No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एओर्टा एन्युरिज्म : धमनी फुलेको वा यसको समस्या कसरी थाहा पाउने ?

एओर्टा एन्युरिज्म : धमनी फुलेको वा यसको समस्या कसरी थाहा पाउने ?

एओर्टा धमनीको कुनै हिस्सा असाधारण रूपले फुल्ने स्थितिलाई नै एओर्टा एन्युरिज्म भन्ने गरिन्छ । यो फैलावट एओर्टा धमनीको कुनै पनि भागमा हुन सक्छ । जुन आकृतिका हिसाबले ट्युवको जस्तो गोलाकार हुने गर्छ । कुनै स्थितिमा सामान्य फुलाइले अर्कै आकृति पनि देखाउने गर्छ । ट्युबको आकृतिवाला एओर्टिक एन्युरिज्मलाई फ्युजिफर्म र गोलो आकृतिवालालाई सेक्युलर एओर्टिक नामले चिन्ने गरिन्छ ।

एओर्टा शरीरको सबैभन्दा ठूलो रक्त वाहिका हो । त्यसो त एओर्टा धमनी अरूभन्दा धेरै मजबुत धमनीको रूपमा लिने गरिन्छ । तर स्वास्थ्यसम्बन्धी केही स्थितिहरूका कारण यो धमनी कमजोर हुन पुग्छ । जसको कारणले रगतको दबाबमा धमनीको कुनै हिस्सा फुल्न जान्छ । कैयौं पटक रगतमाथिको दबाबका कारण धमनी फुट्न जान्छ । जसले शरीरको भित्र नै रक्तस्राव गराउन सक्छ ।

एओर्टा एन्युरिज्मका प्रकारहरू

एओर्टा एन्युरिज्म मुख्य रूपले दुई प्रकारको हुन्छ । कुरा यसमा भर पर्छ कि एन्युरिज्म कुन ठाउँमा भयो ? एओर्टिक एन्युरिज्म मुख्य रुपले दुई प्रकारको हुने गर्छ ।

एब्डोमिनल एओर्टिक एन्युरिज्म

यो एओर्टिक धमनीको त्यो भागमा हुन्छ, जुन पेटको भित्रदेखि लिएर निस्किने गर्छ ।

थोराएसिक एओर्टिक एन्युरिज्म

थोराएसिक एओर्टिक एन्युरिज्म धमनीको त्यो भागमा हुने गर्छ । जसको भाग छातीको भित्रदेखि निस्कने गर्छ ।

एओर्टा एन्युरिज्मको लक्षण

एओर्टिक एन्युरिज्मको लक्षण आम रूपमा उसको प्रकारमा भर पर्छ । कुनै अवस्थामा यसको स्थिति केही गम्भीर पनि हुन सक्छ भने कुनै सामान्य पनि । यो धमनी हृदयबाट सुरु भएर छाती हुँदै पेटसम्म जाने गर्छ । यसको लागि छातीको हिस्सामा यो समस्या हुने गर्छ । एओर्टिक एन्युरिज्म आम रूपमा बिस्तारै बिस्तारै विकसित हुने समस्या पनि हो । कुनै अवस्थामा यो समस्यामा पनि धमनी नफाट्ने समस्या पनि हुने गर्छ । जबकि केही समस्या लगातार बढ्दै जान्छ र अन्तमा फाट्ने गर्छ । एओर्टिक एन्युरिज्म जति तीव्र रूपमा बढ्दै जान्छ । उति नै त्यसलाई पत्ता लगाउन मुस्किल हुने गर्छ ।

एब्डामिनल एन्युरिज्मको मामलामा निम्न लक्षणहरु देख्न सकिन्छ ।

–पेटमा हुने दुखाइ

–पेट फुल्नु

–खुट्टा अस्वाभाविक चिसो हुनु

–शारीरिक वजन कम हुनु

–ज्वरो आउने

–कम्मरमा हुने दुखाइ

–शारीरिक गतिविधिमा हुने समस्या

जुन समय थोराएसिक एन्युरिज्म बढिरहेको हुन्छ । त्यो अवस्थामा निम्न समस्याहरु देखिन सक्छ ।

–छातीमा हुने दुखाइ

–छातीमा छुनेबित्तिकै दुखाइ हुनु

–गला बस्नु

–खोकी लाग्नु

–सास लिनमा समस्या हुनु

–गहिरो सास लिने बेलामा समस्या हुनु

कहिले देखाउने चिकित्सकलाई ?

कुनै समय जटिल अवस्था पनि देखा पर्न सक्छ । यस्तो अवस्थामा चिकित्सकलाई तुरुन्त देखाइहाल्नुपर्छ । त्यस्तो अवस्थामा निम्न लक्षण देखिने गर्छ ।

–कम्मरभन्दा माथिल्लो र तल्लो भागमा तीव्र दुखाइ महसुस हुनु

–छाती, गर्दन र काँधमा तीव्र दुखाइको महसुस हुनु

–सास लिँदा गाह्रो महसुस हुनु

एओर्टा एन्युरिज्मको कारण

एओर्टिकको एन्युरिज्मको लगभग तीन चौथाइ समस्या धमनीमा चोट पुग्नाले हुने गर्छ । धमनीहरुमा पुग्ने चोटको समस्यालाई एथेरोस्क्लेरोसिस पनि भन्ने गरिन्छ । एथेरोस्क्लेरोसिस त्यतिबेला हुन्छ । जतिबेला कोलेस्ट्रोल वा फ्याट धमनिको भित्र जम्मा हुन लाग्छ । रक्तचाप बढ्नु, धुम्रपान गर्नु या परिवारमा पहिले कसैलाई यस्तो समस्या छ भने त्यस्तो अवस्थामा यो समस्या दोहोरिन सक्छ ।

एथेरोस्केरोसिसमा कोलिजन वा इलास्टिन तीव्रताको अवशोषित हुन सक्छ । यो दुवै विशेष प्रकारको प्रोटिन हो । जुन धमनीको संरचनात्मक रुपले मजबुत बनाउन मद्धत गर्छ । यसको अलावा केही अन्य कारणहरु पनि छन् जुन एओर्टिक एन्युरिज्मको कारण बन्न सक्छ ।

–उच्च रक्तचाप

–संक्रमण

–धमनीको वरिपरी चोट लाग्नु

–कोलेस्ट्रोल बढ्नु

एओर्टिक एन्युरिज्मको उपचार

एओर्टिक एन्युरिज्मको उपचार त्यसको आकार गाम्भीर्य र धमनीको कुन हिस्सा त्यसबाट प्रभावित भएको छ, त्यसको आधारमा भिन्दाभिन्दै तरिकाले गर्ने गरिन्छ । प्रायःजसो एब्डामिनल सर्जरी या एन्डोभस्कुलर सर्जरीको मद्दतले यसको उपचार गर्ने गरिन्छ । सर्जरी गर्नुपूर्व चिकित्सकहरूले यसकोबारेमा परीक्षण गर्ने गर्छन् । ताकि बिरामीको सर्जरी गर्न सकिन्छ कि सकिँदैन भन्ने यकिन होस् ।

यसका अलावा बिरामीको क्षण वा रोगको गाम्भीर्यको आधारमा केही औषधि दिएर त्यसको उपचार खोज्ने पनि गरिन्छ । यस्तो औषधि समस्याको सुरुवाती अवस्थामा नै परीक्षण गर्न गएको अवस्थामा वा धेरै दुखाइ भएको छ भने तत्कालको लागि दुखाइ कम गर्न लागि दिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

निर्वाचन पर्यवेक्षणको प्रतिवेदन छुट्टाछुट्टै आउने

निर्वाचन पर्यवेक्षणको प्रतिवेदन छुट्टाछुट्टै आउने

ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्तेष्टि (तस्बिर)

ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्तेष्टि (तस्बिर)

Next Post
चीनमा मुस्लिमहरु माथि निति दमनकारी

चीनमा मुस्लिमहरु माथि निति दमनकारी

नेपाली अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड

नेपाली अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड

सरकार र विप्लव समूहको सहमतिबारे के भन्छ कांग्रेस ?

सरकार र विप्लव समूहको सहमतिबारे के भन्छ कांग्रेस ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक आपसमा भिडे रूस, चीन र अमेरिका

एक आपसमा भिडे रूस, चीन र अमेरिका

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .