No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कानुन निर्माणमा प्रवेश नै नगरी विधेयक अधिवेशन अन्त्यको तयारी


कानुन निर्माणमा प्रवेश नै नगरी विधेयक अधिवेशन अन्त्यको तयारी

काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको विधेयक अधिवेशन एउटा पनि विधेयक पास नगर्दै अन्त्य गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभामा लामो समयदेखि अड्एिका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन छन् । तर सरकारले चालु अधिवेशन अन्त्यको तयारी थालेको छ ।

संसदको विधेयक अधिवेशन १७ पुसभित्र सुरु हुनुपर्थ्यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा संसद नै विघटन भयो । दुई महिना लामो बहसपछि सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटनलाई बदर गर्दै १३ दिनभित्र अधिवेशन बोलाउन सरकारको नाममा परमादेश जारी गर्‍यो ।

त्यसअनुसार २३ फागुनदेखि सुरु भएको अधिवेशनमा ५ वटा वैठक बस्यो, जुन औपचारिकमा सीमित रह्यो । अब अर्को बैठक १८ चैतमा बोलाइएको छ ।

अब एकाध बैठक बसेर अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ । वैशाखबाट बजेट अधिवेशन शुरु गर्नुपर्ने भएकाले चालु अधिवेशन अन्त्यको तयारी भएको सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुअघि ‘प्रि–बजेट’ छलफल गर्ने अभ्यास छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुन्छ । वर्षे अधिवेशनको मुख्य प्राथमिकमता नीति तथा कार्यक्रम र बजेट पास गर्नु नै हुन्छ । यद्यपि केही विधेयकहरु पनि हुनसक्छन् ।

३६ विधेयक जहाँको तहीँ

हाल प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् । कतिपय विधेयक विषयगत समितिहरुबाट पारित भइसकेका छन् ।

संसदको दोस्रो अधिवेशनमा दर्ता भएको नागरिकता विधेयक ७ असार २०७७ मा विषयगत समितिबाट पास भएर संसदमा पुगेको छ ।

समितिले नेपाली पुरुषसँग बिहे गरेर आएकी विदेशी महिलालाई सुरुमा आवासीय अनुमति पत्र दिने र ७ वर्षपछि मात्र नागरिकता दिने गरी विधेयकमा सहमति जुटाएको छ । यो व्यवस्थाप्रति सरकार नै सहमत नहुँदा विधेयक अगाडि बढ्न सकेको छैन ।

प्रदेशको अधिकारसंग जोडिएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर पनि अड्किएको छ ।

१५ असार २०७७ मा समितिबाट पारित यो विधेयकका कतिपय प्रावधानमा सरकारले नै राखेको असहमतिका कारण संसद बैठकमा पेश हुन सकेको छैन् । स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृत, प्रदेश मन्त्रालयको सचिव केन्द्र सरकार मातहत हुनुपर्ने सरकारको अडान छ । समितिले यी दुबै पद प्रदेश सरकार मातहत रहने गरी पारित गरेर पठाएको छ ।

बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा रहेको सबैभन्दा पुरानो विधेयक हो । यो विधेयक अर्थ समितिमा छलफलमै छ ।

बिरुवा संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित हुँदा मात्रै कानुन बन्ने अवस्थामा छ । चालु अधिवेशनमा यो विधेयक पनि अगाडि बढ्न सकेको छैन ।

राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधिसभामा टेबुल भएका ६ वटा विधेयक छन् ।

नेपाल मिडिया काउन्सिल, काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण, नेपाल विशेष सेवा, नीति अनुसन्धान प्रतिष्ठान, विरुवा संरक्षण (पहिलो संशोधन), बिउ–विजन (दोस्रो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको भए पनि चालु अधिवेशनमा अगाडि बढ्न सकेन ।

प्रतिनिधिसभाका विषयगत समितिमा बिमा विधेयक, संघीय निजामती सेवा विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक, नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, कारागार विधेयक, पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक गरी १० वटा विधेयक छलफलमा छन् ।

निकासी पैठारी (नियमन) विधेयक, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण (पहिलो संशोधन) विधेयक, सैनिक (पहिलो संशोधन) विधेयक, सार्वजनिक खरिद (तेस्रो संशोधन) विधेयक  संसद बैठकमा प्रस्तुत मात्रै भएर रहेका छन् ।

शान्तिसुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको दु्रततर निर्माण तथा विकाससम्बन्धी विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक, राष्ट्रिय मानव अधिकार आयोग (पहिलो संशोधन) विधेयक, भन्सार विधेयक, कर्जा सूचना विधेयक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक गरी ८ वटा विधेयक प्रतिनिधिसभामा दर्ता भई वितरण भएका छन् ।

यस्तै, संसदमा पाँच वटा गैरसरकारी विधेयक दर्ता भएर मात्र बसेका छन् । गाँजाखेती (व्यवस्थापन) विधेयक र अन्य चार वटा नेपालको संविधान संशोधनसंग सम्बन्धित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
होलीमा कडा चेकजाँच : ११७३ सवारी साधन कारबाहीमा

होलीमा कडा चेकजाँच : ११७३ सवारी साधन कारबाहीमा

चिनियाँ एटीएम ह्याकर पक्राउ

चिनियाँ एटीएम ह्याकर पक्राउ

आफ्नौ सम्बन्ध ‘रअ’ संग रहेको प्रचण्ड र माधव नेपालको भनाई

आफ्नौ सम्बन्ध 'रअ' संग रहेको प्रचण्ड र माधव नेपालको भनाई

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .