No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मीठो चिनीको तीतो यथार्थता


मीठो चिनीको तीतो यथार्थता

स्वादमा गुलियो भए तापनि स्वास्थ्यका दृष्टिले चिनीलाई अत्यन्त तीतो खाद्यान्न मानिन्छ । यसैले होला आधुनिक पोषण शास्त्रीहरूले यसलाई खानेभन्दा पनि छोड्ने वस्तुको सूचीमा राखेका छन् । साथै धेरैले यसलाई छोड्न पनि थालिसकेका छन् तर अधिकांश जङ्कफुड, फास्टफुड र प्रोसेस्ड फुडमा चिनी मिसाइएको हुँदा हामी जानी नजानी चिनी खाइरहेका हुन्छौं । चिनी हालेपछि खानेकुराहरूको स्वाद, आकर्षण, आयु र बनावट राम्रो हुने हुँदा धेरैजसो व्यापारिक प्रयोजनको खानेकुरामा चिनी हालिएको हुन्छ । यति मीठो मानेर खाइने चिनीको गुणभन्दा धेरै दोषहरू छन् । तर चिनीको सेवन गर्दा हामीले यी सबै तथ्यहरूको ख्याल राख्ने गर्दैनौं । फलतः हामी जानी नजानी अनेकौं समस्यामा फसिरहेका हुन्छौं । चिनी सेवनको कारणले निम्नलिखित स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन् ।

चिनीको सेवनले निम्त्याउने रोगहरूः

१. मुटुरोगः

संसारमा प्रत्येक वर्ष एक करोड ७७ लाख मानिस मारेर नम्बर एक हत्यारा कहलिएको मुटु तथा रक्तनलीका रोगहरूको एउटा जोखिम कारक तत्व चिनीको सेवन पनि हो । लामो समयसम्म चिनीको सेवन गरिरहँदा तौल बढ्ने, रक्तनलीका भित्री पत्र सुन्निने, कोलेस्ट्रोल र ट्राइग्लिसिराइड बढ्ने रक्त ग्लुकोज र रक्तचाप बढ्ने, तनाव, चिन्ता, भए र उदासिनता बढ्ने जस्ता  मुटु रोगको जोखिम कारक समस्याहरू थपिने हुँदा मुटु तथा रक्तनलीको रोग लाग्छ । यसैगरी उच्च मात्रामा चिनीको सेवन गर्दा वा हाइ–फुक्टोज–डाइट लिँदा नशाहरूमा कोलेस्ट्रोल जमेर नशा सागँुरिने अथेरोस्क्लेरोसिस भनिने रोग लाग्छ । मुटुलाई रक्त आपूर्ति गराउने कोरोनरी धमनीमा अथेरोस्क्लेरोसिर भए यसलाई हामी कारोनरी मुटु रोग भनेर भन्छौं ।

२. मधुमेहः

संसारभर झण्डै ४५ करोड मानिसहरू मधुमेहको समस्याबाट ग्रस्त छन् र यो संख्या पछिल्लो ४० वर्षमा गुणाले वृद्धि भएको हो । यसरी दिन दुई गुणा रात चौगुणाको दरले यो समस्या बढ्नुको प्रमुख कारक तत्वमध्ये चिनी एवं प्रशोधित चिल्लो पदार्थको सेवनलाई नै लिइएको छ । चिनीको सेवन गर्दा यसरी मधुमेह विकसित हुनुमा लामो समयसम्म चिनी सेवनले निम्त्याएको इन्सुलिन प्रतिरोधकता प्रमुख कारण हो भने चिनीको सेवनले निम्तिने मोटोपन र भुँडी लाग्ने समस्यालाई अर्को कारण मानिएको छ ।

३. इन्सुलिन प्रतिरोधकताः चिनीको सेवन गर्दा हाम्रो रक्त ग्लुकोजमो मात्रा बढ्छ । जसको साथसाथै इन्सुलिनको रक्त मात्रा पनि बढ्छ । यसरी लामो समयसम्म यो क्रिया दोहोरिइरहे यसले इन्सुलिन प्रतिरोधकता विकसित गराउँछ । इन्सुलिन प्रतिरोधकताले मधुमेहलाई जन्म दिन्छ ।

४. फ्याट्टी लिवरः

कलेजोमा बोसो जम्ने समस्या आज हरेक घरको समस्या जस्तै बनिसकेको छ र यो समस्या यसरी भयावह हुनुमा चिनी र उच्च फ्रुक्टोज भएका प्रशोधित कार्बोहाइड्रेटसको सेवन मुख्य कारक तत्वहरू हुन् । चिनीको सेवनले कलेजोमा बोसो जम्ने समस्यालाई बढाउँछ । किनकि चिनीमा उच्च मात्रामा फ्रुक्टोज पाइन्छ । फ्रुक्टोज कलेजोका लागि हानिकारक तत्व हो । किनकि फ्रुक्टोजको उपपाचन केवल कलेजोमा मात्र हुने गर्छ जबकि ग्लुकोजको उपपाचन शरीरका सबै कोषहरूमा हुने गर्छ । उच्च मात्रामा फ्रुक्टोजको सेवन गर्दा कलेजोले फ्रुक्टोजलाई ग्लाइकोजनको रूपमा भण्डारण गरेर राख्छ तर लिमिटभन्दा ज्यादा भएमा यो फ्रुक्टोज बोसोको रूपमा कलेजोमै जमेर बस्छ जसलाई हामी फ्याट्टी लिवर रोग भनेर भन्छौं ।

५. उच्च तौल र मोटोपन :

हाल संसारमा रहेका ७ अरब ८० करोड मानिसहरूमध्ये २ अरब (२०० करोड) मान्छेहरूको तौल हुनुपर्नेभन्दा उच्च रहेको छ । ती २ अरबमध्ये पनि ६५ करोड मान्छेहरू मोटोपन रोगद्वारा ग्रसित छन् । यसरी अप्रत्यासित रूपमा मोटाउनमा हाम्रो खानपानको मुख्य हात छ र खानपानमा पनि चिनीको सेवनलाई उच्च तौल र मोटोपनको प्रमुख कारक तत्वको रूपमा लिइएको छ । त्यसमा पनि सबैभन्दा ठूलो हात संसारभरि शितल पेयको रूपमा बेचिने गरिएको उच्च मात्रामा चिनी हालिएका कोकाकोला, पेप्सीकोला, फन्टा, मिरिण्डा, ड्यु जस्ता कार्बोनेटेड ड्रिङ्क, सोडा, बजारिया जुस, इनर्जी ड्रिङ्क आदिको ठूलो हात छ । यी शितल पेयहरूमा उच्च मात्रामा चिनी वा हाइ–फुक्टोज–कर्न–सिरप वा हाइ–फुक्टोज–राइस–सिरप हालिएको हुन्छ ।

यी सिरपहरू वा चिनीको पाचनपश्चात् उच्च मात्रामा फुक्टोज बन्छ । फुक्टोजको सेवन गर्दा भोक लागिरहने, र खाएपछि सन्तुष्टि कम हुने हुँदा मान्छेले धेरै खाएर तौल बढाउने गर्छ । यसैगरी चाहिनेभन्दा उच्च मात्रामा फुक्टोजको सेवन गर्नेगर्दा उच्च फुक्टोजले लेप्टिन नामक खानापछि तृप्ति गराउने हार्माेनको प्रतिरोधकता विकसित गराउने हुँदा मान्छे धेरै खान्छ र तौल बढाउँछ । यसैगरी चिनी हालिएका वा उच्च मात्रामा फुक्टोज भएका खानेकुराहरूको सेवन गर्दा शरीरका कोमल अङ्गहरूमा बोसो लाग्ने समस्या देखापर्छ । कोमल अङ्गको बोसोलाई धेरै रोगहरूको कारक तत्व मानिएको छ ।

६. चाया, पोतो र डण्डीफोर आउनेः

हुन त चाया पोतो एवं डण्डीफोर अनेकौं कारणले आउने गर्छ । तर चिनी तथा प्रशोधित कार्बोहाइड्रेटसको सेवन डण्डीफोर आउनुको मुख्य कारण हो । यसो हुनुको मुख्य कारण चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको ग्लाइसेमिक इन्डेक्स उच्च हुनाले यी तत्वहरूको सेवन गर्दा रक्त ग्लुकोज वात्त बढ्ने गर्छ । रक्त ग्लुकोजको मात्रा बढेसँगै रक्तइन्सुलिनको मात्रा पनि बढ्छ र इन्सुलिनको मात्रा बढेपछि एन्ड्रोजेनको रक्तमात्रा बढ्ने, अत्यधिक चिल्लो पदार्थ उत्पादित हुने र डण्डीफोर आउने गर्छ ।

७. क्यानसरको जोखिमः

यसैगरी लामो समयसम्म चिनीको सेवन गर्नाले केही क्यान्सर रोगको जोखिमलाई पनि बढाउँछ । यसो हुनुको मुख्य कारण लामो समयसम्म चिनीको सेवन गरिरहँदा तौल बढ्ने र माटोपन विकसित हुने, शरीरमा अप्रत्यासित रूपले इन्फ्लामेसन भइरहने, इन्सुलिन प्रतिरोधकता विकसित हुने फलतः विभिन्न किसिमका क्यान्सरहरू विकसित हुने गर्छ ।

८.नैराश्यता :

संसारभर साढे २६ करोड जनमानसहरू नैराश्यताको समस्याले ग्रसित छन् । नैराश्यताको समस्या लामो समयसम्म रहिरहेमा मान्छेमा आत्महत्याको चाहना बढ्छ । नैराश्यताका पनि धेरै कारणहरू हुन्छन् । यी कारणहरूमध्ये चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको सेवन नैराश्यताको प्रमुख कारण हो । चीनी हालिएको चिया, शितल पेय, बजारिया जुस, बेकरी उत्पादन, जङ्कफुड, फास्टफुड आदिको सेवन गरिरहँदा यी खानेकुराले हाम्रो मुड खराब गरिरहने हँुदा अन्ततोगत्वा मानिस नैराश्यताको शिकार हुनपुग्छ । यसरी चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको सेवनले नैराश्यता जन्माउनुमा चिनी सेवनपश्चात् बढेको रक्तग्लुकोजलाई निवारण गर्न सँगसँगै बढेको रक्त–इन्सुलिन र उच्च रक्त–इन्सुलिनल सँगसँग बढ्ने एन्ड्रोजेन हार्माेनको मात्रा हो । एन्ड्रोजेनलाई स्ट्रेस हार्माेन पनि भनिन्छ । यसैगरी उच्च मात्रामा चिनीको सेवन गर्नेगर्दा यसले न्युरोट्रान्समिटरको पनि गडबडी गर्ने हुँदा मान्छे निराशाको शिकार हुन पुग्छ ।

९. असामयिक जरणः

जरण अथवा बुढ्यौली सबैको जीवनमा घट्ने घटना हो । तर आजकल धेरै जनामा देखिएको समय नपुग्दै सुरू हुने बुढ्यौली चाहिँ चिनी सेवन र प्रशोधित कार्बोहाइड्रेटसको सेवनसँग सम्बन्धित छ । बुढ्यौली सुरू हुँदा छाला चाउरिने, कपाल फुल्ने, दाँत झर्ने, ज्ञानेन्द्रीयहरूको कार्य क्षमता कम हुनेजस्ता लक्षणहरू देखापर्ने गर्छ र बुढ्यौलीका यी लक्षणहरूलाई बढाउनका लागि चिनी वा प्रशोधित कार्बोहाइड्रेटसको सेवनले मद्धत गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानहरूले दर्शाएका छन् । यसरी चिनीको सेवनले बुढ्यौली निम्त्याउनुमा चिनी सेवन पश्चात् चिनी र प्रोटिनको प्रतिक्रियाबाट उत्पन्न हुने एड्भान्स–ग्लाइकेसन–एण्ड–प्रोडक्ट नामक जैविक रसायन जिम्मेबार छ । एडभान्स–ग्लाइकेसन–एण्ड–प्रोडक्टले विशेषतः छालाको तान, वर्ण र कान्तिलाई जीवन्त राख्ने कोल्याजीन र इलास्टिन प्रोटिनको नाश गर्ने गर्छ र छाला चाउरी परी चाँडै बुढो देखिन्छ ।

१०. कोषकीय जरण :

हाम्रो शरीर झण्डै १० नीलकोषहरू छन् । यी कोषहरूको पनि आ–आफ्नै आयु छ र यी कोषहरू पनि जरण (बुढ्यौली) र मरण (मृत्यु) को चपेटामा आउने गर्छन् । यसरी हुने कोषहरूको जरण (बुढ्यौली) का लागि टेलोमरेज नामक कोषकीय संरचना छोट्टिने प्रक्रिया जिम्मेवार छ । टेलेमरेजले विशेषतः क्रोमोजोमहरूको हरेक छेउलाई ढाकेर राखेको हुन्छ र क्रोेमोजोमहरूलाई अन्य तत्वहरूबाट विकृत हुन र क्रोमोजोमहरूलाई आपसमा विलय हुन दिँदैन तर टेलोमरेज छोट्टिएको अवस्थामा क्रोमोजोमहरू चाँडै विकृत हुने र कोषहरू चाँडै बुढो हुने गर्छ । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले दर्शाए अनुरूप लामो समयसम्म चिनीको सेवन गर्दा वा टेलोमरेज छोट्टिएर कोषहरू चाँडै बुढो हुने गर्छ ।

