा एक लाख अमेरिकी डलरभन्दा माथि कमाउने गर्दछन् ।

इन्फरमेशन सेक्युरिटी एनालिस्ट

इन्फरमेसन सेक्युरिटी एनालिस्टले महत्त्वपूर्ण डेटाहरूलाई साइबर आक्रमणबाट जोगाउनको लागि सुरक्षा प्रणालीमा काम गर्ने गर्दछन् । उनीहरूले भविष्यमा आइपर्ने साइबर आक्रमणहरूबाट बच्नको लागि पनि सुरक्षा चुनौतीहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्छन् ।

साइबर विज्ञको हिसाबले उनीहरू साइबर सुरक्षाको नयाँ ट्रेन्ड लगायत सेक्युरिटी अपडेटहरूको विषयमा जानकार हुन आवश्यक हुन्छ । यस्ता कर्मचारीहरूको अन्तर्राष्ट्रिय स्तरमा न्यूनत वार्षिक एकलाख अमेरिकी डलर भन्दा बढी आम्दानी हुने गर्दछ ।

यी लगायत यो क्षेत्रमा डेटाबेस एड्मिनिस्ट्रेटर, कम्प्युटर सिस्टम एनलिस्ट, कम्प्युटर प्रोग्रामर, नेटवर्क एण्ड कम्प्युटर सिस्टम एड्मिनिस्ट्रेटर लगायतका पदमा पनि आकर्षक जागिर पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
रुसी साइबर सुरक्षा विज्ञलाई दुई महिना जेल, लगाइयो देशद्रोहीको आरोप

रुसी साइबर सुरक्षा विज्ञलाई दुई महिना जेल, लगाइयो देशद्रोहीको आरोप

लाखौं पुराना फोनमा बन्द हुँदै ह्वाट्सएप

लाखौं पुराना फोनमा बन्द हुँदै ह्वाट्सएप

गजेन्द्रनारायण सिंह अस्पतालकी कम्प्युटर अपरेटर रुवी झुन्डिएको अवस्था फेला

गजेन्द्रनारायण सिंह अस्पतालकी कम्प्युटर अपरेटर रुवी झुन्डिएको अवस्था फेला

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .