No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

काठमाडौँ । अध्यक्ष विनय यादवद्वारा ‘संघीय हिन्दू गणतन्त्र’ निर्माणको स्पष्ट खाका प्रस्तुत हिन्दू राष्ट्र निर्माण, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पुनर्जागरणको मूल नारासहित राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा आज काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। विनय यादवको अध्यक्षतामा गठित उक्त दलको घोषणा सभामा दलका नेता डा. श्याम नारायण लाभले दलको औपचारिक घोषणा पत्र तथा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको थियो।
घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले नेपाल केवल भौगोलिक सीमाभित्र सीमित राष्ट्र नभई हजारौँ वर्ष पुरानो सनातन हिन्दू–बौद्ध सभ्यताबाट निर्मित जीवित राष्ट्र भएको स्पष्ट पार्नुभयो।
“ऋषिमुनिहरूको तपस्या, वीर पूर्वजहरूको बलिदान र विविध संस्कृतिको जगमा उभिएको नेपाल आज सांस्कृतिक अतिक्रमण, वैचारिक भ्रम र राष्ट्रिय आत्मविश्वासको संकटबाट गुज्रिरहेको छ,” उहाँले भन्नुभयो।
अध्यक्ष यादवले राष्ट्रिय एकता दलको मूल सिद्धान्त ‘संघीय हिन्दू गणतन्त्र’ भएको घोषणा गर्दै शासन प्रणाली पूर्ण लोकतान्त्रिक, समावेशी र जनउत्तरदायी हुने तर राष्ट्रको पहिचान वैदिक सनातन धर्म सापेक्ष रहने स्पष्ट गर्नुभयो।
“हिन्दू राष्ट्र भनेको कसैलाई बहिष्कार गर्ने अवधारणा होइन, यो त सबै धर्म, जाति र समुदायलाई समेट्ने साझा सभ्यताको पहिचान हो,” उहाँले जोड दिनुभयो।
उहाँले दलको वैचारिक आधार ‘सांस्कृतिक राष्ट्रवाद’ र ‘एकात्म मानववाद’ रहेको उल्लेख गर्दै राष्ट्र, समाज, व्यक्ति र प्रकृतिलाई एउटै सूत्रमा बाँधेर विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“जरा काटिएको रुखमा जति पानी हाले पनि फल्दैन। त्यसैले हामी विकाससँगै संस्कृतिको रक्षा गर्न आएका हौँ,” अध्यक्ष यादवले भन्नुभयो।

अध्यक्षीय भाषणमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शक्तिशाली लोकपाल, ई–गभर्नेन्स, नैतिक र प्राविधिक शिक्षा, एकीकृत स्वास्थ्य प्रणाली, कृषिमा बजार ग्यारेन्टी, स्वदेशी उद्योग, जलविद्युत् विकास, रोजगारी सिर्जना र डिजिटल प्रविधिको प्रयोगमार्फत समृद्ध नेपाल निर्माण गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको थियो।
सभामा शुभकामना मन्तव्य राख्दै नेपाली संस्कृति परिषदका हर्क स्वार, मानव महाशक्तिका संरक्षक विनोद गुरुङ, विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, दलका केन्द्रीय सदस्यहरू तोयनाथ दाहाल, राकेश यादव, जितेन्द्र दास लगायतले राष्ट्रिय एकता दलको स्थापना राष्ट्रको आवश्यकता भएको बताएका थिए।
वक्ताहरूले दलले हिन्दू सभ्यता, राष्ट्रिय एकता, सामाजिक न्याय र स्वाभिमानी परराष्ट्र नीतिको पक्षमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
घोषणा सभामा देशका विभिन्न भागबाट आएका समर्थक, बुद्धिजीवी, समाजसेवी तथा हिन्दू अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
राष्ट्रिय एकता दलले “यसपटकको भोट — स्वाभिमान र समृद्धिलाई, यसपटकको छाप — तुलसीको मोठलाई” भन्ने नारासहित आगामी दिनमा संगठन विस्तार र जनआन्दोलनलाई तीव्र बनाउने जनाएको छ।
नेपाल आमाको जय! जय हिन्दू राष्ट्र!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...