No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार

सेयर बजार झिनो अंककाे सुधार, कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं । बुधबार सेयर बजार आधा हरियो र आधा रातो देखिएको छ । बैङ्किङ, होटल, व्यापार र उत्पादन समूह घटेर राताम्मे देखिएका छन् भने अन्य समूह बढेर राताम्मे देखिएको छ । विकास बैङ्क, जलविद्युत्, फाइनान्स तथा निर्जीवन बिमा कम्पनीहरूको सेयर मूल्य बढ्दा समग्रमा बजार नै उकालो लागेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३४२ दशमलव ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले उकालो लागेको छ ।

बुधबार नेप्सेमा सूचीकृत २११ कम्पनीको सेयर खरिदबिक्री भएका छन् । दिनभर भएका ५३ हजार ३१४ कारोबारबाट एक करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ ।

होटलका लगानीकर्ताले धेरै गुमाए

परिसूचक दोहोरो अंकले वृद्धि हुँदा पनि धेरै कम्पनीका लगानीकर्ताहरुले फाइदा गुमाएका छन् । नेप्सेमा कारोबार हुने सबै इन्डेक्समध्ये सबैभन्दा धेरै होेटल समूह ओरालो लागेको छ । होटल २२ दशमलव ७७ अंकले घटेको छ भने व्यापार ८.९२ अंकले र बैंकिङ २.४३ अंकले ओरालो लागेको छ ।

उत्पादनमूलक ६२.९४ अंकले र अन्यमा रहेका कम्पनीहरूको मूल्य ११.७७ अंकले ओरालो लागेको छ । धेरै कमाउनेहरूमा भने बिमा, फाइनान्स र जलविद्युत कम्पनीहरू अगाडि देखिएका छन् ।

सबैभन्दा धेरै जीवन बिमा समूह ७२९.३७ अंकले उकालो लागेको छ । फाइनान्स कम्पनी ४५.९६ अंकले उकालो लाग्दा जलविद्युत् ५४.५९ अंकले र निर्जीवन बिमा समूह १८५.९८ अंकले बढेको छ ।

१५ कम्पनीको सेयर मूल्य अत्यधिक बढ्यो

बुधबार कारोबार भएका २११ मध्ये १५ कम्पनीको सेयर कारोबार अत्यधिक बढेको छ । यी कम्पनीहरूको सेयर मूल्य सर्किट ब्रेक नजिकसम्म पुगेका थिए । १० प्रतिशत मूल्य घटबढ भएमा सर्किट ब्रेक लागेर कारोबार बन्द हुने व्यवस्था । यी कम्पनीहरुको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा माथि पुगेर रोकिएका छन् ।

सबैभन्दा धेरै बढ्नेमा बेस्ट फाइनान्स पहिलो नम्बरमा देखिएको छ । जसको सेयर मूल्य ९.९४ प्रतिशतले उकालो लागेको छ । दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैङ्कको ९.९३ प्रतिशत र तेस्रोमा ग्रिन डेपलपमेन्ट बैङ्कको सेयर मूल्य ९.८८ अंकले उकालो लागेको छ ।

सप्तकोसी डेपलमेन्ट बैङ्कको सेयर मूल्य पनि ९.८८ प्रतिशतले नै वृद्धि भएको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ९.८७, नेपाल फाइनान्सको ९.७६, प्रभु लाइफको ९.७५, नेपाल हाइड्रोको ९.७५, कर्णाली डेभलपमेन्ट बैङ्कको ९.७४ र श्रीइन्भेस्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ ।

यी हुन धेरै गुमाउने कम्पनी

बुधबार सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ताहरु रहेका छन् । विशाल बजारको सेयर मूल्य ३.९५ प्रतिशत अर्थात् १२९ रुपैयाँले घटेर ३ हजार १३६ रुपैयाँमा झरेको छ । दोस्रोमा भने कामना सेवा विकास बैङ्कको सेयर मूल्य ३.८२ अंक अर्थात ११ रुपैयाँले घटेर २७७ रुपैयाँमा झरेको छ ।

सिभिल लघुवित्तको सेयर मूल्य ३.३८ प्रतिशत (३५ रुपैयाँ) ले घटेर १ हजार रुपैयाँमा झरेको छ भने सानिमा बैंकको डिबेञ्चर ३.३५ प्रतिशत (३६ रुपैयाँ) ले घटेर १ हजार ४० कायम भएको छ ।

यसैगरी बरुण हाइड्रोको सेयर मूल्य ३.२३ प्रतिशत, समिट लघुवित्तको २.७९, गुराँस लघुवित्तको २.५८ र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य २.४२ अंकले ओरालो लागेको छ ।

कारोबारमा नेपाल लाइफ अगाडि

धेरै सेयर कारोबार हुनेमा बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा देखिएको छ । कारोबार संख्या र कारोबार रकम दुवैका आधारमा नेपाल लाइफ पहिलो नम्बरमा देखिएको हो ।

प्रतिकित्ता २ हजार ८ सय ८५ रुपैयाँ रहेको नेपाल लाइफको सेयर ६१ करोड ४० लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा देखिएको प्रभु बैङ्कको २९ करोड ५२ रुपैयाँभन्दा धेरेको कारोबार भएको छ भने नेपाल पुनर्बिमा कम्पनीको २७ करोड ३६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

यसैगरी शिखर इन्स्यारेन्सको २५ करोड १९ लाख रुपैयाँभन्दा धेरै र एनआईसी एसिया बैंकको १८ करोड २८ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप

प्रधानन्यायाधीशको प्रश्न : बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ?

प्रधानन्यायाधीशको प्रश्न : बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ?

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध पीडीएमले व्यापक विरोध प्रदर्शन गर्ने

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध पीडीएमले व्यापक विरोध प्रदर्शन गर्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...