No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमालेको स्थायी समिति बैठक आज बस्दै

जाँदाजाँदै ओलीले भने : मेरो सरकार ऐतिहासिक रुपमा सफल भयो

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्थायी समिति बैठक बोलाएका छन्। बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी समिति बैठक बोलाइएको हो।

अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठक बोलाएका हुन्। सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक बस्न लागेको हो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ।

१० बुँद्धे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो। स्थायी समिति बैठकपछि तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ। प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अझ कटुता बढेको छ। अध्यक्ष ओली आफू हटाएर नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने वरिष्ठ नेता नेपालले खेलेको भूमिका प्रतिक्रुर छन्। उनले बालुवाटार छोडेर बालकोटस्थित आफ्नो निवास पुगेर नेपालसँग मिल्न नसकिने अभिव्यक्ति दिएका थिए। यता वरिष्ठ नेता नेपाल कांग्रेससहित गठबन्धनमा सक्रिय नै छन्।

बिहीबारको सत्ताधारी गठबन्धनको बैठकमा आफू नगए पनि नेपालले डा. विजय पौडेललाई पठाएर सहभागिता जनाएका छन्। बुधबार मात्रै नेपाल निवासमा प्रधानमन्त्री देउवाबीच सत्ता गठबन्धनलगायतका विषयमा छलफल भएको थियो।

१० बुँद्धे सहमति भइसक्दा पनि ओली र नेपालबीच कटुता अझ बढ्दै गएपछि विभाजनलाई रोक्न दोस्रो तहका नेता पुनः सक्रिय भएका छन्। बिहीबार उनीहरूकोे अनौपचारिक बैठक बसेको थियो। यो बैठकले नै स्थायी समिति बैठक बोलाएर एकता जोगाउनु पर्ने दबाब दिएपछि शुक्रबारलाई स्थायी समितिको बैठक बोलाइएको हो।

कार्यदलमा रहेका दुवै पक्षको आग्रहमा स्थायी समितिको बैठक बोलाइए तापनि माधव पक्षबाट भने बैठकमा जाने नजाने औपचारिक रूपमा जानकारी गराएका छैनन्। बैठकमा दुवै पक्षका नेता, नेकपा एकताका क्रममा थपिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापाका साथै रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त समेतलाई बोलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
मूलधारमा राउटे !

मूलधारमा राउटे !

पुल बनाउँदाको भूल

पुल बनाउँदाको भूल

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अन्तरिम आदेश जारी

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अन्तरिम आदेश जारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .