No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नबुझ्ने अधिकांश प्रदेश २ का मानिस, केपी ओली को हो प्रश्नमा : ‘सूर्य छाप, एमाले

नबुझ्ने अधिकांश प्रदेश २ का मानिस, केपी ओली को हो प्रश्नमा : ‘सूर्य छाप, एमाले

सहयोग रञ्जित-
काठमाडौं ।
रौतहटबाट बिहीवार राति बाट बस छुट्यो । भरिभराउ गाडीमा करिब ७ घण्टाको यात्रा गरी काठमाडौं पुग्नु थियो यात्रुहरुलाई । उद्देश्य  – काठमाडौं पुग्नु । दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्नु । त्यही बसमा थिए मोलापुर नगरपालिकाका रामसिंह यादव ।

त्यहाँका मेयर रीनाकुमारी साह र उनका पति तथा शहरी विकास मन्त्री प्रभु साहले भनेपछि उनी काठमाडौंको यात्रामा हानिए ।
मन्त्री भएपछि प्रभु साहले आफ्नो जिल्ला विकास गर्ने भन्दै विश्वस्त सुनिए उनी । ‘साहले बोलाउनु भयो । हामी आयौं,’ किन आएको त काठमाडौं भन्दा उनले यसै भने ।

यादवजस्तै सयौं मानिसहरु ‘नाइट बसमा’ आज काठमाडौं आइपुगेका थिए । यादवका अनुसार रौतहटबाट मात्रै ७० भन्दा बढी बस राति काठमाडौंका लागि हिँडेको थियो । रौतहटसँगै मधेशका अन्य जिल्लाबाट बिहानै काठमाडौं पुगेका उनीहरुलाई उपत्यकाका विभिन्न स्थानमा राखिएको थियो । त्यसपछि र्‍यालीमा सहभागी भए उनीहरु ।

र्‍यालीको गन्तव्य थियो दरबारमार्ग । उनीहरुजस्तै आएका धेरैलाई कार्यक्रम बारेमा थाहा रहेनछ । न त नेपाली भाषा नै बुझ्ने । बालबालिका र वृद्धवृद्धा पनि थिए उनीसँग ।

मञ्चबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन चलिरहँदाको दृष्य रोचक थियो । ओली महेन्द्रको शालिकतिर फर्केर भाषण गरिरहेका थिए । ओलीको ठीक दायाँतिर चर्चित कम्पनी यतीको भर्खरै बनेको बिल्डिङ थियो जहाँको डिस्प्लेमा ओलीको सम्बोधनको चलचित्र चलिरहेको थियो । नेपाल ट्रस्टको जमीनमा बनेको यतीको बिल्डिङ ओलीकै सद्‍भावका कारण उक्त समूहले हात पारेको थियो । यतीलाई जग्गा दिन नीतिगत भ्रष्टाचार गरेको विषयलाई लिएर ओलीको चर्को आलोचना भइरहेको थियो ।

त्यही मञ्चबाट ओलीले समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणको चर्को भाषण गरिरहेका थिए । मञ्च तल छरिएर रहेकाहरुले हुटिङ् दिए । कतिले बुझे कतिले बुझेनन् ।

यस्तै नबुझ्ने मध्येका हुन्- प्रदेश २ बाट आएका अधिकांश मानिसहरु ।

आफूलाई बिहारी सिंह भन्ने व्यक्ति सप्तरीबाट बिहानै पशुपति पुगेका थिए । त्यहाँबाट सिधै दरबारमार्ग । परिवारसहित आएका उनलाई आज ओलीले बोल्छन् भन्ने जानकारी रहेछ ।

‘ओलीको भाषण सुन्न आएको,’ उनले भने । तर, ओली को हो ? भन्ने हेक्का चाहिँ रहेनछ । उनीसँगै बसेका एक व्यक्ति भने ‘जसले राम्रो गर्छ त्यसकै’ भन्दै सिंहलाई नबोल्न निर्देशन दिँदै थिए ।

मधेशबाट आएकाहरुको आज प्रधानमन्त्रीको आमसभामा ठूलै उपस्थिति थियो । तर, उनीहरुलाई कहाँ के गर्ने भन्ने चाहिँ  थाहा थिएन । उनीहरुसँग कुरा गर्न खोज्दा रोक्न आउनेहरुलाई आयोजकले राम्रैसँग परिचालन गरेका थिए ।

‘राम्रो हुँदैन…’ भन्दै उनीहरुलाई नबोल्न चेतावनी दिँदै थिए – सायद नेपाली भाषा राम्रोसँग नबुझ्नेलाई ल्याउने नेता मध्येका एक ।

मधेशबाट आएका धेरैजसो अन्यौलमा देखिन्थे । मञ्चतिर जाने बस्ने ठाउँ छैन । परिवारसहित आएकाहरुले एकअर्काको हात समाउँदै धक्कामुक्की गर्दै ओहोर दोहोर गर्दै थिए ।

त्यही भिडमा ओहोरदोहोर गर्दै थिइन् वीरगंजबाट आएका लक्ष्मी थरुनी पनि ।

उनलाई आज ओलीको कार्यक्रममा जाने भनेर काठमाडौं ल्याइएको रहेछ। गाउँको प्रत्येक घरबाट मानिसहरु आएको बताउने उनी खुशीयाली मनाउन आएको बताइन् ।

‘ओलीको खुशीयालीमा, केपी ओली जिन्दावाद,’ उनले भनिन् ।

केपी ओली को हो थाहा छ भन्ने प्रश्नमा उनले भनिन्, ‘सूर्य छाप, एमाले ।’

 अनि उनी आफ्नो समूहसँगै महेन्द्र शालिक हुँदै फर्किइन् । ओलीकै भाषण नसुनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
सप्तरीमा प्रधानमन्त्री ओलीको पुतला जलाइयो

सप्तरीमा प्रधानमन्त्री ओलीको पुतला जलाइयो

सप्तरीबाट १५ हजार घुससहित लेखनदास अख्तियारको फन्दामा

सप्तरीबाट १५ हजार घुससहित लेखनदास अख्तियारको फन्दामा

नयाँ सदस्यता तथा नवीकरणमा प्रेस संगठन र मधेशी पत्रकार समाजको आपत्ति

नयाँ सदस्यता तथा नवीकरणमा प्रेस संगठन र मधेशी पत्रकार समाजको आपत्ति

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .