No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा किन ढिलाई ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा किन ढिलाई ?

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । विमानस्थल निर्माण सकिएर संचालनमा आउँदा लुम्बिनी प्रदेशको मात्र नभई मुलुकको आर्थिक समृद्धिमा यसले दख्खल राख्ने छ । तर, निर्माण सुरु भएदेखि नै विवादमुक्त रहन सकेन । मुआब्जादेखि मुख्य ठेकेदार र सहायक ठेकेदारसम्मको विवाद विमानस्थल निर्माणमा देखिए ।

तराई–मधेश आनदोलन र निर्माण सामाग्रीको चरम अभाव विमानस्थलले झेल्यो । पछिल्लोपल्ट कोरोना महामारीले विमानस्थल संचालनमै अन्यौल देखिएको छ । अधिकांश पूर्वाधार निर्माण सकिए तर परीक्षण उडानको टुंगो छैन । विमानस्थल आयोजना कार्यालयका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । संचालनको पत्तो छैन । यसले विमानस्थलको भविष्य नै अन्यौलमा परेको छ ।

विमानस्थल निर्माण सुरु गरेको सात वर्ष भयो । पाँचपल्ट बढी म्याद थपियो । तर, आयोजना सकिनुको सट्टा झन अन्यौल थपिँदै छ । एशियाली विकास बैक एडिबी को ६ अर्ब २२ करोड ५१ लाख ऋण तथा अनुदान सहयोगमा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरिएको हो । २०७१ कात्तिक २७ मा चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपसँग ठेक्का सम्झौता भएको थियो ।

तीन बर्ष अघि नै विमानस्थल निर्माण सम्पन्न भएर संचालनमा आउनु पर्नेमा हालसम्म निर्माण सम्पन्न हुननसक्नु र हरेक वर्ष निर्माण लागत बढ्दै जानुले राष्ट्रिय गौरबको आयोजनामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

राजनीतिक स्वार्थ
ग्लोबल टेन्डर मार्फत् चिनियाँ कम्पनीले ठेक्का पाएँसगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा नेकपा एमाले भित्रका गुटहरुको स्वार्थ जोडिएको थियो । निर्माण सुरु भएको ९ महिनासम्म एमाले निकट नारायण कार्कीको नाममा रहेको हिमालय इन्फ्राटेक प्रालिले चिनियाँसँग मिलेर स्थानीय ठेकेदार भएर काम गरेको थियो ।

कार्कीको मातहतमा एमालेका युवाहरुले अर्को कम्पनी नर्थ वेष्ट इन्फ्रा नेपाल प्रालि अनौपचारिक रुपमा संलग्न गराए । त्यसपछि हिमालय इन्फ्राटेक बाहिरियो र पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक खनाल र रुपन्देहीका एमाले नेता राजु गुरुङ्गको संलग्नतामा नर्थ वेष्टले चिनियाँ कम्पनीसँग प्रत्यक्ष काममा जोडिएको थियो ।

त्यस अघि यो कम्पनीले सामान सप्लायर्सको मात्र काम गर्ने गरेको थियो । नर्थ वेष्ट इन्फ्राले चिनियाँ कम्पनीँसग आयोजनाको ८० प्रतिशत काम गर्ने आन्तरिक सम्झौता गरेको थियो । तर राजनीतिक र आर्थिक स्वार्थको द्वन्द्व बढ्दै गएपछि मुख्य ठेकेदार र स्थानीय ठेकेदारको सम्बन्ध बिग्रँदै गएको थियो ।

यसको परिणाम थियो, चिनियाँ कम्पन्नीले नर्थवेष्टलाई अलग गर्नुको । त्यति बेलासम्म आयोजनाको २७ प्रतिशत काम सकिएको थियो । जसलाई बढी खर्चिलो, कम नाफामूलक अर्थात् जमिनमुनी र सतहका संरचना निर्माण भनिएको छ । नर्थवेष्ट अलग भएपछि पनि एमाले युवाको अर्को समूह यती आयोजनामा आफूहरुले काम पाउनु पर्ने भन्दै लबिङ्गमा लागेका थिए । अन्जित बिष्ट, सुमन पुरी, बालकृष्ण शिवाकोटी लगायतका युवाहरुको समूहमाथि पुरानो टिमलाई बाहिर पार्ने भूमिका खेलेको आरोप छ ।

यो समूह युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत निकट मानिन्छन् । युवा संघका गुरुङ्ग समूह एमाले भित्र माधवकुमार नेपाल र बस्नेत केपी ओली समूहमा चिनिन्छन् । सम्झौता अनुसार भुक्तानी नदिएपछि इन्फ्रा मातहतका कर्मचारी आन्दोलनमा उत्रिँदा चिनियाँ कम्पनीले दराजको ताला फुटाएर सझौता पत्र गायब पारेको आरोप छ ।

भुक्तानीको झमेला
आयोजना गतिहीन भइरहेका बेला चिनियाँ ठेकेदारबाट करोडौं रकम भुक्तानी नपाएको भन्दै स्थानीय व्यवसायी आक्रोसित भएका थिए । उनीहरुले स्थानीय ठेकेदार इन्फ्रा मार्फत् काम गरेका थिए । त्यस समय चिनियाँ कम्पनीले ३२ करोड रुपैयाँ स्थानीय व्यवसायीलाई भुक्तानी गर्न सकेको थिएन भने अहिले यो रकम बढेर १ अर्ब पुगेको छ ।

निर्माण ढिलाई किन ?
सुरुका दिनमा ठेकेदारको लापरवाही र व्यवस्थापकीय कमजोरीका कारण निर्माणको काममा ढिलाइ भएको हो । चिनियाँ कम्पनीले ठेक्काको रकम भन्दा घटेर टेन्डर हालेको हुँदा कम्पनीसँग पैसाको क्राइसिस, निर्माण सामाग्री उपलब्ध नहुने, ठेकेदारहरुको एकआपसमा समन्वय नहुने लगायतले गर्दा ढिलाई भएको बताइन्छ ।

चिनियाँ ठेकेदारको काम सुस्त भएको भन्दै नेपाल नागरिक उडडयन प्राधिकरणलाई विमानस्थलको अनुदान र ऋण रोक्ने भन्दै चेतावनी युक्त पत्र एडीबीले लेखेको थियो । पछिल्लोपल्ट कोरोनाले पनि विमानस्थल निर्माणमा ढिलाइ भइरहेको छ । परीक्षण उडान गर्ने भनिए पनि त्यो हुनसकेको छैन ।

मुआब्जा र क्षेत्रफल
गौतबुद्ध विमानस्थलका लागि आवश्यक जग्गा अधीग्रहण गरेर मुआब्जा दिने काम पनि लगभग सकिइसकेको छ । अहिलेसम्म २२ अर्ब ४० करोड १४ लाख ७९ हजार ४३७ रुपैयाँ मुआब्जा स्वरुप वितरण गरिसकिएको छ । अधीग्रहण गरेको जग्गासहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्वामित्वमा यतिबेला ८ सय १० बिगाहा जग्गा छ । यो क्षेत्रफलमा फैलिएको जग्गामा निर्मित आवश्यक भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान र अवतरण थेग्ने क्षमता राख्नेछ ।

अहिलेको गौतमबुद्ध विमानस्थल विसं २०११ साल मा पूर्वप्रधानमन्त्री डा. के.आई. सिंह र काँशीप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो । शुरुआतको दिनमा भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल २०२०–०२१ सालतिर हालको ठाउँमा स्थानान्तरण भएको थियो । विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ ।

होटल व्यवसायी निरास
कोभिडले तहसनहस बनाइरहँदा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात् पर्यटक आवागमन होला भन्ने विश्वासका साथ यतिबेला भैरहवा लुम्बिनी क्षेत्रमा अर्बाैको लगानीमा नयाँ तारे होटल निर्माण भइरहेका छन् । चिनियाँ कम्पनीले समयमै विमानस्थल निर्माण सम्पन्न गरेको भए ४ वर्ष अघि नै होटल तथा पर्यटन व्यवसायी लाभान्वित हुने थिए । विमानस्थलाई नै केन्द्रमा राखेर होटल खोलेका व्यवसायी र निर्माण गरिरहेकाहरु निरास छन् ।

होटल व्यवसायीका अनुसार लुम्बिनी, भैरहवा, बेलहिया, मणिग्राम क्षेत्रमा १ सय ४० वटा सानाठुला र तारे होटल संचालनमा छन् । विमानस्थल निर्माण सुुरु भएपछि २ वटा फाइभ स्टार तथा १२ वटा ठुला होटलले निर्माण सुुरु गरेका थिए । यस क्षेत्रका होटल मा करिब २० अर्ब लगानी रहेको र करिब १२ अर्ब विभिन्न बैक को ऋण रहेको छ ।

चिनियाँ निर्माण कम्पनीको लापरवाहीले समयमै विमानस्थल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रका होटल व्यवसायी अहिले निकै निरास भएका छन् । अर्कातर्फ कोभिडका कारण सीमा नाका बन्द हुँदा भारतीय पर्यटक यस क्षेत्रमा आउन नपाउँदा होटलहरु भूतबंगलामा परिणत भएको व्यवसायीले गुनासो गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
अफगानिस्तानबाट नेपालीको उद्धारमा भारतीय सेनाको काँध, संकटमा सधै भारतको साथ

अफगानिस्तानबाट नेपालीको उद्धारमा भारतीय सेनाको काँध, संकटमा सधै भारतको साथ

सकिएन उपेन्द्र यादवको हैरानी, फेरि पार्टी फुटाउने तयारीमा छन् जसपाका यी २ गुट

सकिएन उपेन्द्र यादवको हैरानी, फेरि पार्टी फुटाउने तयारीमा छन् जसपाका यी २ गुट

अबदेखि २० लाखसम्मको कर्जाको धितोमा मोटरबाटो नचाहिने

अबदेखि २० लाखसम्मको कर्जाको धितोमा मोटरबाटो नचाहिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...