No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वर्षातको समयमा स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने ?

वर्षातको समयमा स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने ?

मनसुनको आगमनसँगै देशभर वर्षात् सुरु भैसकेको छ । वर्षाले विभिन्न खाले विपद्हरु निम्त्याइरहेको छ र धेरै धनजनको क्षति पनि भैसकेको छ । वर्षाको बेला मानिसहरुलाई प्रकोपको चिन्तासँगै अर्को एउटा चिन्ता पनि हुनेगर्दछ त्यो हो आफ्नो मोबाइल फोनलाई पानीमा भिज्नबाट कसरी बचाउने अनि स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने ?

स्मार्टफोनलाई पानीमा भिज्नबाट बचाउनका लागि के गर्ने ? यसका लागि यी केही उपाय अपनाउन सक्नुहुन्छ :

 स्मार्टफोनका लागि वाटरप्रुफ थैली प्रयोग गर्नुहोस् : आजकल बजारमा स्मार्टफोन राख्न मिल्ने प्लास्टिकका स-साना थैलीहरु सजिलैसँग पाइन्छ । पानी नछिर्ने त्यस्ता वाटरप्रुप थैलीले फोनको खोलको काम पनि गर्दछन् । हुनत आजकल अधिकांश फोनहरु आफैमा वाटरप्रुफ नै हुन्छन् जो झरीमा रुझ्दा वा केही बेरको लागि पानीमा खस्दा पनि पानी छिरेर बिग्रिँदैन । तर वाटरप्रुफ थैली प्रयोग गर्नुभयो भने जस्तोसुकै स्मार्टफोनलाई पनि पानीबाट सुरक्षित राख्न सकिन्छ । जिपलकसहितको त्यस्तो थैलीभित्र सिलिका जेलको टुक्रा हाल्नुभयो भने त्यसले आद्रता सोसेर फोनलाई झनै सुरक्षित राख्नेछ ।

· ब्लुटुथ इयरफोन वा इयरबड्सको प्रयोग गर्ने : प्रतिस्पर्धाकै कारण हाल बजारमा निकै सुपथ मूल्यमा ब्लुटुथ इयरफोन तथा इयरबड्स पाइन्छन् जो पानी तथा धूलो प्रतिरोधीसमेत हुन्छन् । वर्षाको समयमा तपाईंले आफ्नो स्मार्टफोन गोजी वा ब्यागमा राखेर सो ब्लुटुथ डिभाइसको मद्दतले फोनमा कसैसँग कुराकानी गर्न वा म्युजिकलगायत सुन्न पनि सक्नुहुन्छ । यसबाट तपाईंलाई कुरा गर्न वा अन्य कारणका लागि फोन बाहिर निकालिरहनु वा पानीमा भिजाउनु परेन ।

· तपाईंले स्मार्टफोनलाई वाटरप्रुफ थैलीमा नराखीकनै बाहिर गएको बेला अचानक वर्षा भयो र आफू झरीमा रुझ्नुभयो भने त्यस्तो बेला तपाईंले आफ्नो मोबाइल फोनलाई कसरी सुरक्षित राख्ने ? त्यस्तो बेलामा तपाईंले आसपासमा कतै सुख्खा पोलिथिन वा कागज देख्नुभयो भने तुरुन्तै त्यसमा आफ्नो मोबाइल फोनलाई बेरेर राख्नुहोस् । त्यसले तपाईंको फोनलाई आफू ओतसम्म जाउन्जेल भिज्नबाट रोक्नेछ ।

· स्मार्टफोनलाई तत्कालै स्विचअफ गर्ने : यदि तपाईं कतै झरीमा फस्नुभयो र ओत पनि छैन भने यस्तो बेलामा तपाईंको फोन ठूलो जोखिममा पर्दछ । यदि त्यस्तो भयो भने स्मार्टफोन स्विचअफ गरेर भित्री गोजीमा हाल्नु उपयुक्त हुन्छ । फोनलाई पोलिथिन वा कागज आदिमा बेरेर राख्न सकियो भने झनै सुरक्षित हुन्छ । स्वीच अफ गरेको अवस्थामा फोन भिजिहालेमा पनि नबिगि्रने सम्भावना बढी हुन्छ ।

· वाटरप्रुफ खोल : सचेत बनेर सुरक्षाका उपाय अपनाउनु सधैका लागि राम्रो कुरा हो । आफ्नो स्मार्टफोनका लागि नयाँ कभर खरीद गर्दा वाटरप्रुफ कभर किन्नुहोस् । हुनत अन्य स्मार्टफोन कभरका तुलनामा वाटरप्रुफ कभर उस्तो आकर्षक नहुन सक्दछन् । तर वर्षातको समयमा मात्रै भएपनि आफ्नो फोन बँचाउनका लागि आफ्नो फोनमा पानी नछिर्ने खोल हाल्नुहोस् ।

· भिजेको फोन चार्जमा नराख्नुहोस् : आफ्नो स्मार्टफोन पानीमा भिजेको छ भने त्यसलाई सुख्खा नबनाइकन चार्जमा नहाल्नुहोस् । पानीले मात्र होइन थोरै आद्रताले पनि फोनलाई शर्ट सर्किट बनाएर बिगार्न सक्दछ । त्यसैले चार्ज गर्नु अगाडि फोन पूर्णरुपमा सुख्खा छ छैन हेर्नुहोस् । जीउमा बढी पसिना आउने मान्छेले लामो समयसम्म आफ्नो गोजीभित्र राखेको फोन पनि निकालेर तत्कालै चार्ज गर्नु हुँदैन ।

जेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
‘नेपालमा भारतको नाकाबन्दी कुरुप छिमेक कूटनीतिको प्रतीक’

‘नेपालमा भारतको नाकाबन्दी कुरुप छिमेक कूटनीतिको प्रतीक’

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’

‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .