No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मूलधारमा राउटे !

मूलधारमा राउटे !

पृथ्वीमा उत्पत्ति भएका जीवमध्ये मानव जातिको सबैभन्दा छिटो विकास भएको मानिन्छ। वानर प्रजातिको अवशेष (रामापिथेकस) भेटिएको आधारमा मानवको विकास भएको मानिन्छ। मानव सभ्यताको सुरुआतमा बाँदरजस्तै देखिने जीवलाई प्रोकन्स्कूल भनिन्थ्यो। यिनीहरूको शरीर कुप्रो थियो। क्रमशः शारीरिक संरचना परिवर्तन हुँदै अस्टेलोपिथेकस, पिथेकनथेरापस, नेन्डरथालामन्स र क्रोम्याग्ननजस्ता विकसित अहिलेकै मानव देखा परे। सुरुको बाँदर प्रजाति प्रोकन्स्कूलका केही मात्रामा पुच्छर थियो भने त्यसपछिका विकसित विभिन्न स्वरूपमा पुच्छर हराएको पाइन्छ। उत्पत्तिको मिति पत्ता लगाउन जीवाशेषहरूका आधारमा अहिले पनि अनुसन्धान भइरहेका छन्। समय र वातावरण बुझेर निर्णय गर्ने भएकैले मानिसलाई बुद्धिमान् मानिन्छ।

प्राचीन मानवहरूले हजारौं वर्ष पृथ्वीमा ढुंगा खोपेर बिताए र बिलाए पनि। तर, आधुनिक मानवको एक प्रजाति चन्द्रमा र मंगलग्रहको धुलो अध्ययन कसरी गर्ने र बस्ती बसाउने भनेर दिन–रात नयाँ सोचमा छ। प्रविधिको विकाससँगै यो सोचमा मानव समुदाय पुगिरहँदा अहिले पनि धेरै त्यस्ता समुदाय छन्, उनीहरू आधुनिकताभन्दा पर रमाउन चाहन्छन्। उनीहरूको रहन–सहनसँगै कानुन पनि फरक भेटिन्छ। आफ्नै नियममा रमाउने त्यस्ता समुदाय नेपालसहित विश्वका धेरै मुलुकमा छन््। नेपालको कर्णाली प्रदेशका विभिन्न जंगलमा घुमन्ते जीवन बिताउने राउटे समुदाय पनि एक हो। उनीहरूको आफ्नै नियम छ। शिकार र कन्दमूलको भरमा जीवन धान्दै आएका उनीहरू जंगललाई नै आफ्नो घर मान्दै आएका छन्।

‘पैसा छोए पाप लाग्छ’ भन्ने र आफूलाई जंगलको राजा मान्ने राउटे जातिका विषयमा धेरै अध्ययन र खोज पनि भएका छन्। यो समुदाय अहिले पनि जंगली युगमै रहेको मानिन्छ। मैदान, खोला, जंगल र खुल्ला आकाशमा बासस्थान बनाउने उनीहरू कृषि युगमा पनि प्रवेश गरेका छैनन्। जंगलनजिकै घामपानी छल्ने, अन्नपात थन्काउन मिल्ने, माटोढुंगाले बनेका स–साना संरचनामा कैद भएर अझै पनि यो समुदायले दिन कटाएका छन्। एक पुस्ताको अन्त्य, राउटे बस्ती र समुदायमा अन्य समुदायका मानिसको घुलमिल र कुराकानीले भने यो समुदायमा पछिल्लो समय भने केही प्रभाव परेको छ। राउटे समुदायका युवाहरू अन्य समुदायसँग घुलमिल हुने क्रम बढ्दो छ। यो समुदाय क्रमशः सामाजिकीकरणतर्फ उन्मुख भएको पनि देखिन्छ।

कर्णाली प्रदेश सरकारले राउटेलाई राज्यको मूलप्रवाहमा ल्याउन नीति तयार पारेको छ। अन्य समुदायजस्तै स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दै संस्कृति संरक्षण गर्ने लगायतका नीति प्रदेश सरकारले तयार पारेको छ। तीन वर्षअघि नै दैलेखको गुँरास गाउँपालिकाले स्थायी परिचय–पत्र उपलब्ध गराएर मूलप्रवाहमा ल्याउने प्रयास भएको थियो। अहिले प्रदेश सरकारले नीति नै तयार पारेपछि अब राउटेले चाहे अन्य समुदायजस्तै बस्न पाउने भएका हुन्। यो समुदायको संरक्षणका लागि गाउँपालिका र प्रदेश सरकारले चालेका प्रयास सही पनि हो।

सबै समुदायको विकास आवश्यक छ। तर, समुदायको विकासका लागि तयार पारिएका नीति, नियम भने सो समुदायलाई मान्य हुनुपर्छ। किनकि उनीहरूको पनि आफ्नो स्वतन्त्रता र अधिकार छ। कुनै कानुन, नीति नियम, र कसैको विचार यस्ता समुदायमा लाद्नु हुँदैन। आवश्यताअनुसार समुदायको विकास आफैं हुँदै पनि जान्छ, यसमा सरकारको साथ चाहिन्छ। यस्ता समुदायको संस्कृतिमा हुने आक्रमण तीनै तहका सरकारले समयमा रोक्नुपर्छ। कर्णाली प्रदेश सरकारले बनाएको नीतिमा उल्लेखित जातीय र मौलिकताको संरक्षण, राउटे बासस्थानलाई पर्यटकीय प्रवद्र्धन गर्ने, बाह्य समुदायबाट हुने हानी–नोक्सानी तथा हिंसाजन्य जोखिम रोक्ने राम्रा प्रयास हुन्। उस्ता नीतिको कार्यान्वयन समयमै हुनुपर्छ।

राष्ट्रिय जनगणना २०६८ अनुसार राउटेको जनसंख्या ६ सय १८ थियो। कर्णाली प्रदेशको विभिन्न जिल्लामा घुमन्ते जीवनयापन गरिरहेका राउटे समुदायमा हाल ४४ परिवारका १ सय ४६ जना मात्रै छन्। प्रदेश सरकारले बनाएको नीतिभित्र यो प्रदेशमा बस्ने मात्रै समेटिने भएकाले अन्य स्थानमा भएका राउटे समुदायलाई पनि सरकारले उचित व्यवस्थापन र सुरक्षा दिनुपर्छ। यस्ता लोप हुन लागेका सबै समुदायको समयमै उचित संरक्षण र सुुरक्षा नगरे राउटे समुदायमा विकृति पनि बढ्न सक्छ र समुदाय नै लोप हुने खतरा हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
पुल बनाउँदाको भूल

पुल बनाउँदाको भूल

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अन्तरिम आदेश जारी

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अन्तरिम आदेश जारी

वीरगञ्जमा जुवाको खालबाट ७ जुवाडे प्रहरीको फन्दामा

वीरगञ्जमा जुवाको खालबाट ७ जुवाडे प्रहरीको फन्दामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .