No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

बाँके। नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।हडियाबाबाको पुण्यस्मृति दिवसका अवसरमा प्रत्येक वर्ष सञ्चालन हुने मेलामा नेपालको विभिन्न जिल्लाका साथै भारतबाट समेत सयाँै साधुसन्तको सहभागिता हुने गरेको छ । चिसो मौसमको बेवास्ता गर्दै साधुसन्त दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैँचामा बिताएका छन् ।

हडियाबाबाको ६०औँ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा यही कात्तिक २१ गतेदेखि सुरु भएको छदिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७०० भन्दा बढी साधु तथा सन्त उपस्थित भएका हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानाकारी दिए ।

“रातको समयमा पनि साधुसन्तहरु मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ”, अध्यक्ष वैश्यले भने, “मेलामा प्रत्येक दिन उपस्थित साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरूलाई भण्डारा खुवाउने व्यवस्था मिलाइएको छ ।”

हडियाबाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तावले मेलामा नेपालको बाँके, बर्दिया, दाङ, कैलालीलगायत छिमेकी मित्रराष्ट्र भारतबाट समेत साधुसन्त, महात्माहरू आउने गरेको जानकारी दिए । उनका अनुसार, मेलामा राति प्रवचन नाटक मञ्चनलगायत विभिन्न भक्तिका कार्यक्रमहरू आयोजना हुन्छ । मेलामा उपस्थित साधुसन्त, महात्माहरूलाई हरेक समयमा खाना नास्तालगायतको व्यवस्थापन गर्ने गरिएको छ ।

मेलाको अन्तिम दिन बुधबार मेलामा टाढाबाट आएका साधुसन्तहरुलाई बिदाइको बेला कम्मल, दक्षिणा आदिकोे व्यवस्था गरिएको अध्यक्ष वैश्यले जानकारी दिए । करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र उद्यान छ । शान्त वातावरणमा रहेको हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो ।

करिब एक सय वर्षअघि नेपालगञ्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको वस्तु बनाउन सक्ने, भक्तजनहरूको इच्छा पूर्ति गर्नसक्ने जनश्रुति तथा विश्वास रहिआएकाले बाँकेका साथै भारतका विभिन्न क्षेत्रबाट साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरू प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेका अध्यक्ष वैश्यले बताए ।

मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधुसन्त बस्न मिल्ने संरचना तथा बगिया रहेको छ । सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पुण्यतिथिमा मेला लाग्ने प्रचलन रहेकोे छ । अध्यक्ष वैश्यका अनुसार, मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।

रामलीला धार्मिक नाटकसमेत मञ्चन हुने मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको समेत ठूलो सङ्ख्यामा उपस्थिति हुने गरेको छ । मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद खान झक्तजन आउने गरेका स्थानीय अगुवा माधवराम बर्माले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .