No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मोबाइलको अवैध आयात बढेको गुनासो, ७ अर्ब राजस्व गुमेको दावी

मोबाइलको अवैध आयात बढेको गुनासो, ७ अर्ब राजस्व गुमेको दावी

काठमाडौं । अवैध रुपमा मोवाइल फोन नेपाल भित्रने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । बुधबार नेपाल मोवाइल वितरक संघले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवाला व्यवसायीहरुले मोवाइलको अवैध आयात बढेको र यसले व्यवसायी र राज्य दुबैलाई घाटा रहेको बताएका हुन् ।

कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा मासिक आयात हुने १० लाख मोवाइल सेटमध्ये २ लाख ५० हजार सेट अवैध हुने गरेका छन् । अवैध बाटोबाट ल्याएर बजारमा पुर्‍याइएका यी मोवाइलको बिक्रीले सरकारको राजस्वमा मासिक करीब ७ अर्व घाटा भएको व्यवसायीहरुको दावी छ ।

कानुनी व्यवस्थाको पालना गर्नेभन्दा कानुन उलंघन गर्ने व्यापारीलाई अहिले फाइदा भइरहेको व्यवसायीहरुको गुनासो छ ।सरकार, आयातकर्ता, वितरक, विक्रेता र उपभोक्ता सबै मिलेर अनधिकृत (ग्रे) मोवाइल फोनको विक्री बन्द गराउनु पर्ने माग गरिएको छ ।

कार्यक्रमममा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइलको अनधिकृत (ग्रे) बजार नियन्त्रण गर्ने सरकारको योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको जानकारी दिए । ग्रे बजार बढेको स्वीकार गर्दै उनले अवको ३ महिनामा व्हाइट लिस्टिङ् सिस्टम कार्यान्वयनमा आइसक्ने बताए । उनका अनुसार यो प्रणाली कार्यान्वयनमा आइसकेपछि हरेक मोवाइल सेट प्राधिकरणमा दर्ता गरेर मात्र प्रयोगमा ल्याउन सकिनेछ ।

आन्तरिक राजस्व कार्यालय न्यूरोडका प्रमुख कर अधिकृत बिनोद लामिछानेले ग्रे बजार नियन्त्रणका लागि यसका लागि वृहत्तर योजना कार्यान्वयन गर्नुपर्ने बताए ।

यता त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासैनीकाअनुसार अहिले विमानस्थलबाट दैनिक करीव २ हजार व्यक्ति भित्रने गरेका छन् । दैनिक आउनेहरु मध्ये ५० प्रतिशत बढीले मोवाइल सेट लिएर आउने गरेको उनले बताए ।

यसरी ल्याइएका सेटहरु निर्वाध प्रयोग हुने गरेका छन् । नेपाल र भारतका धेरै ठाउँमा खुल्ला सिमाना भएकाले फोनलगायत उपभोग्य सामानमा लुृकीछिपी तस्करी हुने गरेको ससस्त्र प्रहरीका डिआईजी गणेश खाडा मगरले बताए ।

मोवाइल आयातकर्ता संघका अध्यक्ष दीपक मलहोत्राले पछिल्लो समय अवैध मोवाइल भित्रने क्रम निकै बढेकेा बताए । यसले व्यवसायीलाई मात्रै नभएर राज्यलाई पनि ठूलो नोक्सानी भएको बताए । उनका अनुसार आ. व. २०७५/०७६ मा मोवाइल आयातको व्यालेन्स सिट बराबर थियो । २०७६ / ०७७ मा आएर शुन्य भयो । यसको कारण मोवाइल ल्याउने अबैध बाटो नै मुख्य कारण हो । ‘नेपालसँगका नाका बन्द भएका बेला मोवाइल, ल्यापटपजस्ता सामाग्रीको आयात बढेको थियो । अहिले फेरि घट्न थालेको छ’ मलहोत्राले भने । यसले करिब ७ अर्ब राजश्व गुमेको उनको अनुमान छ ।

नेपाल मोवाइल वितरक संघका अध्यक्ष दिनेश चुल्पाद्योले मोवाइल तस्करी रोक्ने कदम चलाउन ढिला भइसकेको बताए । भारतमा सस्तो र नेपालमा महङ्गो भएकोले तस्करी बढेको उनको भनाई छ । सरकारले मोवाइलमा लगाएको अन्तशुल्क हटाएर र विगतमा दिइएको मुल्य अभिवृद्धि कर फिर्तालाई नियमित गरेपछि मोबाइलको मूल्य सस्तो हुने उनले बताए । यसले तस्करी घट्ने उनको दावी छ ।

नेपालमा २०५६ सालबाट मोवाइल सेवा र २०५७ सालबाट मोवाइल इन्टरनेट सेवा सुरु भएको हो । २०६४ सालबाट सुरु भएको थ्रीजी सेवाको स्तरउन्नति गरेर अहिले अधिकांश सरमा फोर जी सेवा सञ्चालन गर्ने वातावरण बनेको छ । अहिले नेपालका करिव ६८ प्रतिशत मानिसले मोवाइलको र ६० प्रतिशत मानिसले इन्टरनेटको प्रयोग गर्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

Next Post
‘ओलीलाई धिक्कार छ ! ठगीधन्दा चल्दैन, राजीनामा दिनोस्’

‘ओलीलाई धिक्कार छ ! ठगीधन्दा चल्दैन, राजीनामा दिनोस्’

अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध

अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध

प्रधानसेनापति थापा भन्छन्- अवकाशपछि कोही पनि भौंतारिन नपरोस्

प्रधानसेनापति थापा भन्छन्- अवकाशपछि कोही पनि भौंतारिन नपरोस्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .