No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अन्तरिम आदेश जारी

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अन्तरिम आदेश जारी

काठमाडौं : सञ्चारकर्मी रुपा सुनारमाथि भएको जातीय भेदभाव तथा छुवाछूतजन्य घटनामा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठविरुद्ध उजुरी दर्ता गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको जनाइएको छ। ‘निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्ण गोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी गएको भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी निवेदिकाले निज कृष्ण गोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउनु,’ अदालतको आदेशमा भनिएको छ।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) अनुसार विपक्षीहरूका नाममा जारी गरेको अन्तरिम आदेशमा महत्वपूर्ण ६ वटा विषयलाई उल्लेख गरिएको छ। अदालतले विपक्षी सरस्वती श्रेष्ठउपर दायर गरेको जाहेरी दरखास्तमा आवश्यक अनुसन्धान पूरा भई मुद्दा चल्ने वा नचल्ने निर्णय भइसकेको नदेखिएको जनाएको छ। उक्त जाहेरीउपर निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी जो, जे बुझ्नुपर्छ बुझेर २५ दिनभित्र अनुसन्धान कार्य सम्पन्न गर्न आदेश दिएको छ। त्यस्तो अनुसन्धान तथा अभियोजन गर्नु पर्ने वा नपर्ने सम्बन्धमासमेत आवश्यक निर्णय गरी सोको जानकारी निवेदिकालाई दिन पनि आदेशमा भनिएको छ।

विपक्षी सरस्वती श्रेष्ठ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हिरासतबाट हाजिर जमानीमा छुटेको देखिएको जनाइएको छ। नेपालको संविधानको धारा २१(१) तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ७(१)(झ) बमोजिम के कुन निर्णय वा आधारबाट हाजिर जमानीमा छुटेको हो सोको जानकारी पनि दिन अन्तरिम आदेशमा उल्लेख गरिएको छ।
निवेदीका रुपा सुनारको आवश्यक सुरक्षाको व्यवस्था गर्न प्रहरी प्रधान कार्यालयलाई र त्यस सम्बन्धमा अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई लेखी पठाउन पनि आदेशमा भनिएको छ।
सरस्वती प्रधानले जातीय विभेद र छुवाछूतजन्य व्यवहार गरेको भन्दै रुपाले प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। त्यसपछि असार ६ गते प्रहरीले घरबेटी सरस्वती प्रधानलाई पक्राउ गरेको थियो।
असार ९ गते जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनमा प्रधानलाई हिरासतबाट छोडिएको थियो। पूर्वमन्त्री श्रेष्ठले आफ्नो गाडीमा बसाली उनलाई घर लगेका थिए। त्यसपछि रुपाले मन्त्री, घरबेटी र प्रहरी कार्यालयसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्।

सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ समेतका प्रावधानले कसैले पनि जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव गर्न गराउन निषेध गरेको छ। त्यस्तो कार्य गर्न कुनै प्रकारको मद्दत पुर्‍याउने, दुरुत्साहन गर्ने, उक्साउने वा उद्योग गरेमा समेत सो ऐनअन्तर्गतको कसुर गरेको मानिने व्यवस्था गरेको देखिएको अदालतले भनेको छ। ‘सार्वजनिक पद धारण गरेको व्यक्तिको संलग्नताले कसुरको गम्भीरता अरू बढी संवेदनशील बन्न पुग्ने देखिन्छ,’ अदालतले आदेशमा प्रष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
वीरगञ्जमा जुवाको खालबाट ७ जुवाडे प्रहरीको फन्दामा

वीरगञ्जमा जुवाको खालबाट ७ जुवाडे प्रहरीको फन्दामा

सप्तरीमा भारतीय ज्वाइँलाई नागरिकता बनाउन खोज्ने ससुरासहित दुईजना पक्राउ

सप्तरीमा भारतीय ज्वाइँलाई नागरिकता बनाउन खोज्ने ससुरासहित दुईजना पक्राउ

जलेश्वरमा लाखौंको धनमाल चोरी

जलेश्वरमा लाखौंको धनमाल चोरी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .