No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आमा राष्ट्रपतिलाई तथानाम भन्ने रामकुमारी झाँक्रीलाई मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीको भावुक पत्र

आमा राष्ट्रपतिलाई तथानाम भन्ने रामकुमारी झाँक्रीलाई मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीको भावुक पत्र

आफ्नी आमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै उषाकिरण भण्डारीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई भावुक पत्र लेखेकी छन्।

नेतृ झाँक्रीले केही दिनअघि गोरखामा आयोजित विरोध सभामा प्रतिनिधि सभा विघटन गरेको रिसमा नेता मदन भण्डारीको निधनपछि विद्यादेवी भण्डारीलाई नेता बनाउनु गल्ती थियो भनेर आलोचना गरेकी थिइन्।

उनले भनेकी थिइन्, ‘अन्यथा नहोस्, तमाम दिदीबहिनी हुनुहुन्छ, सहिदका परिवार हुनुहुन्छ,यहाँहरूलाइ भन्न खोजेको होइन, मदन भण्डारीको हत्यापछाडि सेतो सारी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रतिउत्पादन हो– विद्या भण्डारी। आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ। त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ।’

यसै विषयमा दु:खी हुँदै राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारीले सोमबार सामाजिक सञ्जालमा लेखेको भावुक पत्र जस्ताको तस्तै :

मेरो ममले मलाई बोलाउनुभयो अनि भन्नुभयो- सबै लिडरसिपमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन्। पहिलेको समयमा इन्दिरा गान्धीदेखि अन्तर्राष्ट्रिय जगतको कुरा गर्दा एन्गेला मर्केलको उदाहरण दिनुभयो। आमाको मन हो, आफ्नो घाउ देखाउनुभएन, छोरीहरूमामाथि यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोसिस गर्नुभयो।

मेरो ममको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखि हो। यो सुरु गर्ने पत्रकार अहिले रिटायर्ड वरिष्ठ पत्रकार र ठूलो नागरिक अगुवा भइसके। उनीहरूका नयाँ र निउँ अवतार अहिले छन्। म त्योबेला ११ वर्षजति थिएँ, ममले फोनमा भन्नुहुँदै थियाे- “म किन अभियानमा ननिस्कनु!? किन घरमा लुक्नु !? उनीहरूले यही चाहेर यो सब गर्दैछन्, म भाग्दिनँ।” मलाई त्यो दिनदेखि नै हिम्मत प्राप्त भयो। ममले हामीलाई आफ्नो साहस र दृढताबाट शिक्षित गर्नुभएको छ।

१ महिनाअघि मैले यही फेसबुकमा भनेको थिएँ- अदृश्य साइबर बुलीबाट अब सडकमा नारा लाउन सुरु भयो, हामीले आवाज बुलन्द नगरे यस्तो क्राइमले झन् ठूलो रूप लिन्छ। एक महिना नबित्दै त्यही भयो। यहाँ रामकुमारी झाँक्रीलाई आफ्नो युवा नेता मान्नेले झाँक्रीलाई सुनाइदिनू-

१. गल्ती सेतो सारीमा होइन, गल्ती दृष्टिकोणमा छ

२. गलत चुनाव लडाउनु होइन, उहाँमाथि त्यसबेलाका शीर्ष नेताले गरेको व्यवहार र बोलीमा थियो। अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ, सोध्नुहोस्, गएर

३. तपाईं कम्युनिस्ट स्कुलिङको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नुपर्ने। मेरो मम, एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थियो। तपाईं सेतो सारीको कुरा गर्नुहुन्छ। हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए। उहाँले ड्याडीलाई मनपर्ने खाना/अचार बनाउन छोड्नुभयो। उहाँका ससाना छोरीहरू हामीले प्रश्न उठाएनौं। तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो !? हामी ९/१० वर्षकाले बुझ्याैँ उहाँ ट्रेजेडी (शोक) सँग कोप (सामना) गर्ने कोसिसमा यो सब गर्दै हुनुहुन्थियो। तपाईं महिला, ठूलो मान्छे भएर यति बुझ्नुभएन !!?

तपाईंलाई अर्को कुरा भन्छु- दसैंमा टीका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाउनुभयो। राष्ट्रप्रमुखको निधार खाली हुनु हुँदैन भन्ने मान्यताले गर्दा उहाँको बूढी आमाले उहाँलाई प्रश्न गर्नुभएन। जमरा मात्रै हातमा दिँदा तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो !?

ट्रेजेडी कोप गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ। जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि भोलिन्टेरिली (स्वेच्छाले) रोजेको होइन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन। यदि तपाईंलाई लाग्छ- आफ्नो माया आफ्नो जीवनसाथी भन्दामाथि करिअर महत्वाकांक्षा हो भने ठाउँ साटौं। तपाईं उहाँको सिन्दुरपोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस्। अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ, लिएर जानुस्। झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाले यो छोरीको प्रश्न सुनाइदिनू।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
प्रचण्ड अप्ठेरोमा, उनी विरुद्ध अदालतमा पर्यो यस्तो मुद्दा

प्रचण्ड अप्ठेरोमा, उनी विरुद्ध अदालतमा पर्यो यस्तो मुद्दा

वडाध्यक्ष मियाँ विरुद्ध जिप्रका र वीरगंज महानगरपालिकामा ज्ञापन

वडाध्यक्ष मियाँ विरुद्ध जिप्रका र वीरगंज महानगरपालिकामा ज्ञापन

जिराभवानी र सखुवा प्रसाैनीमा कुष्ठ राेग दिवस मनाइयाे

जिराभवानी र सखुवा प्रसाैनीमा कुष्ठ राेग दिवस मनाइयाे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...