No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहा लहानका डिएसपी थापाले कनचटमा पेस्तोल राखेर भने–’मा…द मधेसिया हानदिन्छु’

सिरहा लहानका डिएसपी थापाले कनचटमा पेस्तोल राखेर भने–’मा…द मधेसिया हानदिन्छु’

उनले भने–“उनले भनेका छन्, जहाँ देख्छु त्यही गोली हान दिन्छु मुजी मधेसियालाई

सिरहा । प्रदेश नं. २ को सिरहा लहानका डिएसपी शरद थापा क्षेत्रीले एक व्यावासायीलाई कनचटमा पेस्तोल राखेर अभद्र गोली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ ।

लहान स्थित रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डिएसपी) थापाले सिरहाको सखुवानन्जरकट्टि गाउँपालिका वडा नं. ४ बस्ने जगन्नाथ झालाई ईलेक्ट्रीक समान मुफ्तमा नदिएको निहुँमा कनचटमा पेस्तोल राखेर यातना दिएको आरोप लगाइएको छ ।

डिएसपी थापाले व्यावसायी झासँग पहिलेदेखि नै एस्सी, वासिँग मेसिन जस्ता समानहरु माग गर्दै आएको तथा आफू मुफ्तमा नदिएको कारण विभिन्न मुद्दा लगाएर फँसाउने प्रयास समेत गरेको आरोप लगाएका छन् ।

उनले भने–“साउन ५ गते नै ईन्सपेक्टर सुभास खतिवडाले फोन गरेर डिएसपी साबसँग भेटनको लागि भनेका थियो , तर मेरो आमा विरामी भएकोले म व्यस्त भए जान पाएनन् । त्यसपछि साउन ७ गते ईलाका प्रहरी कार्यालयमा जाँदा आफूबारे कुनै मुद्दा छ भनेर सोधेपछि केही थिएनन । त्यसपछि म घर फर्के र सोही दिनदेखि डिएसपीले मलाई फ्लोअप र निगरानीमा राख्यो ।”

उनले गत साउन १५ गते ईलाका प्रहरी कार्यालयमा नबोलाएर आफ्नो नीजि निवासमा बोलाएर डिएसपी थापाले कनचटमा पेस्तोल राखेर मा…द मधेसिया, के बुझछस आफूलाई ? तँलाई मैले बोलाउँदा सिडिओ कहाँ किन गईस रे ? साले, मुजी मधेसिया ? तलाई मेरो पावर थाहा छैन ? भन्दै करिब ४ घण्टासम्म बन्धक बनाएर राखेको आरोप लगाएका छन् ।

समानहरु फ्रि मा नदिएको तथा डिएसपी थापाकै मित्र (दोस्त) लाग्ने सोही स्थान बस्ने सगेन चौधरीकी श्रीमति कँचन चौधरीको नाममा २० हजार रुपैयाँको चेक कटाउन लगाएको आरोप लगाएका छन् । उनले कनचटमा पेस्तोल तेर्साएर जबरदस्ती डर, त्रास देखाएर कागज समेत बनाउन लगाएको आरोप लगाउँदै अदालतमा मुद्दा समेत हालेका हुन् ।

डिएसपी थापा, सगेन चौधरी, अनिल चौधरी र कँचन चौधरी विरुद्ध पीडित झाले अदालतमा मुद्दा हालेका छन् । त्यसअघि साउन १३ गते नै जिल्ला प्रशासन कार्यालय सिरहाका सिडिओ प्रदीपराज कणेललाई मौखिक रुपमा झाले वृतान्त सुनाएका थिए । सोही निहुँ पारेर साउन १५ गते डिएसपी थापाले आफू बोलाउँदा सिडिओ कहाँ गएको भन्दै मधेशीया (सम्प्रदायिक गाली, समुदायिक तवरको गाली) गरेको बताइएको छ । 

झाले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आफ्नो पुरानो थोत्रे गाडी लहानकै अनिल चौधरीको राईस मिल (हाल गोडाउन) को अगाडी राखिएको भन्दै भाडा मागेको र के को भाडा भन्दा गाडी राखिएको वापत भाडा मागेको बताइएको छ ।

सोही सन्दर्भमा उनले ईलाका प्रशासन कार्यालय लहानमा बुझ्न जाँदा कुनै प्रकारको भाडा तिर्न नपर्ने बताएपछि डिएसपी थापाले नाताको हिसाबले अनिल चौधरी र सगेन चौधरीको पक्षमा उभिएर आफूबाट बलपूर्वक भाडा स्वरुप २५ हजार रुपैयाँको कागज बनाउन लगाएको तथा २० हजार रुपैयाँको चेक समेत बनाउन लगाएको आरोप लगाएका छन् ।

डिएसपी थापाले आफ्नै निवासमा बोलाएर अनिल चौधरी, सगेन चौधरी, कँचन चौधरीलाई समेत बोलाएर करिब ४ घण्टा आफूलाई बन्धक बनाएर बन्दुकको नालमा बलपूर्वक तमसुक बनाउन लगाएको बताएका छन् । उनले काटिएको २० हजारको चेक समेत भोलीपल्टै रोक्का गराएको बताएका छन् । 

डिएसी सरद थापाले मधेसिया भन्दै गाली गलौच सहित आफ्नो पदको पावर प्रदर्शन गर्न खोजी बिना कारण आफूलाई फँसाउने प्रयास सहित जहाँ देखे गोली हान दिने भनेर भनक भएको भन्दै अदालत र स्थानीय सरोकारबाला सँग जीउ ज्यानको रक्षाको माग गरेको बताएका छन् ।

उनले भने–“उनले भनेका छन्, जहाँ देख्छु त्यही गोली हान दिन्छु मुजी मधेसियालाई । सोही डरले म रातारात गाउँबाट भागेको छु । मिडियामा गए पनि मारदिने, कसैलाई भनेपनि पुरै परिवारलाई सखाप पारिदिने भन्दै धम्की दिएपछि म त्रासमा छु । मलाई बचाउनुहोस् ।”

डिएसपी थापाले अहिले आफूसँग ६ पोका गाँजा रहेको र ४ पोका आफ्नो गाडीमा हालेर लागू औषधमै फँसाईदिनेसम्म भनेको बताएका छन् । उनले भने,–“उनको निवासमा जाने वित्तिकै मास्क खोलाएर मेरो मोबाईल समेत जफत गरे । कसैसँग सम्पर्क गर्न दिएनन् । कनचट (कनपट्टा) मा पेस्तोल राखेर उनले आफैले कागज लेखेर मसँग हस्ताक्षर गराएका छन् ।”

यसबारे, डिएसपी थापासँग सोध्दा उनले प्रमाण देखाउन प्रतिक्रिया दिएका छन् । तपाईले एक सर्वसाधारणलाई यातना दिएको भन्ने सन्दर्भमा उनले “यातनाको अर्थ थाहा छ ?” भनेर उल्टै प्रश्न गरेका थिए ।

जग्न्नाथ झाको बारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले एक बैठकको व्यवस्तता देखाउँदै फोन काटेका थिए ।

यता, डिएसपी थापाले भने झालाई साउन १३ गते १ मिनेट १० सेकेन्ड फोन गरेको कल डिटेल समेत देखिएको छ । तर, उनले झालाई नचिनेको भनेर प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
भारतीय क्रिकेटर महेन्द्र सिँह धोनी पछि सुरेश रैनाले एकैदिन लिए सन्यास

भारतीय क्रिकेटर महेन्द्र सिँह धोनी पछि सुरेश रैनाले एकैदिन लिए सन्यास

आँखामा लुकेको सुन्दर्ता तपाईंको आनुहारको आधारमा

आँखामा लुकेको सुन्दर्ता तपाईंको आनुहारको आधारमा

शेयर बजार

चलिरहेको शेयर बजार ठप्प हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .