No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाली अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड

नेपाली अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार साढे ३९ खर्ब पुगेको छ । तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्षमा परिमार्जन गरी सार्वजनिक गरेको आकडा अनुसार नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको हो ।

नेपालमा यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्कहरु तयार पार्ने गरिएको थियो । चालु आवबाट सरकारले उक्त वर्षमा परिमार्जन गर्दै नयाँ आधार वर्ष तय भएको छ । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार नेपालमा अब राष्ट्रिय लेखा तथ्याङ्कको गणनाका लागि सन् २०१०/११ लाई आधार वर्षका रुपमा मानिनेछ ।

यसअघि नेपालले आधार मानेको वर्षका आधारमा नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँको रहेको थियो । नयाँ आधार वर्ष अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १४.०७ प्रतिशतको वृद्धि देखिएको छ । १० वर्षभित्र थप भएका अर्थतन्त्रका अवयव र राष्ट्रिय लेखामा छुटपुट भएका तथ्याङ्कहरु समेत राख्दा कुल गार्हस्थ्य उत्पादनको आकार बढेको उनले जानकारी दिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आवको अर्थतन्त्रको आकारको वृद्धिदर भने मात्र ५ प्रतिशत हो ।

तर, आधार वर्षमा गरिएको परिवर्तनका कारण अर्थतन्त्रको आकार भने ठूलो बनेको रेग्मीले बताए । ‘पछिल्लो तथ्याङ्क अझ बढी यकिन हो,’ उनले भने, हामीले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित मान्यताअनुसार नै आधार वर्षमा परिमार्जन गरेका हौं ।’

उनका अनुसार नेपालले हरेक १०/१० वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको छ । नेपालले विगतमा सन् १९६४/६५, सन् १९८४/८५, सन् १९९४/९५ र २०००/२००१ मा आधार वर्ष मानेर लेखा तयार पारेको छ । अहिले भएको परिवर्तन पाँचौं हो । नेपालमा जनगणना, कृषि गणनादेखि अधिकांश गणना १०/१० वर्षको अवधिमा हुने र नयाँ तथ्याङ्क आउनासाथ आधार वर्षमा परिमार्जन गर्न समेत सहज हुने रेग्मीको भनाइ छ ।

यस परिवर्तनबाट राष्ट्रिय लेखा तथ्याङ्कलाई समय सापेक्षा, भरपर्दो, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरका तथ्याङ्कसँग तुलनायोग्य बनाएको विभागको दावी छ । अर्थतन्त्रमा देखिएका नयाँ आर्थिक क्रियाकलाप वा छुट भएका क्रियाकलापलाई समावेश गरिएको छ ।

पछिल्लो गणना तथा सर्वेक्षणबाट प्राप्त नतिजाको उपयोग गरिएको समेत विभागले जनाएको छ । अहिलेका तथ्याङ्कमा उपभोक्ता समितिदेखि ट्यूसन तथा कोचिङ सेन्टरसमेत अब अर्थतन्त्रको आकारमा समेटिएका छन् ।

आकार किन बढ्यो ?

विभागका अनुसार आधार वर्षमा गरिएको परिवर्तनका कारण अर्थतन्त्रका नयाँ-नयाँ गतिविधिहरु पनि राष्ट्रिय लेखामा आवद्ध हुन पायो । यसबीचमा अघिल्लो आधार वर्षको तुलनामा रियल इस्टेटको वृद्धि ४७.९७ प्रतिशत देखिएको छ । शिक्षा क्षेत्रमा समेत वृद्धि भएको छ । तर, स्वास्थ्य क्षेत्रमा भने जीडीपी ऋणात्मक देखिएको छ ।

खानी तथा उत्खनन क्षेत्रमा २२.५५ प्रतिशत, इलेक्टिङसिटी, ग्यास र पानीमा ४६.८२, होलसेल तथा रिटेल व्यापारमा २३.१४ प्रतिशत र होटेल क्षेत्रमा १६.४० प्रतिशत वृद्धि देखिएको छ ।

कतिपय छुटपुट भएका क्षेत्र लेखाको दायरामा आउनु र कतिपय संरचनात्मक परिवर्तनका कारण पनि आकारमा वृद्धि देखिएको उपमहानिर्देशक रेग्मीले बताए ।

आर्थिक वृद्धिदर घट्यो, प्रभाव आयमा

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक (ऋणात्मक) भएको छ । यसको प्रभाव कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरदेखि प्रतिव्यक्ति आयसम्म देखिएको छ । यसो हुनुमा कोरोना भाइरसको महामारी मूख्य कारण मानिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेँलका अनुसार गत आव लकडाउन शुरु हुने समयमा यसको प्रभाव लामो समय जान्छ भन्ने आंकलन गरिएको थिएन । तर, गत आवको अन्तिम त्रैमास र चालु आवको पहिलो त्रैमास अर्थतन्त्रमा गतिविधिहरु करीव ठप्प भएको अवस्थामा पुगे । यसले आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पार्‍यो । तथ्याङ्क अनुसार गत आवको वाषिर्क आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम भएको हो ।

यो वर्ष सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने बताएको थियो । तथ्याङ्क विभागले वैशाख २०७७ मा गरेको अनुमानमा यस्तो वृद्धिदर २.२७ प्रतिशतमा झार्‍यो । योजना आयोगले कोभिडको प्रभाव आंकलन गर्ने समयमा शून्य प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर रहने अनुमान गरेको थियो । तर, अन्ततः माइनसमै पुगेको तथ्याङ्क आंकडामा देखिएको छ ।

अघिल्लो आवको अन्तिम त्रैमासमा -१५.४ प्रतिशतको वृद्धिदर रहेकोमा चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासकको आर्थिक वृद्धि -४.६ प्रतिशत रहेको छ । आयोगका उपाध्यक्ष प्रा.डा. कँडेलका अनुसार यो ‘पी सेप’ सुधार भने हो ।

तर, आर्थिक वृद्धिदरमा आएको संकुचनको प्रभाव प्रतिव्यक्ति आयमा परेको छ । यो वर्ष नेपालको प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर पुगेको छ । यो अघिल्लो आव २०७५/७६ को तुलनामा कम हो । सो आवमा प्रतिव्यक्ति आय ११५९ डलर रहेको थियो ।

कोभिडको असर उत्पादनशील क्षेत्रमा बढी

तथ्याङ्कविभागका अनुसार कोभिड १९ को असर उत्पादनशील क्षेत्रमा परेको छ । कोभिड १९ को असर सबैभन्दा बढी आवास तथा भोजन, यातायात तथा भण्डार क्षेत्रमा परेको देखिएको छ । गत आवमा यी क्षेत्रमा २५.७ प्रतिशत र १३.४ प्रतिशत सङ्कुचन देखिएको छ ।

थोक तथा खुद्रा व्यापार १०.७ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, निर्माणमा ५.६ प्रतिशत, खानी तथा उत्खननको वृद्धिदरसमेत २.२ प्रतिशतले ऋणात्मक भएको छ । तर, विद्युत तथा ग्यास क्षेत्रमा भने २५.६ प्रतिशत सकारात्मक वृद्धि भएको छ ।

सार्वजनिक प्रशासन ६.२ प्रतिशत, मानवस्वास्थ ५.२ प्रतिशतले सकारात्मक वृद्धि प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
सरकार र विप्लव समूहको सहमतिबारे के भन्छ कांग्रेस ?

सरकार र विप्लव समूहको सहमतिबारे के भन्छ कांग्रेस ?

ओलीले कम्युनिष्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन : माधव नेपाल

सहमतिका लागि प्रचण्ड र म बाधक बन्दिनँ : माधव नेपाल

विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...