No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पोखरा–नेपालगञ्ज घुम्न जहाज चार्टर

पोखरा–नेपालगञ्ज घुम्न जहाज चार्टर

पोखरा । शुक्रबार २ बज्नै लाग्दा पोखरा विमानस्थलमा जहाज अवतरण भयो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पर्यटन व्यवसायीले शुक्रबार करिब १ घन्टादेखि त्यही जहाजको प्रतीक्षा गरिरहेका थिए ।

जहाजबाट पोखरा ओर्लिए नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा । मेयर राणाको नेतृत्वमा नेपालगञ्जदेखि त्यहाँका पर्यटन व्यवसायी पोखरा घुम्न आएका रहेछन् । त्यो पनि जहाज नै चार्टर गरेर ।

मेयर धवल शम्शेरलाई पोखराका मेयर मानबहादुरले माला लगाए र अंकमाल गर्दै भने, ‘पोखरामा स्वागत छ ।’

शुक्रबार नेपालगञ्जदेखि मेयरको नेतृत्वमा १८ जनाको टोली पोखरा घुम्न आइपुगेका हुन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) नेपालगञ्ज र पोखराको पहलमा विमान चार्टर गरेर दुवैतिर घुम्ने मेसो मिलाएका छन् ।

कोभिड–१९ ले थला परेको पर्यटनलाई निजी क्षेत्रबाटै चलायमान बनाउन र पोखरा–नेपालगञ्ज उडानको सम्बन्ध जोड्ने अभियान नाट्टा नेपालगञ्ज र पोखराले चलाएको हो ।

लामो समयदेखि चर्चा र बहस भइरहेको भए पनि हवाई सम्बन्ध जोडिन सकेको थिएन । जहाजबाट शुक्रबार पोखरा ओर्लेका मेयर र व्यवसायीको टोली पोखरा घुमेर आइतबार फर्किने छ ।

नेपालगञ्जका मेयर धवलशम्शेर राणा नेतृत्वको टोलीलाई स्वागत गर्दै पोखराका मेयर मानबहादुर जिसी ।

शुक्रबारै पोखराका मेयर मानबहादुर जिसीको नेतृत्वमा पोखराका व्यवसायी त्यही चार्टर विमानमा नेपालगञ्ज घुम्न पुगेका छन् । नेपालगञ्जबाट चार्टर विमानले आइतबार पोखराको टोलीलाई लिएर ओर्लने छ र पोखराबाट नेपालगञ्जको टोली लिएर फर्किने छ ।

भारतसँग मुख्य नाका जोडिएको, पश्चिमका धेरै पर्यटकीय गन्तव्य पुग्ने व्यस्त सहर नेपालगञ्ज र पर्यटकीय नगरी पोखराबीच दीर्घकालीन रुपमै हवाई सम्बन्ध जोड्न यो महत्वपूर्ण कडी हुने नेपालगञ्जका मेयर धवल शम्शेरले बताए ।

भारतसँग नाका जोडिएको व्यापारिक र व्यस्त सहर नेपालगञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका थुप्रै ठाउँ घुम्न पुग्ने हब भएको उनको भनाइ छ । ‘नेपालगञ्जलाई क्यासिनो सिटी पनि बनाउँदै छौं । अहिले ४ वटा क्यासिनो छन्, अब ९ वटा पुग्दैछ । नेपालगञ्ज एउटा हब हो,’ उनले भने, ‘पोखरा अर्को पर्यटकीय हब हो । हामीले पर्यटकलाई नियमित पोखरा उडाउन सक्छौं ।’

हप्ताको दुई दिन जहाज चार्टर गरी व्यवसायी पोखरा–नेपालगञ्ज आउजाउ गर्नेछन् । ‘यो एक महिनासम्म चल्ने छ । शुक्रबार नेपालगञ्जबाट व्यवसायी पोखरा आउँछन्, त्यही दिन पोखराका व्यवसायी तथा पर्यटक नेपालगञ्ज उड्छन्,’ नाट्टा नेपालगञ्जका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘नाट्टा नेपालगञ्ज र पोखराले सीता एयरको जहाज चार्टर गरेका हुन् । सरकारी निकायबाट सिन्को नभाँचिएपछि निजी क्षेत्रबाट नै उडानको थालनी भएको हो ।’ अर्को हप्ता फेरि अर्को टोलीले पोखरा–नेपालगञ्ज घुम्ने छ ।

पोखरा–नेपालगञ्ज घुम्न व्यवसायीले एकतर्फी प्रतिव्यक्ति ५ हजार रुपैयाँ तिरिरहेको अध्यक्ष सिग्देलले जानकारी दिए ।

नाट्टा नेपालका अध्यक्ष अच्युत गुरागाईंले नसुन्ने, नदेख्ने सरकार भएपछि निजी क्षेत्रबाट पहल भएको बताए । ‘सरकारको धेरै ध्यानाकर्षण गरायौं तर सुन्दैन, देख्दैन,’ गुरागाइँले भने, ‘लाखौं सडकमा उतारेर भाषण गर्न हुने तर बोर्डर खोल्न नहुने ? तत्काल बोर्डर खोल्न र पर्यटकीय प्रोटोकल फेर्न हामी दबाव दिँदैछौं ।’

एयरलाइन्सले नभइ व्यवसायीले पोखरा–नेपालगञ्ज हवाई सम्बन्ध जोडेको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको भनाइ छ । नेपालगञ्जका व्यवसायीले पोखरामा प्याकेज सार्वजनिक गर्दै पर्यटक बोलाउने र पोखराले नेपालगञ्जमा त्यसै गर्ने अध्यक्ष सिग्देलले बताए ।

‘नेपालगञ्जले प्रतिव्यक्ति एक रातको १० हजार रुपैयाँको प्याकेज दिएको छ भने पोखराले एक दिनको ३ हजार ५ र २ दिनको ५ हजार ५ सयको प्याकेज दिएको छ,’ सिग्देलले भने ।

नेपालगञ्जको प्याकेजमा सवारी साधन र सफारीको सुविधा पनि भएकाले महंगो परेको नाट्टा नेपालगञ्जका अध्यक्ष सिग्देलले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले निजी क्षेत्रबाट भएको पहल सुरुवातमा कठिन भए पनि निरन्तरतामा ध्यान दिनुपर्ने बताए । ‘कनेक्टिभिटी पर्यटनको प्रमुख मेरुदण्ड हो,’ भट्टराईले भने, ‘सडक र हवाइ सम्बन्ध राम्रो हुन नसक्दा नेपालको पर्यटनले गति लिन सकेको छैन ।’

पर्यटन क्षेत्रलाई चलायमान बनाउन विमानै चार्टर गरेर दुई हबलाई जोड्ने कामको सुरुवात हुनु आफैंमा महत्वपूर्ण भएको आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीका संयोजक अग्नि कँडेलले बताए ।

कोभिडले थलिएको पर्यटनलाई पुनर्ताजगी दिन र अब नेपाली घुम्न निस्के है भन्ने सन्देश दिने अभियान व्यवसायीले नै थाल्नुलाई सकारात्मक लिन पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले बताए । सिधा हवाई सेवामार्फत पोखरा र नेपालगञ्ज हुँदै रारा, फोक्सुन्डो, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यवसायीको छ । नाट्टा गण्डकीले कोभिड पछाडि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको महासचिव कमला गिरीले जानकारी दिइन् । सरकारी क्षेत्रलाई झक्झक्याउने र पोखरा–नेपालगञ्जको हवाइ सम्बन्ध स्थापित गर्नलाई यसले महत्वपूर्ण योगदान पुर्‍याउने पोखराका मेयर मानबहादुर जिसीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
निर्वाचन आयोगप्रति प्रधानमन्त्री असन्तुष्ट

निर्वाचन आयोगप्रति प्रधानमन्त्री असन्तुष्ट

प्रदेश प्रमुखको सपथमा उपराष्ट्रपति र सभामुख गएनन्

प्रदेश प्रमुखको सपथमा उपराष्ट्रपति र सभामुख गएनन्

साप्ताहिक समीक्षा : बैंकिङमा क्षेत्रले चम्कायो सेयर बजार !

साप्ताहिक समीक्षा : बैंकिङमा क्षेत्रले चम्कायो सेयर बजार !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...