काठमाडौं । प्रदेश मा पुनः एक मन्त्री आफ्नो पदीय मार्यादा विपरीरत धक्कामुक्की र गालीगलोजमा उत्रेका छन् ।
प्रदेश २ का महिला तथा बाल बिकास मन्त्री विरेन्द्र सिंह गालीगलौजमा उत्रेको भिडियो सार्वजनिक भएको हो ।
मंगलबार काठमाडौं स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय सनेपामा मन्त्री सिंहले बरहथवा नगरपालिका वडा नं. ४ हजरियाका वडाध्यक्ष लखिन्द्र महतोबिच अपशब्द गलाीगलौजसहित धक्काधुक्की भएको भिडियो अहिले समाजिक संजालमा भाइरल भएको छ ।
भाइरहल भइरहेको सो भिडियोमा केहि व्यक्तिले मन्त्री सिंहलाई मन्त्री भएर यस्तो न बोल्न नगर्न आग्रह गरिरहेका छन् ।
तर, मन्त्री सिंह आफु बर्दास्त गर्न नसक्ने भन्दै गालीगलौज गरिरहेको देखिन्छन् ।
मन्त्री जस्तो व्यक्तिले पदीय मर्यादा बिर्सेर सार्वजनिक स्थलमा अभद्र गालीगलौज तथा धक्काधुक्कीमा उत्रेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।
यता मन्त्री सिंहले आफुलाई बदनाम गर्न अमरेश सिंहले केहि कार्यकर्तालाई उक्साएको आरोप लगाएका छन् ।
उनले टुडेपाटीसंग कुराकानी गर्दै भने ‘म खाजा खाएर आउँदै थिए । त्यहाँ एक्कासी आएर मसंग निहु खोजे, गाली गर्न थाले । ती व्यक्तिहरुलाई अमरेश सिंहले खटाएका थिए । मलाई गाली गर्दा म पनि आवेशमा आए । तर गाली अमरेश सिंहलाई गरेको छु ।’
हुन त प्रदेश २ का यी मन्त्री नै मात्र धक्काधुक्की र गालीमा उत्रेको पहिलो घटना होइन ।
यसअघि तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योगा वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झालाई झापड हानेका थिए ।
मुख्यमन्त्री लालबाबु राउत एक अन्तरवार्तामै अपशब्द बोलेका थिए भने समाजिक विकास मन्त्री नवलकिशोर साह मन्त्रालयको कुर्सीमा बसेर गालीगलौज गरिरहेका भिडियो नै सार्वजनिक भएको थियो ।