११. शक्ति क्षीण हुनेः

उच्च मात्रामा चिनी हालिएका खानेकुराहरूको सेवन गर्दा चिनीले रक्तग्लुकोज र इन्सुलिन दुवैलाई बढाउने गर्छ । यसरी चिनी सेवन पश्चात् केही क्षणको लागि रक्तग्लुकोज बढ्नाले ऊर्जाको स्तर पनि बढ्छ तर यो स्थिति लामो समयसम्म कायम रहँदैन फलतः ग्लुकोज कम भएसँगै तुरून्त ऊर्जाको स्तर पनि कम भइहाल्छ । यसर्थ लामो समयसम्म ऊर्जास्तर बनाइराख्नका लागि चिनी एवं प्रशोधित कार्बोहाइड्रेटसको सेवन गर्नु हुँदैन । यदि खानुपरेको खण्डमा प्रोटिन र फाइबर युक्त खानेकुरा पनि साथमा खानुपर्छ ।

१२. मृगौलामा खराबीः

चिनीको सेवनले मृगौलाको स्वास्थ्यलाई पनि चौपट्ट पार्ने गर्छ । यसो हुनुमा चिनीले रक्तनलीहरूमा इन्फ्लामेसन गराउने र मृगौलाका स–साना रक्तनलीहरूलाई पनि क्षति ग्रस्त बनाइदिने हुँदा मृगौला विकृत हुनपुग्छ ।

१३. दाँतको क्षय : 

चिनी र प्रशोधित कार्बोहाइड्रेट्सको सेवनले दाँतमा विकृत हुन्छ । यसो हुनुमा चिनी खाँदा चिनीले दाँतका लागि हानिकारक ब्याक्टेरियालाई आकर्षित गर्छन् । यी ब्याक्टेरियाहरूले दाँतलाई सडाइ दिने एसिड उत्पादन गर्छन् र दाँत खराब हुन्छ ।

१४.युरिक एसिड बढ्ने :

उच्च मात्रामा चिनीको सेवन गर्ने गर्दा चिनी पाचनपश्चात् ग्लुकोज र फ्रुक्टोजमा टुट्दछ।चिनीको पाचन पश्चात बनेको ग्लुकोज र फ्रुक्टोजमध्ये ग्लुकोजको मेटाबोलिजम सम्पूर्ण कोषहरूमा हुने गर्छ भने फ्रुक्टोजको मेटाबोलिजम केबल कलेजोमा मात्र हुने गर्छ । कलेजोमा फ्रुक्टोज फ्रुक्टोज १ फास्फेटमा परिवर्तन हुन्छ । यस प्रक्रियामा एटीपीको उपयोग भई एडीपी बन्छ र एडीपी पनि पुनः एएमपीमा परिवर्तित हुन्छ र एएमपी पनि आइनोसिनमा परिवर्तित हुँदै युरिक एसिड बन्छ । यसर्थ हामी जति धेरै चिनीको सेवन गर्दछौं त्यति नै धेरै युरिक एसिड बढ्ने समस्याबाट ग्रस्त हुन्छौं ।

१५. विस्मृति र बोध क्षमतामा ह्रासः

चिनीको सेवनले रक्त ग्लुकोजको मात्रा बढाउने र रक्तग्लुकोजको मात्रा बढेसँगै इन्सुलिनको मात्रा पनि बढ्ने हुँदा यो स्थितिमा इन्सुलिन प्रतिरोधकता विकसित भएमा मस्तिष्कले ग्लुकोजको उपयोग गर्न नसकेर यसको कार्य क्षमता घट्छ । यसैगरी चिनीको सेवनले मस्तिष्कमा अमाइलाइड प्रोटिन बन्ने क्रिया बढ्ने हुँदा अल्जाइमर रोग पनि लाग्न सक्छ । यसर्थ चिनीको सेवनले विस्मृति र बोध क्षमतामा ह्रास गराउँछ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर १ चितवनका मेडिकल डाइरेक्टर हुन् । onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post
कांग्रेसले भन्यो- सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका अधिनायकवादतर्फको अर्को फड्को

कांग्रेसले भन्यो- सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका अधिनायकवादतर्फको अर्को फड्को

कञ्चनपुरका चिनी मिललाई उखु अभाव

कञ्चनपुरका चिनी मिललाई उखु अभाव

गृहमन्त्रीको राजीनामा माग्दै दाङमा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै दाङमा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .