No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

विराटनगर। अबिरल वर्षापछि मोरङका विभिन्न स्थानमा खोलाको पानी बस्तीमा पसेको छ। केसलिया, सिंघिया, बक्राहा, लोहान्द्रा र रतुवा खोलाको बहाव बढेसँगै जिल्लाभरका बस्तीहरू जोखिममा परेका छन्।

शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले बिराटनगर महानगर, उर्लाबारी, सुनबर्षी, धनपालथान र मिक्लाजुङ गाउँपालिकाका बस्तीहरूमा पानी पसेको हो। स्थानीय प्रशासनका अनुसार अहिलेसम्म कुनै जनहानी नभए पनि करिब ७५० भन्दा बढी घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

बिराटनगर-१२ केशलिया खोलाको बाँध नाघी सम्पन्न बस्तीमा पानी पसेको खबर प्राप्त भएको थियो। तत्काल प्रहरी चौकी बखरीबाट टोली खटेर स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी ३५० जना मानिसलाई बखरी आमा विद्यालय, दरैया आमा विद्यालय र नवनिर्माणाधीन फ्याक्ट्री भवनमा सुरक्षित राखिएको छ।

बिराटनगर-२ पूर्वटोलमा सिंघिया खोलाको पानी पस्दा करिब ३५ घर प्रभावित भए। प्रहरी टोलीले स्थानीयको सहयोगमा सबैलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ।

त्यस्तै, बिराटनगर-५ केशलिया ढाटस्थित शंकरबारी टोलमा पनि केशलिया खोलाको पानी पस्दा २५ घर प्रभावित भएका छन्। प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर बासस्थान सुरक्षित गरिरहेको जनाएको छ।

सुनबर्षी नगरपालिका-६ कैनीमा बक्राहा खोलाको बाँध नाघेपछि प्रहरी टोलीले माटो थपेर बाँध मजबुत बनाउने प्रयास गरिरहेको छ। सोही खोलाको पानीले सुनबर्षी-३ बाहुनटोलमा करिब ६० घरमा पानी पस्दा जनप्रतिनिधि र प्रहरी मिलेर राहत र स्थानान्तरण कार्य अघि बढाइरहेका छन्।

यसैगरी, धनपालथान गाउँपालिका-६ मा लोहान्द्रा खोलाले बाँध नाघ्दा करिब १५० घरमा पानी पसेको छ। प्रहरी चौकी कर्सियाबाट टोली खटिएर स्थानीयहरूलाई सुरक्षित स्थानमा राख्ने प्रयास भइरहेको छ।

उर्लाबारी नगरपालिका-९ बोर्डरलाइनमा रतुवा खोलाको बाँध फुट्दा करिब २० घर वरपर पानी पसेको छ। हालसम्म घरभित्र पानी प्रवेश नगरे पनि जोखिममा रहेका ५ घरका २० जना व्यक्तिलाई छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ।

यस्तै, मिक्लाजुङ गाउँपालिका-६ मलामीटहरा स्थित नुनसरी खोलाको बाँध कटान हुन थालेको छ। प्रहरी र स्थानीय निकायले संयुक्त रूपमा बाँध मर्मत र रोकथामका काम तीव्र पारिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुरक्षा निकाय, स्थानीय तह र जनप्रतिनिधिहरू पूर्ण सतर्क अवस्थामा छन् र खोलाको बहाव अझ बढेमा थप स्थानान्तरणको तयारी गरिएको छ।

बाढीग्रस्त बस्तीमा पूर्वमुख्यमन्त्री

अबिरल वर्षापछि मोरङका विभिन्न बस्तीहरूमा खोलाको पानी पसेर डुबान भइरहेका बेला कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन्।

पूर्वमुख्यमन्त्री कार्कीले बिराटनगर-१२ केशलिया खोलाको बाँध नाघी पानी पसेका बस्तीहरूमा पुगेर अवस्थाको प्रत्यक्ष अवलोकन र उद्धार कार्यको समन्वय गरेका हुन्। प्रभावित स्थानीयसँग भेटघाट गर्दै उनले तत्काल राहत र स्थायी समाधानका उपायबारे सुझाव दिएका छन्।

कार्कीले भने, ‘मैले नेतृत्व गर्दा केशलिया कोरिडोरको परिकल्पना गरेको थिएँ। यसले केवल बाढी नियन्त्रणमा मात्र होइन, नागरिकको दिगो जीवनयापनमा पनि सहयोग पुर्‍याउँछ।’

उनका अनुसार केशलिया कोरिडोर परियोजना दीर्घकालीन रूपमा लागू गर्न सके डुबान, जलनिकास र पूर्वी मोरङका आवासीय क्षेत्रको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने छ।

कार्कीले प्रदेश सरकार र स्थानीय निकायलाई तत्काल राहत र पुनःस्थापनाको कार्य प्रभावकारी बनाउन आग्रह गर्दै प्रभावित नागरिकलाई नआत्तिन र सतर्क रहन अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल

सुधन गुरुङ : न रोक्न सजिलो, न बोक्न हलुंगो

सुधन गुरुङ : न रोक्न सजिलो, न बोक्न हलुंगो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...