No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘ओलीलाई धिक्कार छ ! ठगीधन्दा चल्दैन, राजीनामा दिनोस्’


‘ओलीलाई धिक्कार छ ! ठगीधन्दा चल्दैन, राजीनामा दिनोस्’

काठमाडौं । कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नेकपाको अर्को समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल कडारुपमा प्रस्तुत भएका छन् । प्रचण्डले ओलीलाई ‘ठग’ को उपमा दिएका छन् भने नेपालले ‘पापी’ को संज्ञा दिँदै पशुपतिमा बत्ती बाल्दैमा उनको पाप नपखालिने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित विरोधसभामा प्रचण्ड र नेपाल दुबैजना ओलीमाथि खनिएका हुन् । कार्यक्रममा अन्य वक्ताहरुले पनि ओलीलाई तानाशाह र बादशाहको संज्ञा दिएका थिए ।

कार्यक्रमका प्रमुख वक्ता प्रचण्ड र माधवकुमार नेपालले केपी ओलीमाथि लगाएका आरोपहरु यस्ता थिए-

ओलीजी, तपाई ठग हो, राजीनामा दिएर वक्तव्य निकाल्नोस् : प्रचण्ड

केपी ओलीले अस्ति भन्नुभयो, जुलुस कस्तो हुन्छ, हामी देखाउँछौं । सभा कस्तो हुन्छ हामी देखाउँछौं । केपीजी, देख्नुभो, सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ? तपाई अझै पनि लाखौं जनताको यो उपस्थिति, यो विरोध र यो आक्रोश, आवेग र पीडालाई बुझ्नुभएन भने म तपाईलाई चुनौती दिन्छु, हेर्नुहोला केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौं लाख जनता आउँछन्, अझ ठूलो उपस्थितिका साथ ।

तपाईको प्रतिगमन, तपाईको निरंकुशता तपाईको लोकतन्त्रको हत्या गर्ने अपराधिक चरित्र नेपाली जनताले बुझिसकेको छ । त्यसकारण जरुरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौं ।

केपीजीतिर गएका मान्छेहरु अहिले र्फकन लाम लागेका छन् । म अहिले लामो लिस्ट भन्न सक्छु । अरु त अरु, उहाँले बनाएका दुईजना मन्त्री पनि फर्किनका लागि मसँग वार्ता गर्दैछन् ।

केपीजी, तपाई भ्रममा कतिदिन बाँच्ने हो ? सक्नुहुन्छ भने आज म तपाईलाई एउटा सल्लाह दिन चाहन्छु, तपाईले साह्रै ठूलो अपराध गर्नुभयो, यो राष्ट्रका विरुद्ध, जनताका विरुद्ध । तपाईले अझै पनि आफूलाई अलिकति ठाउँ राख्ने हो भने तुरुन्तै राजीनामा दिनोस् र पञ्चाताप गरेर वक्तव्य निकाल्नोस् । तपाईलाई अलिकति ठाउँ नेपाली जनताले दिन सक्छन् । तपाई अझै मूर्खता गर्नेमा हुनुहुन्छ, मलाई थाहा छ ।

तर, तपाई अझै निरंकुशतातिर जानेमा हुनुहुन्छ, मलाई थाहा छ । तर, तपाई जति जानुहुन्छ, अघि साथीहरुले भनिसक्नुभो, तपाई त आजकल जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभा’छ । हाम्रो भगवान् जीवित मान्छे, नेपाली जनता हाम्रा भगवान् हुन् । हामी तपाईहरुको शरणमा छौं ।

जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ । केपीजीले अस्ति एउटा सभामा भन्नुभयो, मैले राममन्दिर बनाउने भनेको छु, मैले अयोध्या बनाउने भनेको छु, यो प्रचण्ड बोल्दै बोल्दैन भनेर उहाँले भन्नुभो । चितवनको मेरै निर्वाचन क्षेत्रमा उहाँले राममन्दिर बनाउने भन्ने छ । र, यहाँ मन्दिरको एउटा स्टाचु बनाइ पनि सक्नुभयो रे ।

मेरो चुनौती के छ केपीजीलाई भने- तपाई साँच्चै चितवनको माडीमा, मेरो निर्वाचन क्षेत्रमा राम मन्दिर र अयोध्या स्थापित गर्नेमा हो भने सबभन्दा पहिले पुरातासत्विक अन्वेषण गर्नुपर्‍यो । अनुसन्धान गर्नुपर्‍यो । प्रमाणित गर्नोस्, मजति खुशी कोही हुँदैन । ….तर, तपाईजस्तो ठग । तपाईको नाटक । सबभन्दा नजिकबाट यो तीन वर्षमा मैले चिनें तपाईलाई ।

तपाईको नाटक… तपाईले कसरी ठग्नुहुन्छ भन्ने मैले देखें । त्यसकारण मेरो चुनौती, तपाई त्यहाँ प्रमाणित गर्नुहोस् अयोध्या यही हो… प्रमाणित गर्नेतिर उहाँले एक सिन्को काम गर्नुभएको छैन । अनि प्रचण्डलाई चुनौती दिने भनेर भन्नुभएको छ ।

तपाईले गल्ती गर्नुभो केपीजी । तपाईले ठूलो गल्ती गर्नुभो । माधवजीलाई अपमानित गरेर । झलनाथजीलाई अपमानित गरेर । ५० औं वर्ष तपाईसँग काम गरेका नेता र कार्यकर्तालाई अपमानित गरेर तपाईले ब्लण्डर गर्नुभो । हेर्नोस्, प्रचण्डको कार्यकर्ता भए झलनाथ र माधव भन्दिया छ । मैले माधवजीलाई भनें, हैन प्रचण्ड माधवको कार्यकर्ता भएको भन्दिनोस् न । किनभने, युद्धबाट शान्तिमा त प्रचण्ड आएको हो नि ।

यो केपी ओलीको ठगीधन्दा । माधवजस्तो लिडर, जसले १५/१६ वर्ष एमाले बनाउनका लागि -नेतृत्व) गर्‍यो, झलनाथजस्तो लिडर, जसले १२/१५ वर्ष पार्टीको नेतृत्व गर्‍यो र प्रधानमन्त्री भएर देशको नेतृत्व गर्‍यो, तिनलाई प्रचण्डको कार्यकर्ता भयो भन्ने ? अनि पत्याउने देखेर पो म त हैरान हुन्छु फेरि । पत्याउने मान्छे पनि के/भा होला ?

हाम्रो एकता विचार र भावनामा आधारित, विधिमा आधारित एकता हो । केपी ओलीको ठगी धन्दाले… बिहान बोलाएर बावदेवलाई प्रधानमन्त्री, दिउँसो बोलाएर माधवलाई प्रधानमन्त्री, बेलुका बोलाएर प्रचण्डलाई प्रधानमन्त्री दिने उनको नाटकको पर्दाफास भइसक्यो । त्यसकारण यसमा कुनै दम छैन । मैले योभन्दा बढी उहाँको बारेमा भन्न पनि चाहेको होइन ।

हामी अहिले जुन प्रतिगमन विरोधी संघर्षमा छौं, यसको उद्देश्य केपी ओली भन्ने व्यक्तिलाई परास्त गर्नु होइन, एउटा प्रवृत्तिलाई परास्त गर्नु हो ।

केपी ओलीलाई धिक्कार छ : माधव नेपाल

सिंगो नेपाली जनताको भावनालाई केपी ओलीले बुझ्न सकिरहेका छैनन् । केपी ओलीजी तपाई मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नुभएको छ । अब पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ ।

तर, पशुपतिनाथले कल्लाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ । जो मानिस राम्रो प्रवृत्तिको मान्छे छ । जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन् । चेतना भया । केपी ओलीलाई चेतना भया ! संविधान मिच्ने मिचाहालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई, जनाधिकार कुल्चिनेहरुलाई… ।

केपी ओलीको शासनकालमा भन्ने हो भने सात हजार नेपाली चेलीहरु बलात्कृत भएकी छन् । ती बलात्कृत भएकी चेलीहरुको आत्माले के भनिरहेको छ भने ए ओली ! तिमीले कतिजनालाई सजायँ दिएका छौ ? ए प्रधानमन्त्री ओली ! तिमीले कतिजना अपराधीलाई जेलमा कोचेका छौ ? तिम्रो संवेदनहीनतालाई देख्दाखेरि ज्लिजाजिल्लामा घटिरहेका बलात्कारका घटनाप्रति तिम्रो असंवेशनशीलतालाई देख्दाखेरि लाज लागिरहेको छ । तिमीजस्ता मान्छे नेपाली आमाले जन्माइन् ।

जुन पार्टीले तिमीलाई प्रधानमन्त्रीको पदमा पुर्‍यायो, आज त्यही पार्टी सिध्याउन तिमी लागेका छौ । त्यही लोकतन्त्र तिमीले समाप्त पार्न लागेका छौ । तिमीलाई धिक्कार छ । आम नेपाली जनताले भनिरहेका छन्, केपी ओलीलाई धिक्कार छ । पशुपतिनाथले पनि त्यही भन्लान्- केपी ओलीलाई धिक्कार छ । उनको त्यो पाप बत्ती बालेर त्यत्तिकै कसैले पनि धोई पखालिन सक्दैन ।

ओलीले आयोजना गरेको सभा र हामीले आयोजना गरेको सभालाई धरहराबाट हेर्नुपर्ने हुन्छ । केपीओलीसँग केही हजार बाहेक… त्यो सरकारी साधन खर्च गर्दा पनि सारा भ्रष्टाचार गरेको रकमहरु खर्च गर्दाखेरि पनि, अनि मान्छेलाई भाडामा ल्याउँदा पनि विचराहरुको सभा यति सानो भएछ, सिंगै ओली समूह निराश भएको छ । सिंगै ओली समूह अहिले हतप्रभ भएको छ ।

त्यसो हुनाले तर्कमा होइन, सन्कीमा । छलफलमा होइन, आदेश दिने कुरामा । बहुमतमा होइन, आफ्नो अधिनायकवादी प्रवृत्तिमा उसलाई विश्वास हुन थालेको छ । यदि जनमतमा विश्वास हुँदो हो भने त्यो व्यक्तिले पार्टीको बहुमतलाई मान्नुपर्दथ्यो । केपी ओली बहुमतको शासन मान्न तयार छन् ?

अहिले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व हामीले गरिरहेका छौं । नेकपाको बैठक त्यही बालुवाटारमा, केपी ओलीको निवासमा बेको छ । उनी कति झूठ कुरा गर्छन् भने बालुवाटारमा बैठकै बसेको छैन रे । पुस ५ गते बैठक बसेको छ कि छैन, हाम्रा मिडियाका साथीहरुले खिच्नुभएको भिडियो हेरे हुन्छ । पत्रिका पढे हुन्छ ।

पुस ५ गतेका दिनमा बालुवाटारमा कसरी बैठक बसेको थियो, स्थायी कमिटीको । त्यसभन्दा अघि मंसिर २८ गते पनि बैठक बसेको थियो । र, त्यही बैठकले नै केन्द्रीय कमिटीको बैठक १५ गतेलाई १० गते ल्याएको थियो, त्यसैलाई सात गते सारेको थियो । र, त्यही बैठकबाट नै केपी ओलीलाई पार्टीको अध्यक्षबाट कारवाही गर्ने र ७ गतेको बैठकले पार्टी अध्यक्षबाट निकाल्ने निर्णय गरेको छ । यो निर्णय कानूनी छ । पार्टीको विधानअन्तरगत छ । पार्टीको बहुमतको निर्णय छ । ४४० मध्ये २९५ जनाको हस्ताक्षर भएको कागज निर्वाचन आयोगमा बुझाइसकिएको छ ।

त्यसो हुनाले केपी ओली अध्यक्ष होइनन् । केपी गुटको अध्यक्ष लेखे हुन्छ । केपी गुटको अध्यक्ष भने हुन्छ । अझै नाम राख्नु छ भने केपी फाउन्डेसनका अध्यक्ष ओली भने पनि हुन्छ । मैले सुझाव दिएँ ! सुझाव ग्रहण गर्दा राम्रै होला । किनभने, मैले ओलीलाई चिनेको ४८/४९ वर्ष भइसक्यो । ५० वर्ष भइसक्यो । त्यसो हुनाले राम्रो के हुन्छ भने ओली फाउन्डेसनका अध्यक्ष केपी शर्मा ओली !

जसलाई कम्युनिस्ट पार्टीको नाम मन पर्दैन । जसलाई लालसलाम शब्द मन पर्दैन । जसलाई अन्तरराष्ट्रिय गीत मन पर्दैन । जसलाई पार्टीको क्रान्तिकारी अनुशासन मन पर्दैन । जसलाई पार्टीको बैठक भन्नेवित्तिकै रिङ्गटा लाग्छ । बैठक भन्यो कि केपी ओली फ्यान्ट हुने सम्भावना हुन्छ । त्यो मान्छे कम्युनिस्ट पार्टीको नेता हुन सक्छन् ? त्यस्तो मान्छे कम्युनिस्ट पार्टीको नेता हुन सक्दैनन् । कहाँबाट देशको प्रधानमन्त्री भए ।

हाम्रा मन्त्रीजी कसैले भाषण गरेको भए हुन्थ्यो, मन्त्रीलाई थर्कमान पारेका थिए उनले । जम्मै अधिकार आफ्नो हातमा लिएका थिए । र, त्यही हैसियतबाट उनले अहिले पनि निर्वाचन आयोगलाई थर्कमान पार्न खोजिरहेका छन् । खबरदार Û हामी साथमा छौं तपाईहरुको । तपाई संवैधानिक निकायका जिम्मेवार व्यक्तिहरुले आत्तिनुपर्ने आवश्यकता छैन । यो देशको लोकतन्त्रलाई, गणतन्त्रलाई कसैले मास्न सक्दैन । यो देशको संविधानलाई कसैले समाप्त पार्न सक्दैन । हामी जिउँदै छौं । हामी यहीँ छौं । हामीले नै पञ्चायती तानाशाहीलाई धुलो चटायौं । हामीले नै शाही शासनलाई निमिट्यान्न पार्‍यौं । हामीले नै गणतन्त्र ल्यायौं । हामीले नै संघीयता ल्यायौं । केपी ओलीलाई गणतन्त्रसँग पनि माया छैन । संघीयताप्रति पनि उनलाई कुनै अपनत्पववोध छैन । उनी समावेशिता पनि मन पराउँदैनन् । त्यसो हेनाले केपी ओली परिवर्तनको सम्वाहक होइनन् । केपी ओली प्रतिगमनका प्रतीक हुन् प्रतीक । उनी ज्ञानेन्द्रपथमा अगाडि बढिरहेका छन् ।

हामीले पार्टीमा कुरा उठायौं । जनताको पीडिा र बेदनाका बारेमा पार्टीमा छलफल गरौं भन्यौं । केपी ओलीले कहिल्यै पनि छलफल गर्न मानेनन् । संसदीय दलमा छलफल गरौं भन्यौं, त्यहाँ पनि छलफल गर्न मानेनन् । हामी आजित भएका थियौं केपी ओलीबाट । आज सबै आजित भएका छन् । जता पनि धम्की । आफ्नो कुरा नमान्ने व्यक्तिलाई उनी धाक धम्की देखाउँछन् । सत्ताको दुरुपयोग गर्ने गर्दछन् । पार्टीसत्ताको पनि दुरुपयोग गरेका थिए, राज्यसत्ताको पनि दुरुपयोग गरिरहेका छन् ।

तर, तानाशाहहरु ख्याल गर्नोस्, तपाईको तानाशाही शासनको आयु लामो छैन । यो जनताको जुन अपार प्रतिवद्धता र आवाज छ, यो समयमा बुझ्नुहोस् । समयमा सच्चिनोस् । तर, केपी ओली सच्चिनेवाला छैनन् । त्यसो हुनाले हामी आशा गरिरहेका छौं, अदालतबाट प्रतिनिधिसभा पुनस्थापनाको संविधानसम्मत ढंगबाट निर्णय हुने हामीले आशा गरेका छौं । निर्वाचन आयोगबाट पनि तदनुरुपको निर्णय हुने हामीले अपेक्षा गरिरहेका छौं ।… यदि यस्तो हुन सकेन भने यो देशमा अनर्थ हुनेछ । मैले संकेत मात्रै गरिरहेको छु ।

.. जबसम्म प्रतिगमनलाई परास्त गर्दैनौं, हाम्रो आन्दोलन जारी रहनेछ । …प्रतिनिधिसभा पुनःस्थापनाको यो हाम्रो आन्दोलन निरन्तर अगाडि बढिरहनेछ । …सूर्य चिन्ह अन्त कतै छैन । सूर्य चिन्ह हामीसँग छ । केपी ओलीसँग त बयलगाढाको चिन्हबाहेक अरु केही पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध

अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध

प्रधानसेनापति थापा भन्छन्- अवकाशपछि कोही पनि भौंतारिन नपरोस्

प्रधानसेनापति थापा भन्छन्- अवकाशपछि कोही पनि भौंतारिन नपरोस्

कांग्रेस नेता जोशीलाई कारवाही फिर्ताको सिफारिस

कांग्रेस नेता जोशीलाई कारवाही फिर्ताको सिफारिस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .