No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

बीबीसी : जासना सलीमसँग उनको मनपर्ने विषयमा कुरा गरियो भने उनी एक बच्चाजस्तै खुसी हुन्छिन् । उनको मनपर्ने विषय बालकृष्ण हो जसका हात मक्खनको भाँडोमा हुन्छ भने उनको अनुहारमा पनि मक्खन लतपतिएको हुन्छ । अठाइस वर्षीया जासना पछिल्लो छ वर्षदेखि लगातार यस्तो चित्र बनाइरहेकी छिन् र अब उनी आफैँले उक्त चित्र श्रीकृष्णको मन्दिरमा प्रस्तुत गरेकी छिन् ।

बालकृष्णलाई चित्रकला प्रस्तुत गर्ने सपना पूरा गर्न पाउँदा जासना आफूलाई धेरै खुसी लागेको बताउँछिन् । दुई दिन पहिले जसनाले केरला राज्यको ८० वर्ष पुरानो उलानाडु श्रीकृष्ण स्वामी मन्दिरमा बालकृष्णको चित्र चढाएकी थिइन् । यो मन्दिर पत्तनमतिट्टा जिल्लाको पन्दलम शहरमा छ जहाँ बालकृष्णको पूजा हुन्छ ।

मन्दिर समितिले जासनाले बताएको चित्र गुरुवायूरको प्रसिद्ध कृष्ण मन्दिरमा चढाइएको थाहा पाएको थियो । त्यसपछि समितिले आफ्नो मन्दिरका लागि पनि चित्र बनाइदिन आग्रह गरेको थियो । जासनाले चित्रकलामा कुनै व्यावसायिक प्रशिक्षण लिएकी छैनन् । उनका श्रीमान्‌ले उनलाई भगवान्‌ कृष्णको बारेमा बताए र उनको कथा सुनाउन थाले ।

चित्रकला कसरी सुरु गरिन् ?
जासनाले कोझिकोडमा रहेको आफ्नो घरबाट फोनमा बीबीसीलाई भनिन्, ‘जब मैले कृष्णको सुन्दरता र आकर्षण महसुस गरेँ तब मैले उनको जीवनको प्रशंसा गर्न थालेँ । एक दिन मैले उनको तस्बिर देखेँ र त्यसैको चित्र कोर्न थालेँ । मैले मेरो जीवनमा पहिलो पटक तस्बिर बनाएको नै त्यही बेला हो । म त्यसबेला गर्भवती थिएँ र केवल कृष्णका बारेमा नै सोच्ने र उनको तस्बिरलाई हेर्ने गर्थेँ ।’ तर, जासना त्यो तस्बिर आफ्नो घरमा राख्न सक्दिनथिइन् । उनका पतिलाई घरका मानिसहरू यो देखेर रिसाउनेछन् कि भन्ने डर थियो । उनी भन्छिन्, ‘म एक रूढीवादी परिवारबाट आएँ । तर मेरो घरका मानिसहरूलाई मेरो चित्र र चित्र बनाउने कामसँग कुनै समस्या छैन ।’

जासनालाई आफूले बनाएको चित्र नष्ट गर्न मन लागेन। उनी भन्छिन्, ‘म यसलाई नष्ट गर्न सक्दिनँ किनकि यी यही कृष्ण हुन् जुन मैले पहिलो पटक बनाएकी हुँ। त्यसैले मैले त्यो तस्बिर नंबूदरी परिवारका मेरो एक मित्रलाई दिएँ ।’ जसना भन्छिन्, ‘ त्यो परिवारका मानिसहरू एक मुस्लिमले भगवान्‌ कृष्णको तस्बिर बनाएको देखेर छक्क परे । तिनीहरूले उनको इच्छाहरू पूरा हुने पनि बताए ।’ त्यस बेलादेखि उनी लगातार श्री कृष्णको उनको रुचि अनुसारको चित्रहरू बनाइरहेकी छन् ।

बालकृष्णको नै चित्र किन बनाउँछिन् ?
जासनाको लागि प्रेरणा श्रीकृष्णको अनुहार थियो, जुन उनलाई धेरै मनमोहक लाग्दथ्यो । जासनाले बनाएको कृष्णको पहिलो तस्बिरमा उनले हात बाँधेका छन् । तर, पछि उनले श्रीकृष्णले मक्खनको भाँडोमा हात हालेको तस्बिर देखिन्, तब देखि उनले त्यस्तै चित्र बनाउन शुरू गरिन् ।

एक पटक उनलाई सोधिएको थियो कि उनी श्री कृष्णको मक्खन र माटोको भाँडावाला चित्रहरू मात्रै किन बनाउँछिन् भनेर । उनको जबाफ थियो- भाँडोमा हात हालेको कृष्णको तस्बिर देख्दा यस्तो लाग्छ कि उनी त्यो भाँडा अरू कसैले लिएर भाग्छ कि भनेर डराएका जस्तो देखिन्छ । तर, हातमा मक्खन सहितको कृष्णको तस्बिर अति सुन्दर छ किनकि यसमा एक व्यक्ति आफ्नो निकै मनपर्ने खानेकुराका साथ सन्तुष्ट देखिन्छन् ।

जासनाले तस्बिर बनाउन सुरु गर्दा उनलाई उनका मामाले त्यो तस्बिर गुरुवायूर मन्दिरमा दिनुपर्छ भनेर सल्लाह दिएका थिए ।गुरुवायूरबाट आएका धेरै मानिसहरूले उनको तस्बिर देखेर त्यो एकदमै सुन्दर भएको बताए । यो चित्रको सबैभन्दा रोचक पक्ष यो हो कि यसमा उनले बालक कृष्ण को चञ्चल व्यवहारलाई प्रदर्शन गरेकी छन् । यो तस्बिर हेर्दा यसले तपाईँलाई खुसी दिन्छ, पुणे स्थित एक आध्यात्मिक संस्था तत्वामासीका जेपीके नायर भन्छन् । उक्त आध्यात्मिक संस्था यो चित्र को प्रायोजक हो । जासना भन्छिन्, ‘ चित्र बनाएर मलाई हुने लाभ भनेको यसबाट प्राप्त हुने मानसिक सन्तुष्टि मात्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
ओलीले लगाए मधेसी दलहरुमाथि गम्भीर आरोप

ओलीले लगाए मधेसी दलहरुमाथि गम्भीर आरोप

मुख्यमन्त्री राउतलाई बचाउन जसपा आज अख्तियारविरुद्ध मशाल जुलुश निकाल्दै

मुख्यमन्त्री राउतलाई बचाउन जसपा आज अख्तियारविरुद्ध मशाल जुलुश निकाल्दै

धनुषाको नगराइनमा सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

धनुषाको नगराइनमा सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .