No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनको नाकाबन्दीले पीडित नेपाली ब्यापारी सिमानामा थन्कियो कन्टेनर

चिनको नाकाबन्दीले पीडित नेपाली ब्यापारी सिमानामा थन्कियो कन्टेनर

काठमाडौं । दशैँ र तिहारलाई लक्षित गरी नेपाली व्यवसायीहरूले चीनबाट सामान आयात गरेका एक हजारभन्दा बढी कन्टेनर चीनतर्फ रोकिएका छन् ।

तातोपानी नाकाबाट दैनिक ६ देखि १० र केरुङबाट ४ देखि ९ कन्टेनरभन्दा बढी कन्टेनर नेपाल प्रवेश गर्न पाएका छैनन् । यसरी कन्टेर रोकिँदा नेपाली व्यवसायीहरू मारमा परेका छन् । चीनले तातोपानीबाट दैनिक १० वटा कन्टेनर भन्दा बढी नेपाल प्रवेश गर्न रोक लगाएको छ ।

यसरी सीमित संख्यामा नेपाल प्रवेश गर्न पाए पनि नेपालतर्फबाट भने सामान निर्यातमा निषेध गरेको छ ।

दशैँका लागि नेपाली व्यापारीहरूले चीनबाट मगाएको कन्टेनर चीनले आफ्नै क्षेत्रमा रोकिदिएपछि व्यवसायीहरू पालो पर्खेर बस्न बाध्य छन् ।

नजिकैको दशैँ र तिहार चाडपर्व लक्षित सामान रोकिँदा समेत नेपाल सरकारले सहजीकरणका लागि पहल गरेको छैन ।

तातोपानी र केरुङ नाकाबाट सामान आयात गर्दा १५ दिनभित्र नेपाल आइपुग्ने सामान समुद्रीमार्ग हुँदै ल्याउँदा दुई महिनाभन्दा बढी लाग्ने गरेको छ । यसमा खर्च हुने गरेको छ ।

२०७२ वैशाखको विनाशकारी भूकम्पपछि चीनले तातोपानी नाका अघोषितरूपमा बन्द गरेको थियो । तामझामका साथ चार वर्षअघि औपचारिकरूपमा चालु गरिएको भए पनि दैनिक १० वटा भन्दा बढी कन्टेनर नेपाल प्रवेश गर्न दिइएको छैन । तातोपानी सडक पनि वर्षौंदेखि मर्मत नहुँदा र प्राकृतिक प्रकोपले जीर्ण अवस्थामा छ ।

अझै खुलेन तातोपानी नाका, दशैँका कन्टेनर चीनतिरै रोकिँदा व्यवसायी मारमा (हेरौँ भिडियो)

चीनको यस्तो अघोषित आंशिक नाकाबन्दीले व्यवसायीहरू मर्कामा परेका छन् । भूकम्प, कोरोना महामारी, लकडाउन लगायतको बहानमा चीन नाकाहरू खोल्न खोल्न अनिच्छुक रहेको छ । तातोपानी नाका नखोलिएको भन्दै स्थानीयले गत वर्ष आन्दोलन नै गरेका थिए ।
अर्थविद् डा. अच्युत वाग्ले सीमानामा अवरोध हुँदा नेपाली व्यसायीहरूले कन्टेनरको सामान नै फाल्नुपर्ने अवस्था आए पनि नेपालले आवाज उठाउन नसकेको बताउँछन् ।

खबरहब संवादमा डा. वाग्लेले प्रश्न गरे, ‘चीनले कोभिडको कारण देखाएर नाकाहरू ठप्प पारिदिएको छ, भारतले पनि त्यस्तै कारण देखाएर बन्द गरिदिएको भए के हुन्थ्यो ?’

नेपाललाई ठूलो मित्रराष्ट्रका हिसाबले चीनले सहयोग गर्नुपर्नेमा नाका कसरी शिलबन्दी गर्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताए ।
नाका नखुलेपछि राजस्व सङ्कलनमा पनि ठूलो गिरावट आएको छ ।

चीनले नाका नखुलाएपछि सीमा क्षेत्रको रोजगारी, व्यापार, आयात, निर्यात र राजस्व सङ्कलनमा पनि असर परेको छ । नेपाल र चीनबीच सन् २०१६ मार्च २१ मा पारवहन ढुवानी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतासँगै नेपालले पारवहन अधिकार उपयोग गर्दै चीनतर्फको आयात–निर्यात बढ्ने अपेक्षा गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा रहँदा सन् २०१९ अप्रिल २९ मा पारवहन सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

प्रोटोकल अनुसार चीनले नेपाललाई चार खुला सामुद्रिक तथा तीन खुला सुख्खा बन्दरगाह प्रयोग गर्न स्वीकृति दिएको थियो ।

कागजमा सम्झौता भए पनि व्यवहारमा चीनबाट नेपालले व्यापार गर्न सकेको छैन ।

नेपाललाई भूजडित मूलुक बनाउने भनेर चीनले गरेको घोषणा पहिले खुलेका नाकाहरू समेत ठप्प पारिँदा कागजमै सीमित छ ।

पूर्वराजदूत तथा परराष्ट्रविद् डा. विजयकान्त कर्ण तत्कालीन ओली सरकारले चीनसँग पारवाहन सम्झौता गरे पनि कुनै फाइदा लिन नसकेको बताउँछन् । उनले सम्झौता हुँदा ठूलो उपलव्धि मानिएको पनि कार्यान्वयन नहुँदा र चीनले सीमा नाका बन्द राखेको बताए । नेपाली व्यसायीहरू मारमा परिरहे पनि नबोल्ने अचम्मको राष्ट्रवाद देखिएको उनको भनाइ थियो ।

कोभिड–१९ सुरु हुँदै गर्दा २०७६ साल माघदेखि चीनले केही समय केरुङनाका समेत ठप्प पारिदिएको थियो । तातोपानी नाका भूकम्पपछि पूर्णरूपमा चालु हुन सकेको छैन ।

दुबै नाका चालु रहेको भने पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान नेपाल प्रवेश गर्न पाएको छैन । यसबाट नेपाली व्यवसायीहरू मारमा परेका छन् । चीनले धेरै दिन कन्टेनर रोकिदिँदा नेपाली व्यापारीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार दैनिक कम्तीमा ७ वटा र बढीमा १० वटा कन्टेनर नेपाल प्रवेश गर्ने गरेकोमा करिब एक सातायता बढीमा १३ वटासम्म प्रवेश गरेका छन् ।

नेपाली कन्सुर र सोही तहका अधिकारीबीच हालै कुरा भएपछि नेपाल प्रवेश गर्ने कन्टेनरको संख्या थोरै बढेको उनले खबरहबलाई बताए । उनका अनुसार भूकम्पअघिको तुलनामा हाल नेपाल प्रवेश गर्ने कन्टेरको संख्या १५ प्रतिशतभन्दा कम हो ।

नेपालबाट भने निर्यात शून्य रहेको गौतमले बताए ।

२०७६ जेठ १५ गते संयुक्त रुपमा तामझामका साथ तातोपानी नाका खुलेको घोषणा गरिए पनि चीनले नाका आफू अनुकूल नियन्त्रणमा राखेको छ । सीमितरूपमा खुलेको तातोपानी नाकामा अहिले पनि स्वस्थ व्यावसायिक प्रतिस्पर्धा हुन सकेको छैन । चीनतर्फ मुसा ट्रान्सपोर्टको एकाधिकार छ । नेपालतर्फ सबैजसो ढुवानी सिल्क ट्रान्पोर्टले गर्दै आएको छ ।

भूकम्पअघिसम्म तातोपानी नाकाको व्यापारबाट आकर्षक आम्दानी गरिरहेका नेपाली व्यसायीहरू अहिले मर्कामा परेका छन् ।

भूकम्पअघिसम्म तातोपानी नाकामा नेपाल ट्रक कन्टेनर संघ र मिनिट्रक संघमा आबद्ध झण्डै १५ सय कन्टेनरले काम गर्न पाएका छैनन् ।

अहिले चीनबाट नेपाल भित्रने ९५ प्रतिशतभन्दा बढी सामान समुद्रीमार्ग हुँदै भारतको बाटो आउन थालेको छ । कोरोना महामारी सुरु भएपछि चीनले नेपाली व्यापारीलाई चीन जान रोक लगाएको छ ।

चीनले आफ्नो देशमा उत्पादित खोप लगाएमात्र जान दिने भनेर विज्ञप्ति जारी गरेको थियो । कहिलेकाहीँ अर्डर गरेको भन्दा फरक सामान आउने गरेको पनि व्यवसायीहरूको भनाइ छ । चीनले प्रतिबन्ध नै गर्न सक्ने डरले व्यवसायीहरू मौन रहने गरेका छन् ।खबरहब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
सुरक्षित यौन जीवनका लागि चार सर्त

सुरक्षित यौन जीवनका लागि चार सर्त

असुरक्षित यौन सम्बन्धको भय

असुरक्षित यौन सम्बन्धको भय

तालिवानमा अझै अलपत्र ३४ जना नेपालीहरु

तालिवानमा अझै अलपत्र ३४ जना नेपालीहरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...