No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

नाचगानसहित बिदाभए निर्वाचन प्रहरी, फेरि सेवा गर्न उत्साहित

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीहरूलाई विहीबार बिदाई गरिएको छ। प्रहरी वृत्त गौशलाको मातहतमा रहेर काम गरेका २०३ जना निर्वाचन प्रहरीलाई बत्तिसपुतलीस्थित सगुन बैंक्वेटमा आयोजित ‘बिदाई तथा फेरि भेटौँला’कार्यक्रममा बिदाई गरिएको हो।

कार्यक्रममा निर्वाचन प्रहरीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो। एक महिनासम्म निर्वाचनको सुरक्षामा खटिएका उनीहरू बिदाईका क्रममा नाचगान गर्दै खुसी साटासाट गरेका थिए।

निर्वाचनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको अनुभव सुनाउँदै धेरैले आगामी दिनमा पनि यस्तो अवसर पाए फेरि सेवा गर्ने इच्छा व्यक्त गरे।
ओखलढुङ्गाका टोपलाल दाहाल काठमाडौं क्षेत्र नम्बर ४ मा खटिएका थिए। निर्वाचनको दिन पशुपति क्याम्पस मतदान केन्द्रमा खटिएका दाहालले विदेशमा काम गरेको अनुभवका कारण यहाँ काम गर्न सहज भएको बताए।

उनले भने, ‘मलाई काम गर्न निकै सहज भयो। हामीले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्यौं। सबै साथीहरूको सहकार्यका कारण वातावरण पनि सहज भयो।’

सिन्धुली घर भएका हरि अधिकारी भद्रकाली मतदान केन्द्रमा खटिएका थिए। उनले पहिलो पटक निर्वाचन प्रहरीको रूपमा काम गर्दा रमाइलो अनुभव भएको बताए।

‘म पहिलो पटक निर्वाचन प्रहरीको रूपमा काम गरेँ। म खटिएको ठाउँमा नेपाल आर्मी पनि हुनुहुन्थ्यो। आर्मीहरु पनि मतदाताको रुपमा थिए। समानुपातिकतर्फको मात्र बुथ भएकाले काम गर्न अझ सहज भयो,’ उनले भने।

अधिकारीले सरकारले अवसर दिए आगामी दिनमा पनि देशका लागि काम गर्न आफू उत्साहित रहेको बताए। ‘आगामी दिनमा देशका लागि अझ राम्रो काम गर्न चाहन्छु। त्यसका लागि सरकारले अवसर दिनुपर्छ,’ उनले भने।

सुदूरपश्चिमको कैलालीका लक्ष्मण जैसी भने उच्च शिक्षाका लागि दक्षिण कोरिया जाने तयारीमा छन्। उनले पाँच वर्षपछि हुने चुनावमा अवसर पाए पुनः निर्वाचन प्रहरीका रूपमा काम गर्ने इच्छा व्यक्त गरे।

‘म गौशालाको विजयचोक क्षेत्रमा खटिएको थिएँ। एक महिना निर्वाचन प्रहरीको रूपमा काम गर्दा निकै रमाइलो अनुभव भयो। यस्तो अवसर फेरि पनि पाउँ भन्ने चाहना छ। अब १५ दिनपछि कोरिया जाँदैछु। पाँच वर्षपछि हुने चुनावमा अवसर पाए फेरि सहभागी हुनेछु,’ उनले भने।

कर्णाली प्रदेशको जुम्ला घर भएकी मिठु बुढा निर्वाचनको दिन सिनामंगलमा खटिएकी थिइन्। उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको थियो।

‘हाम्रो एजेन्डा शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउनु थियो। निर्वाचन राम्रो र शान्तिपूर्ण रूपमा सम्पन्न भयो। यसमा हाम्रो टोली मात्र नभई सम्पूर्ण सुरक्षा निकायहरूको उत्तिकै भूमिका छ,’ उनले भनिन्।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचनमा खटिएका प्रहरीहरूको कामको प्रशंसा गरे।
उनले भने, ‘गत माघ १८ गतेदेखि फागुन २८ गतेसम्म प्रतिनिधिसभा निर्वाचनका लागि हामीसँगै रहेर सुख–दुःख र सबै कठिनाइ सहेर उत्कृष्ट रूपमा जिम्मेवारी पूरा गर्नुहुने निर्वाचन प्रहरी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु।’

थापाले निर्वाचन प्रहरीहरूले देखाएको समर्पण स्मरणीय र प्रशंसनीय रहेको उल्लेख गरे। ‘तपाईंहरूले जसरी काम गर्नुभयो, त्यो समर्पण अत्यन्त स्मरणीय छ। त्यसका लागि म उच्च प्रशंसा र मूल्यांकन गर्न चाहन्छु,’ उनले भने।

उनले समाजको सुरक्षामा प्रहरीको भूमिका अपरिहार्य रहेको पनि बताए। ‘प्रहरी बर्दी लगाएर सडकमा उभिएका कारण हामी सुरक्षित महसुस गर्छौं। हामी आफ्नो दैनिक काम गर्न सक्छौं र राति निर्धक्क सुत्न सक्छौं। कहिलेकाहीँ प्रहरीले निषेध मात्र गर्छ भन्ने भावना आउन सक्छ, तर प्रहरीबिनाको समाज र सुरक्षा सम्भव छैन,’ उनले भने।

निर्वाचनको जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि बिदाई भएका निर्वाचन प्रहरीहरूले नाचगानसहित खुसी साट्दै आगामी दिनमा पनि देशसेवाको अवसर पाए पुनः सहभागी हुने उत्साह व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
मतदानपछि भारत फर्किन थाले मतदाता

मतदानपछि भारत फर्किन थाले मतदाता

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .