No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’


‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’

काठमाडौं । अलग अलग पार्टीमा विभाजित भएपछि नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बचाउने प्रयासमा जुटेको छ भने माओवादी केन्द्र कांग्रेस र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने प्रयासमा छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ भने प्रधानमन्त्री ओलीले बहुमत जुटाउने कोशिस गर्नु राजनीतिक नैतिकताका हिसाबले गलत भएको मान्छन् । ओलीले संसद विघटन गरेर मध्यावधि चुनावमा जान खोजेको भन्दै उनले भने, ‘उहाँका लागि संसद नै छैन । उहाँले त पुनस्र्थापित संसदको दुई वर्ष मेरो होइन । ज-जसको हो, तिनीहरुले नै गरिखाऊ भन्नुपर्ने हो ।’

यद्यपि कानूनी रुपमा म बहुमत जुटाउँछु भन्न पाउने भन्दै नेता पुनले एमाले-जसपाको गठबन्धन भए आफ्नो पार्टी प्रतिपक्षमा बस्नेसमेत बताए ।

प्रस्तुत छ, नेता पुनसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

संसद विघटनपछि तपाईंहरु छुटि्टनै खोज्नुभएको थियो । फरक यत्ति हो कि त्यसबेला एमालेको एउटा हिस्सा तपाईंहरुतिर थियो, अहिले सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादीको रुपमा अलग हुनुभयो । होइन र ?

त्यसरी छुटि्टने भन्दा पनि विचारको प्रश्न नै मुख्य हो । विचार, राजनीति, सोच मिल्नेहरु, संगठनात्मक कार्यशैली मिल्नेहरु नै पार्टी हो ।

हामीले सोलोडोलो दुई पार्टी एकता गरेका हौं । तर प्रधानमन्त्री केपी शर्मा ओलीको सोच हेर्दा कम्युनिस्ट पार्टी एकतावद्ध गर्ने, समाजवादको यात्रातिर जानेभन्दा पनि अलि बढी शक्ति लिइहालौं, सत्ता र शक्तिबाट आफूलाई मजबुत गरौं भन्ने जस्तो देखियो । समाजवादको यात्रातिर जानेभन्दा यथास्थितिमा रुमल्लिने र प्रतिनिधिसभा विघटन हेर्दा पछाडि फर्किन खोज्नु भएको हो । संघीयता पनि मन नपरेको, गणतन्त्रको पनि अपनत्व नभएको, धर्म निरपेक्षता र समानुपातिक समावेशीको स्वामित्व लिनेभन्दा पनि यसलाई कुनै ठाउँमा पुर्‍याएर बिसाउन पाए हुन्थ्यो भन्ने सोच देखियो । त्यसकै परिणाम प्रतिनिधिसभा विघटन हो ।

भन्न त ताजा जनादेश लिन भन्नुभयो तर केका लागि जनमत लिने ? समाजवादतिर जान्छौं भन्ने जनमत झण्डै दुई तिहाई छ । पार्टीलाई एकताबद्ध ढंगले लैजान्छौं भन्ने हो भने जनमत दुई तिहाई छ । अहिलेको संविधानलाई कार्यान्वयन, विकास, सुशासनमा जनमत छ । त्यसो हो भने चुनावबाट लिन खोजेको जनमत के हो त ? पछाडि फर्किन खोजेको भन्ने प्रष्ट छ । त्यसलाई सर्वोच्च अदालतले रोकेर संसद पुनर्स्थापना गरेपछि हाम्रो संविधान बच्यो, राजनीतिक प्रणाली बच्यो ।

तर नेकपाको नाम विवादमा सर्वोच्चको अर्को फैसलाले हामी कानुनी रुपमा अलग अलग दल भयौं । विचार र सोचले झलनाथ खनाल, माधवकुमार नेपालहरुसँग नजिक छौं हामी । हाम्रो अपेक्षा छ, उहाँहरुसँग कुनै न कुनै तरिकाले एकतावद्ध हुन्छौं र त्यसले ओलीजी र उहाँसँग रहेका साथीहरुलाई सोच्न बाध्य पार्छ ।

तपाईंहरुले भनेको जस्तो विचार सोच सबै मिलेको भए अदालतले मिल्न पाउँदैनौं त भनेको छैन ।  एकता गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन प्रतिकुल नहुने गरी आउनु भनेकै छ । तर तपाईंहरु एकअर्कालाई बिदाबारी गर्नतिर जानुभयो । यो भनेको छुटि्टनु त लेखेकै थियो भने जस्तो भएन र ?

सर्वोच्च अदालतको फैसला राजनीतिक भयो भनेर हामीले भनेका छौं । दलको नाम जुध्यो भनेर मुद्दा परेको छ, तर मागदाबी नगरेको विषयमा प्रवेश गरेर अलग अलग गरिदिएको छ । यसमा न्यायिक पुनरावलोकनमा जान्छौं ।

जहाँसम्म माधव नेपाल समूहको कुरा छ, उहाँहरुसँग हामी विद्रोह गर्छौं भन्ने विकल्प थियो । कानूनी निर्णय मान्दैनौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका छौं, त्यसलाई नै नयाँ तरिकाले अगाडि बढाउँछौं भन्न सक्नुहुन्थ्यो । यो राजनीतिक निर्णय हुन्थ्यो । उहाँहरुको विचार, सोच मिल्ने माओवादी केन्द्रका साथीहरुसँगै हो । तर हामीसँग दशौं लाख जनता छन्, संघीय संसदमा साथीहरु हुनुहुन्छ । चार वटा प्रदेशमा उहाँहरुका बहुमत छ । स्थानीय तहमा हजारौं साथीहरु हुनुहुन्छ । उहाँहरुमाथि वैधानिकताको प्रश्न उठ्छ । त्यसैले पार्टीभित्रै कम्युनिस्ट आन्दोलनलाई एक गरौं भनेर हिजो पनि बहस गरेकै हो, आज पनि गर्छौं । यो जिम्मेवार प्रयत्न हुन्छ भन्नुभयो ।

ओलीजी एकताविरुद्ध जानुभएको छ, हिजोको प्रतिवद्धताविरुद्ध जानुभएको छ । जनतामा गरेको प्रतिवद्धता साझा घोषणाभन्दा पनि पछाडि हट्नुभएको छ । त्यसैले यसलाई फेरि ट्र्याकमा ल्याउन कोशिस गर्छौं, कानूनी र राजनीतिक लडाईंबाट अगाडि बढ्छौं भन्नुभएको छ । उहाँहरुको स्वतन्त्र निर्णयको हामी सम्मान गर्छौं र विचार, राजनीति मिल्दा सहकार्य पनि गरिरहन्छौं ।

त्यसैपनि उहाँहरुले जसलाई नेता मान्दैनौं भन्नुभएको थियो, उसलाई नेता मान्नुपर्ने अवस्थामा हुनुहुन्छ । त्यसमाथि तपाईहरु सहकार्य गर्छौं भन्दा प्रचण्डको भरिया बनेर आएकाहरु भनेर उहाँहरुलाई थप कर्नरमा पार्ने काम हुँदैन ?

बादल, टोपबहादुरजीहरुले आउँछौं भन्दा बाटो खुला छ । जान्छौं भन्नुभयो भने राजीनामा दिनुस्, मन्त्री पद छाड्नुस्, होइन भने पार्टीले फिर्ता बोलाउँछ

एउटै सोच राख्न नपाउने हुन्छ र ? अहिले पनि फरक पार्टीमा भएकाहरुको सोच मिलिरहेको हुन्छ । विभिन्न फोरममा सहकार्य हुन्छ । त्यसलाई पार्टीको अनुशासनले रोक्छ र ?

फेरि नेकपा एमाले भनेको त माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसालहरुको पनि त हो नि । हिजो पार्टी एकता गरेर नेकपा बनाउँदा एमाले बिसर्जन गरेको, जनताको बहुदलीय जनवादलाई जनताको जनवादमा विलय गरेको केपी ओलीजीले हो । त्यसैले उहाँहरुले पेलाइमा पर्नेभन्दा पनि कानुनी रुपमा तत्कालीन एमालेको ठाउँमा पुगेपछि सबैको एमाले हुन्छ ।

माओवादी केन्द्र पनि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टहरुको पनि हो । हिजो नेकपाभित्र मतभेदले एकतिर ध्रुबिकृत हुनुभयो । आज कानुनी रुपमा अर्को ठाउँमा पर्‍यौं, मतभेद भए पनि यहीँ छलफल गर्छौं भन्नुभयो हामीले सम्मान गर्नुपर्छ । हामीले सार्वजनिक र व्यक्तिगत रुपमा पनि आउनुस्, केही छैन राजनीतिमा उचार चढाव भइराख्छ भनेका छौं ।

हिजो पनि बादलजी अर्कै पार्टी खोलेर जानुभएको थियो । फर्किनुभयो र पार्टीले विश्वास गरेर गृह मन्त्रालयसहित सरकारमा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पनि दियो । यो बीचमा मतभेद भयो, एकातिर जानुभयो । फेरि आउनुभयो भने सहकार्य हुन्छ । राजनीतिमा स्थायी सत्रु वा स्थायी मित्र भन्ने हुँदैन ।

उहाँहरुको अहिलेसम्मको मत सुन्दा हामीले ओलीको विचार र नेतृत्व स्वीकार गरेका हौं । पद गए जाओस्, तर अब माओवादी केन्द्र फर्किँदैनौं भन्ने देखिन्छ होइन ? 

त्यो उहाँहरुको स्वतन्त्रता हो । तर हामीले हिजो पनि पार्टी छाडेर अर्को ठाउँमा गएर फर्किँदा स्वागत गरेका हौं । विश्वास गरेर जिम्मेवारी दिएकै हो माओवादी केन्द्र र अध्यक्ष प्रचण्डले । अहिले पनि स्वागत गर्न तयार नै छौं ।

राजनीतिक रुपमा अर्को बाटो रोज्छु भन्नुहुन्छ भने उहाँहरुको स्वतन्त्रता हो । तर माओवादी केन्द्रमा भएको-पाएको जिम्मेवारी फिर्ता गर्नुस्, यो सामान्य राजनीतिक नैतिकताको पनि विषय हो ।

नेकपा फुटिसक्यो, सरकारलाई समर्थन गरिराख्नुभएको छ । केही साथीहरु अर्कोतिर लागिसके, कुनै कदम चाल्नुभएको छैन । तपाईंहरुले कुर्नु भएको के हो ?

राजनीतिमा हतार गरेर मात्र पनि हुँदैन नि । बादल, टोपबहादुरजीहरुले आउँछौं भन्दा बाटो खुला छ । जान्छौं भन्नुभयो भने राजीनामा दिनुस्, मन्त्री पद छाड्नुस्, होइन भने पार्टीले फिर्ता बोलाउँछ । हामीले एकदुई दिन नकुरी हतार गर्नुपर्ने केही छैन । माओवादी केन्द्र भइसकेपछि संरचना बनाउने, हिजोका जिम्मेवार साथीहरुलाई नयाँ ढंगले प्रशिक्षित गर्नु नै हाम्रो प्राथमिकता हो । उहाँहरुलाई फिर्ता बोलाउन र सरकारको समर्थनबारे सोच विचार गरेर निर्णय गर्छौं ।

तर तपाईंहरुका कतिपय नेताहरुमा किन फेरि माओवादीमा फर्किने भन्ने पनि मत देखियो । तीन वर्षअघि आफैंले विघटन गरेको माओवादी केन्द्रलाई पुनर्गठित गर्नेसँगै पूर्व साथीहरुलाई फेरि एकीकृत गर्नुपर्ने दबावमा हुनुहुन्छ, होइन ?

यसलाई हामीले अवसरका रुपमा लिएका छौं । किनभने एमालेलाई हामी हिजोको दिनमा भयंकर मान्थ्यौं । केपी ओजीजी आइसकेपछि अस्तव्यस्त भइरहेको रहेछ ।

माधव नेपालको नेतृत्वको एमाले नेपालमा सबैभन्दा संगठित, जनआधारित र पद्धतिसम्मत पार्टी थियो । माओवादी राजनीतिक एजेण्डामा आक्रामक, जुझारु कार्यकर्ता र गतिशील नेतृत्व भएको पार्टी थियो । र, माओवादी भएर हेर्दा हामी जहिले पनि एमालेको जस्तो संगठन, विधि, पद्धति भन्ने हुन्थ्यो । अहिले त माओवादीभन्दा पनि खत्तम भएको रहेछ । मिटिङ पनि बस्दैन, बस्यो भने पनि अध्यक्षले बहस नसुन्ने, उठेर हिँडिदिने, निर्णय कहाँ हुन्छ थाहा छैन । एमाले त अस्तव्यस्त भइसकेको रहेछ, यो नजिकबाट बुझ्यौं ।

दोस्रो, फरक स्कुलिङको । एमालेसँग एकता भएकाले आफ्नो सबल र दुर्बल पक्ष थाहा भयो । तेस्रो, अहिले पनि माओवादीमा प्रचण्ड र वरिपरि भएको नेतृत्वले यसो गरौं भन्दा मान्ने पङ्ती नै छ । हिजो जनयुद्धबाट आएको, दुःख कष्ट गर्न सक्ने, दशौं हजार मध्यम तहका युवा नेताहरुको पङ्ती छ । र, यसलाई राम्रोसँग प्रशिक्षित गरेर परिचालन गर्ने हो भने यो देशको ठूलो कम्युनिस्ट पार्टी बन्ने आधार छ । विचार छ, राजनीति छ, दशौं हजार कार्यकर्ता छन् र पछिल्ला निर्वाचन हेर्दा १५/१६ लाख स्थिर जनमत छ ।

एउटा यथार्थ के हो भने हामीले हिजो आफ्नै घर भत्काएका थियौं, बास सरेकै हो । अब हाम्रो घर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो, जहाँ धेरै साथीभाइ छन् भनेकै हो । त्यसले भावनात्मक रुपमा पुनः संगठित हुन केही समय लाग्छ ।

तर बढी गुमाउने त ओलीजी नै हो । संसद विघटन गर्नुभयो, अदालतले पुनर्स्थापना गरिदियो । पूर्व माओवादीका केही साथीहरुलाई लिएर हिँड्नुभयो, आफ्ना ठूलठूला फोटो लिएर हिँड्ने, ‘ओली बा आई लभ यू’ भन्ने जमात बनाउनुभयो । यो त विचार, राजनीतिभन्दा पनि अन्ध समर्थक जस्तो बनाउनुभयो ।

अब माधवकुमार, झलनाथ, घनश्याम भुसालहरु गएर ‘ओली बा आई लभ यू’ त भन्नुहुन्न, ठूलठूला फोटो बोकेर पनि हिँड्नुहुन्न । विधि-पद्धतिको बहस, सामूहिकताको बहस हुन्छ होला । त्यसैगरी ६४ प्रतिशत सांसद भएको, आफूले जस्तो चाहे त्यस्तै निर्णय गर्नसक्ने नेता एकाएक अल्पमतमा पर्नुभयो । पार्टीभित्र पदाधिकारी, स्थायी कमिटीमा अल्पमत, ७७ मध्ये ४२ जिल्ला कमिटीको नेतृत्व माधवजीसँग छ । एमालेलाई पुनर्संगठित गर्न उहाँलाई पनि अप्ठ्यारो छ नि ।

तपाईंले पुस ५ अगाडिको अवस्थासँग तुलना गर्नुभयो । पुस ५ पछिको एउटा दृश्य कल्पना गरौं, तपाईंहरुले गरेको कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएको भए उहाँसँग न पार्टी हुन्थ्यो, न सरकार । अहिले कमसेकम एमाले पार्टी छ, बहुमत जुटाए सरकार रहन्छ, यसरी हेर्दा जित भएन र ?

प्रधानमन्त्रीका लागि लागि संसद नै छैन । उहाँ त भत्काएर हिँड्नु भएको थियो । अहिले अर्कोले ठड्याएपछि म विश्वासको मत लिन्छु, अविश्वासको प्रस्ताव सामना गर्छु भन्ने पानीमरुवा कुरा गरेर हुन्छ त ?

निर्वाचन आयोगप्रति त हाम्रो विश्वासै रहेन । किनकी उसले त हामीलाई पार्टीविहीन बनाइसकेको थियो । प्रचण्डसँग पनि पार्टी थिएन, ओलीसँग पनि पार्टी थिएन ।

नकारात्मक रुपमा भन्दा त हाम्रो समर्थन त छैन, सर्वोच्च अदालत बेठीक  ठाउँमा पस्यो भन्ने हाम्रो निष्कर्ष हो । तर कमसेकम दुईवटा कम्युनिस्ट पार्टी त छन् नि । झण्डै दुई तिहाई जनमत प्राप्त गरेको कम्युनिस्ट पार्टीलाई विघटन गर्‍यो । आयोगमा यस्ता अनैतिक मानिसहरु बसेका छन्, यो इतिहासले हेर्ला नि ।

सरकारी सेवामा रहेका कर्मचारीलाई राजीनामा दिने फुर्सद त नदिएर लगेको तपार्इँहरुले नै होइन र ?

कोही मान्छे त लैजानुपथ्र्यो ….। तर पार्टी त सिध्याइदिएको हो नि निर्वाचन आयोगले । सर्वोच्चले पनि दलको नाम बाझियो, फलानोलाई दिने भनेको भए अझ के हालत हुन्थ्यो होला ? नकारात्मकभित्र सकारात्मक हेर्ने हो भने कम्तीमा कम्युनिस्ट पार्टी त छ नि हामीसँग । हिजो त निर्वाचन आयोगले हदम्याद सकियो भनेर हामीले दिएको निवेदन तामेलीमा पठाउन खोजेको थियो, सूर्य चिहृन नै फि्रज गर्न खोजेको थियो । यसले अन्ततः नयाँ दल बनाउनुपर्ने अवस्थामा जान्थ्यौं । त्यसैले निर्वाचन आयोगले गथ्र्यो कि भन्ने नै भएन ।

उसो भए अहिले जे भयो, यो साह्रै खराब होइन ?

निर्वाचन आयोगभन्दा राम्रो हो । सर्वोच्चले तिमीहरुको पार्टीको नाम जुध्यो, अर्कोलाई दिनु भनेको भए निर्वाचन आयोगमा जानुपथ्र्यो । आयोगमाथि ओलीजीको दबाब थियो । उसले हाम्रो निवेदन तामेलीमा पठाउने र सूर्य चिहृन फि्रज गथ्र्यो ।

यो बीचको झण्डै तीन महिना नेपाल कम्युनिस्ट पार्टी विघटनसरह अवस्थामा रहृयो । हामी हौं भनेर हिँडेका थियौं तर कसैसँग वैधानिकता थिएन । त्यसैले निर्वाचन आयोगबाट सकारात्मक निर्णय आउँछ भन्ने आशा र विश्वास थिएन ।

अब पार्टी पुनर्संगठिन गर्ने अभियानसँगै तपाईंहरुको अध्यक्षले नयाँ सरकार गठनका लागि दौडधुप सुरु गर्नुभएको छ । कहाँ पुग्यो सरकार गठनको प्रयास ?

प्रधानमन्त्री अल्पमतमा पर्नुभयो, उहाँले बहुमत जुटाउन कोशिस गर्नु स्वभाविक हो । हामी भन्छौं, यो अनैतिक काम हो । उहाँका लागि संसद नै छैन । मैले निर्वाचन गराउन खोजेको थिएँ, ताजा जनादेश लिन खोजेको थिएँ, मिलेन । पुनर्स्थापित संसदको दुई वर्ष मेरो होइन । ज-जसको हो, तिनीहरुले नै गरिखाऊ भन्ने हो । उहाँको घर नै होइन यो । उहाँ त भत्काएर हिँड्नु भएको थियो । अहिले अर्कोले ठड्याएपछि म विश्वासको मत लिन्छु, अविश्वासको प्रस्ताव सामना गर्छु भन्ने पानीमरुवा कुरा गरेर हुन्छ त ?

यद्यपि अदालतले कानुनी रुपमा माओवादी र एमाले बनाएजस्तै म बहुमत लिन्छु भन्न नपाउने त होइन । राजनीतिक नैतिकता चाहिँ होइन । यसले भोलिको राजनीति असाध्यै फोहोरी बनाउँछ, भोलिको पुस्तालाई अनैतिक राजनीति सिकाउँछ ।

त्यही भएर एमालेइतरको गठबन्धन बनाउन खोज्नुभएको हो ?

हामीले यसो गर्नु स्वाभाविक हो । किनकी हामीले प्रतिनिधिसभा विघटन बेठीक हो भन्यौं, जनताको बीचमा गयौं । अदालतले पनि त्यही भन्यो र संसद पुनस्र्थापित भयो । त्यसैले यो बाँकी अवधिका लागि माओवादी, कांग्रेस, जसपाको सरकार बनाउँछौं, देशको विकास, समृद्धि, सुशासन कायम गर्न उपयोग गर्छौर्ं भन्नु नेचुरल (प्राकृतिक) हो । त्यसका लागि कोशिस पनि गरिरहेका छौं ।

तर सफल हुने लक्षण त देखिएन किनकी तपाईहरुको अध्यक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दा उहाँले पनि सरकारको नेतृत्व गर्न अग्रसरता देखाउनुभयो, जनता समाजवादी पार्टीका नेताहरु पनि गठबन्धन गर्न तयार भएनन् ।

यो हाम्रो नेचुरल दाबी हो । तर गणितीय र कानूनी रुपले अर्कोले बहुमत पुर्‍यायो भने के आश्चर्य भयो र ? प्रधानमन्त्रीले अरु कसैलाई लिएर बहुमत पुर्‍याउनु भयो भने कानुनी रुपमा मान्छौं । दुई वर्ष हामी प्रतिपक्षमा बस्छौं र यही साथीहरु हुन्, संसद सिध्याउने र जागेपछि खान जाने चिन्नुस् भनेर जनतामा पनि जान्छौं ।

तर एमाले-जसपा गठबन्धन बन्यो भने त्यो दुई वर्ष तपाईहरु पनि भूमिकाहीन जस्तै हुने होला नि । संसदमा प्रमुख प्रतिपक्षी कांग्रेस हुन्छ, तपार्इहरु होइन ?

यसमा के आश्चर्य भयो र ! बहुदलीय प्रतिस्पर्धा स्वीकार गरेपछि जनताको अभिमतका आधारमा कहिले आकार ठूलो हुन्छ, कहिले सानो हुन्छ । कहिले सत्तामा हुन्छौं, कहिले प्रतिपक्षमा हुन्छौं । त्यसलाई मान्छौं र जनतालाई आफ्ना कुरा भन्छौं ।

तर प्राकृतिक रुपले भन्दा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो । नहुँदा यो (बहुमत जुटाउने) अभ्यास नगर्दा र संसद विघटन गलत हो भन्नेहरुको गठबन्धन बन्दा राम्रो हो । यो प्राकृतिक हुन्छ र देशले त्यसअनुसार काम गर्न पनि पाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post
ग्रामीण भेगमा स्वरोजगार उद्यमी जन्माउँदै ‘समृद्धि’

ग्रामीण भेगमा स्वरोजगार उद्यमी जन्माउँदै ‘समृद्धि’

माधव समूहको निष्कर्ष : एमालेको एकता ओलीकै भूमिकामा निर्भर

माधव समूहको निष्कर्ष : एमालेको एकता ओलीकै भूमिकामा निर्भर

विभिन्‍न देशका परम्परागत पोसाक संस्कृतिहरू

विभिन्‍न देशका परम्परागत पोसाक संस्कृतिहरू

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .