No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानसेनापति थापा भन्छन्- अवकाशपछि कोही पनि भौंतारिन नपरोस्

प्रधानसेनापति थापा भन्छन्- अवकाशपछि कोही पनि भौंतारिन नपरोस्

पोखरा । तनहुँ शुक्लागण्डकीकी स्मृति शर्मा वाग्लेले ३ लाख रुपैयाँमा सानो व्यवसाय सुरु गरिन् । सैनिक परिवारकी वाग्लेले व्यवसाय सुरु गरेपछि सैनिक कल्याणकारी कोषको लघुवित्त कर्जामा सहभागी भइन् र ७ लाख रुपैयाँ कर्जा लिइन् । अहिले उनको व्यवसायले ५० लाख रुपैयाँभन्दा बढी कारोबार गरिरहेको छ ।

वाग्ले बुधबार पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेक पोखराबाट सर्वोत्कृष्ट लघु व्यवसायीका रुपमा सम्मानित भइन् ।

कल्याणकारी कोषबाटै लगानी लिएर व्यवसाय सुरु गरेका गोरखाका अवकास प्राप्त सैनिक चन्दसिंह बस्नेत उत्कृष्ट व्यवसायी बने । ८ लाख लगानीबाट सुरु गरेको बेमौसमी तरकारी खेतीको कारोबार अहिले ३० लाख पुगेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी सैनिक चोलाबहादुर खड्काकी श्रीमती सीता खड्काले सुजित एन्ड सुजाता किराना पसल सञ्चालनका लागि ७ लाख रुपैयाँ बुधबारै ऋण लिइन् । १५ लाख रुपैयाँ लघुवित्त तथा महिला उद्यमी कर्जा लिएर पोखरा ११ निवासी अवकास प्राप्त सैनिक परिवारकी गीता सापकोटाले किचन कर्नर थालेकी छन् ।

यसरी सैनिक कल्याणकारी कोषमार्फत कर्जा लिएर व्यवसाय थालेका, गरिरहेका र सफल भएका थुप्रै उदाहरण छन् । तर, अझै पनि धेरै भूपू सैनिक तथा तिनका परिवार देश, विदेशमा भौंतारिइरहेको देख्दा पीडाबोध हुने प्रधानसेनापति पूर्णचन्द्र थापा बताउँछन् । थापाले बुधबार पोखरामा भूतपूर्व सैनिक तथा तिनका परिवारलाई सम्बोधन गर्दै भने, ‘अवकास प्राप्त सैनिकले वैदेशिक रोजगारीको बाटो नरोजून् भनेर कल्याणकारी कोषमार्फत सेवा, सुविधा प्रदान गर्दै आइरहेका छौं । कल्याणकारी कोषबाट प्रदान गरिएका सेवा र सुविधा प्रयोग गरेर स्वदेशमै पौरख गर्न म अनुरोध गर्दछु ।’

२०३२ सालमा संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत मध्यपूर्वमा नेपाली सेना सहभागी भएबापत करिब १ करोड २४ लाख रुपैयाँ नगद प्राप्त गरेको थियो । त्यही रकमबाट सैनिक कल्याणकारी कोष स्थापना भएको थियो । २०७७ साल पुस मसान्तसम्म आइपुग्दा यो कोषमा ५७ अर्ब ९८ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ ।

यो कोषबाट बहालवाला तथा अवकास प्राप्त सैनिक र तिनका परिवारलाई विभिन्न क्षेत्रमा नेपाली सेनाले सघाउ पुर्‍याउँदै आएको छ । तर, अहिले पनि अवकास प्राप्त सैनिक तथा तिनका परिवारले यो कोषबाट पर्याप्त लाभ र पहुँच पुर्‍याउन नसकेको गुनासो आइरहेको छ ।

पश्चिम पृतना हेडक्वाटर विजयपुरमा भएको भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति थापाले कल्याणकारी कोषको मूल पुँजीबाट प्राप्त ब्याज र लगानीबाट प्राप्त हुने प्रतिफल भूपू सैनिकको कल्याणकारी काममा खर्च हुँदै आएकाले सहभागी हुन आग्रहसमेत गरे ।

गण्डकी प्रदेशका १० जिल्लामा नेपाली सेनाबाट १६ हजार ६ सयभन्दा बढी अवकास प्राप्त सैनिक रहेको तथ्यांक पश्चिम पृतना हेडक्वाटर विजयपुरसँग छ । त्यसमध्ये ९ हजार ७७ जनाले भेलामा सहभागी हुन नाम दर्ता गराएका थिए । भूपू सैनिक र तिनका परिवारमध्ये कति वैदेशिक रोजगारीमा छन्, कति जनाले कस्तो जीवन यापन गरिरहेका छन् भन्ने यकीन छैन ।

सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, रोजगार तालिम र उद्यममा ठूलो लगानी गरिरहेको बताउँदै प्रधानसेनापति थापाले कोषमा पहुँज र दायरा बढाउन दीर्घकालीन सोचसहित सेवा, सुविधा विस्तार गर्दै लगिएको बताए ।

काठमाडौंमा केन्द्रित नहुन आग्रह

भूपू सैनिकका छोराछोरीलाई पायक पर्ने ठाउँमा गुणस्तरीय अध्ययनका लागि विद्यालय खोलिएकाले काठमाडौंमै केन्दि्रत नहुन उनले आग्रह गरे । पोखरामा सैनिक महाविद्यालय भएजस्तै जिल्लाहरुमा पनि सैनिक परिवारका सन्तानलाई अध्ययनको व्यवस्था मिलाइएको र वैदेशिक उच्च शिक्षाका लागि पनि कर्जा प्रवाह भइरहेको उनको भनाइ छ ।

अहिले ७० जिल्लाका २ सय १० वटा उत्कृष्ट विद्यालयसँग सम्झौता गरी पायक पर्ने स्थानमै पढाउन सुरु गरिएको छ । वाषिर्क ३० हजार भूपू सैनिकका छोराछोरी शिक्षाबाट लाभान्वित भइरहेका छन् । कोषबाट विभिन्न संकायमा उच्च शिक्षाका लागि २५ लाख रुपैयाँ शैक्षिक कर्जासमेत प्रदान गरिँदै आएको छ ।

स्वास्थ्य सेवालाई विकेन्दि्रत गर्दै नेपालगञ्ज, पोखरा र इटहरीमा ५०/५० शय्या अस्पताल सुरु भइसकेका छन् । सेवा विस्तारको प्रयाससमेत भइरहेको थापाले बताए । स्थानीय अस्पतालमा भूपू सैनिक र तिनका परिवारलाई उपचार गराउन सकियोस् भनेर पोखराको अस्पतालसँग सम्झौता गर्न अध्ययन भइरहेको उनले जानकारी दिए ।

व्यावसायिक कृषि तथा पशुपालनमा उत्प्रेरित गर्न कृषि फार्मसहित लमजुङको बेंसीसहरमा नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा अध्ययन तथा तालिम लिन पनि थापाले आग्रह गरे ।

पूर्व सैनिक परिवारलाई एक ठाउँबाट अर्को ठाउँमा जाँदा आवासको सुविधाका लागि पोखरामा १४ कोठाको गेस्ट हाउस सञ्चालन गर्ने तयारी भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी २५ लाख रुपैयाँसम्मको कर्जा प्रवाह गरिने थापाको भनाइ छ । अहिलेसम्म ३० हजार ६ सय जनाले उद्यमशीलताका लागि ५ अर्ब ६४ करोडभन्दा बढी कर्जा लिएका छन् ।

प्रधान सेनापतिकै उपस्थितिमा बुधबार पश्चिम पृतना हेडक्वाटरमा भूपू सम्मेलन भएको हो । पोखरामा विजयपुर र फूलबारी ब्यारेकमा सम्मेलन भएको थियो । पृतना अन्तर्गत गण्डकी प्रदेशभित्र मनाङ र मुस्ताङ बाहेकका ७ जिल्लामा पोखराबाट भर्चुअल सम्मेलन गरिएको थियो । नवलपुर भने पृतना हेडक्वाटर बुटवल अन्तर्गत पर्छ ।

गत चैतमै हुनुपर्ने सम्मेलन कोभिडका कारण अहिले भएको बलाधिकृत प्रभुराम शर्माले जानकारी दिए । सम्मेलनमा कल्याणकारी कोषमार्फत दिइरहेका सेवा, सुविधाबारे जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका अवकास तथा भूपू सैनिक र तीनका परिवारलाई सम्मानसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
कांग्रेस नेता जोशीलाई कारवाही फिर्ताको सिफारिस

कांग्रेस नेता जोशीलाई कारवाही फिर्ताको सिफारिस

प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामीको चेतावनी

प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामीको चेतावनी

माधवनारायणका व्रतालु पशुपति तीर्थ यात्रामा, आर्यघाटमा जल्दैन शव

माधवनारायणका व्रतालु पशुपति तीर्थ यात्रामा, आर्यघाटमा जल्दैन शव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .