No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नागरिकता कानुन: मधेशलाई महन्तको उपहार

नागरिकता कानुन: मधेशलाई महन्तको उपहार

काठमाडौं । जनत समाजवादी पार्टी(ठाकुर समूह) संग सहमतिपश्चात् मन्त्रिपरिषद्ले ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ ल्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गरी अध्यादेश स्वीकृत गरेको हो। त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मन्त्रिपरिषद्बारा सो अध्यादेशसहित तीनवटा अध्यादेश स्वीकृत भई राष्ट्रपति कार्यालय पठाइएको बताए।

प्रधानमन्त्री ओलीनिकट मानिएका एक मन्त्रीले अध्यादेशलाई स्वाभाविक भन्दै मधेसका मागलाई सम्बोधन गर्न ल्याइएको टिप्पणी गरे । उनले यसलाई राजनीतिक घाटा–नाफाका रूपमा नहेर्न पनि आग्रह गरे । ‘संविधानले नै जन्मसिद्धका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने भनेको छ, नागरिकता विधेयक प्रतिनिधिसभामै विचाराधीन भएका कारण संविधानले प्रत्याभूत गरेका अधिकारबाट नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर अध्यादेश ल्याइएको हो,’ ती मन्त्रीले भने, ‘बुझाइ र व्याख्या हरेकका आ–आफ्ना हुन सक्छन्, जसरी बुझे पनि संविधानको पालना गर्न अध्यादेश ल्याइएको हो ।’ जसपाले उठाउँदै आएका मागलाई पनि अध्यादेशले सम्बोधन गरेको ती मन्त्रीले बताए ।

कानुनमन्त्री श्रेष्ठले संसद् चल्ने अवस्था नदेखेर नै समस्या समाधान गर्न अध्यादेश ल्याउनुपरेको बताए ।

‘संसद् चल्न सक्ने अवस्था देखिँदैन, हामी मानसिक विभाजनमा छौं, यसमा राष्ट्रियताको पनि सवाल उठेको छ,’ श्रेष्ठले भने, ‘एकातिर यस्तो छ, अर्कातिर संविधानमै जन्मसिद्धका छोराछोरीले वंशजको नागरिकता पाउने व्यवस्था छ तर नागरिकता नहुँदा उनीहरू जग्गाजमिनको स्वामित्व, विदेश भ्रमण, बैंकमा खाता खोल्नेलगायतका सुविधाबाट वञ्चित छन्, यी कारणले गर्दा अध्यादेशबाट सम्बोधन गर्नुपरेको हो ।’ सरकारले बाबुको पहिचान नभएका नेपाली महिलाका सन्तान र जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता दिनेसम्बन्धी अध्यादेश स्वीकृत गरेर राष्ट्रपति कार्यालय पठाइएको उनले बताए ।

संविधानको धारा ११ को उपधारा ३ मा यो ‘संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्छ’ भन्ने लेखिएको छ । त्यस्तै, उपधारा ४ मा आमा र बाबुको पहिचान नभएको तर नेपालमा फेला परेको नाबालक बाबुआमाको पहिचान नखुलेसम्म वंशज र उपधारा ५ मा बाबुको ठेगान नभएको तर नेपाली आमाबाट जन्मेको सन्तानलाई पनि वंशजकै आधारमा नागरिकता दिइने उल्लेख छ । अरू विषयमा राष्ट्रिय सहमति हुनुपर्ने, सर्वोच्च अदालतबाट पनि यससम्बन्धी आदेश आएका विधेयकका विषय पछि टुंगो लाग्ने मन्त्री श्रेष्ठले बताए ।

खासगरी जनता समाजवादी पार्टी (राजपा) समूहका महन्थ ठाकुर र राजेन्द्र महतोको शुझबुझका कारण नागरिकतासम्बन्धी अध्यादेश आउन सफल भएको जानकारहरू बताउँछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आपतकालीन कोभिड-१९ योजना जारी

नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आपतकालीन कोभिड-१९ योजना जारी

प्रधानमन्त्री ओलीले भगवानप्रतिको आस्थामा खेल्न खोजे : गगन थापा

राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं : गगन थापा

योगसूत्र : कसरी निरोगी रहने ?

योगसूत्र : कसरी निरोगी रहने ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .