No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कास्की। पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनादेखी सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ ।

अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा रह्यो । यसैबीच, अन्ततः खोलाघरभित्रका अतिक्रमित संरचना आजदेखि अभियानका रूपमा हटाउन सुरु गरिने भएको छ । महानगरले लामो प्रयासपछि अन्ततः फिर्केका अतिक्रमित संरचना हटाउन डोजर चलाउन लागेको हो ।

महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको थियो । महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो ।

खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थाहरूलाई पूर्वसूचना दिई सकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए।

अतिक्रमित संरचना हटाउने कार्यको औपचारिक सुरुआत महानगर प्रमुख आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट गर्नुहुनेछ । महानगरले अतिक्रमित संरचना हटाउनका लागि सुरु गरिने अभियानको सबै तयारीका काम सकिएको जनाएको छ ।

महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिनेछ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलो मिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजरहरू चलाइने छ ।

अतिक्रमित संरचना हटाउने अभियान बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ । “फिर्के खोला लगायतका सबै स्थानका सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनाबद्ध हिसाबले काम सुरु गरेको छ । आजदेखि खाली गराउन सुरु गरिएको क्षेत्र खोलाघरभित्रको भाग हो । खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौँ,” महानगर प्रमुख आचार्यले भने।

महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाहरूले भने आफ्ना संरचना खाली गरिसकेका छन् । फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको छ । त्यसैगरी, फोटोग्राफर सङ्घलगायतले पनि भवन खाली गरेका छन् ।

महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरू निर्माण गरिएका छन् । साबिक ग्यारजातीपछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ ।

फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमास्तम्भहरू गाडिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .