No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएको दाबी गरेसँगै इरानका विभिन्न भागमा उत्सव मनाइएको खबरहरु सार्वजनिक भएका छन् ।

यद्यपि इरानका कुनै पनि आधिकारिक निकायले अझैंसम्म खामेनीको मृत्युबारे पुष्टि वा खण्डन गरेका छैनन् । इरानी अधिकारकर्मी तथा पत्रकार माइस एलिनेजाडले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै “के म सपना देखिरहेकी छु ? नयाँ संसारलाई नमस्कार” भन्दै इरानभित्रै केही मानिसहरूले खुसीयाली मनाइरहेको दृश्य सार्वजनिक गरेकी छन् ।

अर्को स्वनिर्मित भिडियोमा उनले हरेक बिहान आफ्ना नागरिकहरू खामेनीका कारण मारिएको खबर पढ्दै उठ्ने गरेको उल्लेख गर्दै यसपटक भने “जीवनकै पहिलोपटक राम्रो खबर पाएँ” भन्दै खुसी व्यक्त गरेकी छन् । यसअघि निर्वासित इरानी युवराज रेजा पहलाभिले खामेनीको मृत्यु पछि इरानीहरूलाई एकजुट भई “स्वतन्त्र र समृद्ध भविष्यका लागि स्थिर संक्रमण” को समर्थन गर्न आह्वान गरेका थिए ।

उनले वर्तमान शासनले उत्तराधिकारी नियुक्त गर्ने कुनै पनि प्रयास सुरुदेखि नै असफल हुने दाबी गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै पहलवीले खामेनीलाई “रक्तपिपासु शासक” को संज्ञा दिँदै उनको मृत्यु सँगै इस्लामिक गणतन्त्रको अन्त्य नजिकिएको टिप्पणी गरेका छन् ।

साथै, सेना, सुरक्षा निकाय र प्रहरीलाई जनताको पक्षमा उभिन आग्रह गर्दै पतनउन्मुख शासन जोगाउने प्रयास असफल हुने चेतावनी दिएका छन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल टुथ सोसलमा पोस्ट गर्दै खामेनीको मृत्यु भएको दाबी गरेका छन् ।

उनले यसलाई “इरानका जनताका लागि मात्र नभई विश्वभर पीडित भएका मानिसहरूका लागि न्याय” भनेका छन् । ट्रम्पले इजरायलसँगको सहकार्यमा अत्याधुनिक गुप्तचर संयन्त्रमार्फत खामेनीलाई लक्षित गरिएको उल्लेख गर्दै मध्यपूर्वमा शान्ति स्थापना नभएसम्म सघन तथा सटीक बमबारी जारी रहने चेतावनी दिएका छन् ।

तर इरानका आधिकारिक स्रोतहरूले खामेनीको अवस्थाबारे कुनै स्पष्ट जानकारी नदिएका कारण स्थिति अझै अन्योलपूर्ण बनेको छ । यदि मृत्यु पुष्टि भएमा शासनले उत्तराधिकारी नियुक्त गर्ने वा नगर्ने र यस घटनाले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्यतर्फ लैजाने वा नलैजाने भन्ने प्रश्न अझै खुला नै रहेको छ । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी

मारिने इरानी उच्च अधिकारीको संख्या ४० भन्दा धेरै

इरानले छान्यो नयाँ नेतृत्व

इरानले छान्यो नयाँ नेतृत्व

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .