No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन


बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

धरान (सुनसरी) । पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो। बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो। तर अहिले त्यो दृश्य फेरिएको छ। बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ।

बिहानै उठेर गोठ जानुअघि यहाँका किसानहरुलाई बारीको तरकारी स्याहार्ने बानी परिसकेको छ। उत्पादन यति बढेको छ कि अब गाउँलेको तरकारी शहरका हाटबजार पुग्न थालेको छ। आत्मनिर्भरतातिरको यो यात्रा बीउको माटोसँगै सुरु भयो, जसले अहिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ, अनि गाउँको जीवनमै मिठास छरिँदैछ। बिहान घाम नउदाउँदै बराहक्षेत्र नगरपालिकाका अधिकांश किसानहरू डोको, हँसिया र बोरा बोकेर बारीतिर लागिसकेका हुन्छन्। यी क्षेत्रका प्रत्येक बारीमा हेर्दा कोही काँक्रो टिप्दै, कोही गोलभेँडा टिप्दै त कोही बोडी, कोपी टिप्दै भने कोही बोराभरि तरकारी बोकेर बजार जाने चटारोको दृश्य भने छुट्टै देखिन्छ।

हिजोआज त गाउँमा बिहानै पनि बजार जस्तै चहलपहल बढेको छ। त्यहीँ देखिन्छन् ४८ वर्षीया रीता राजवंशी। उनले नौ वर्षदेखि तरकारीखेती गर्दै आएको छ। विगतका दिन सम्झँदै उनी भन्छन्, ‘१३ वर्षपहिले श्रीमान् विदेशमै हुनुहुन्थ्यो। विदेशमा कमाएर महिनामा २०–३० हजार पैसा घरमा पठाउँदा घर खर्च चलाउन हम्मेहम्मे हुन्थ्यो तर अहिले त हामी गाउँमै बसेर तरकारीखेती गरिरहेका छौँ, श्रीमान् पनि घर फर्केर तरकारीखेतीमै लाग्नुभएको छ। तरकारी बेचेको पैसाले घर खर्च सहजै पुग्ने मात्र होइन, मासिक रु ८० हजारभन्दा बढी बचत गर्न सकेका छौँ।’

राजवंशी दम्पतीले अहिले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गरिरहेका छन्, पहिले बारी बाँझो थियो। घरमा काम गर्ने मान्छे पनि हुँदैनथ्यो, थोरै ठाउँमा मकै र कोदो लगाइन्थ्यो खानका लागि त पुग्थ्यो तर नगद पैसा भने हातै पर्दैनथ्यो। ‘अहिले भने तरकारीले चालचलन नै बदल्यो। दिनहुँ तरकारी बेच्न सकिन्छ थोरै धेरै हातमा पैसा आई नै रहन्छ’, उनी भन्छन्।

उनको तरकारीबारीमा काँक्रो, बोडी, घिरौँला, कोपी, गोलभेँडालगायत मौसमअनुसारको तरकारी लगाइन्छ। मौसमले साथ दिँदा उत्पादन मनग्ये हुन्छ रीता भन्छन्, ‘सिँचाइ र मलपानी बेलैमा मिलायो भने गत वर्ष झैँ आठ/नौ लाख रुपैयाँको तरकारी सजिलै बेचिन्छ नि।’

उनका अनुहारमा आत्मविश्वास र खुसीको झल्को भने देखिएको थियो। उनले मुस्कुराउँदै भने, ‘पहिला लाग्थ्यो पैसा त विदेशमै छजस्तो तर अब त लाग्न थाल्यो पैसा त यही आफ्नै देशकै माटोमै रहेछ, अल्छी चाहिँ गर्नुभएन, खट्नसके पैसा जति पनि कमाइन्छ।’

राजवंशी परिवार जस्तै बराह क्षेत्रका अधिकांश स्थानीय घरपरिवारका किसानहरू अहिले तरकारीखेतीमै रमाइरहेका छन्। तरकारीखेतीले गाउँमा रोजगारीसँगै आत्मनिर्भरताको बाटो खोलिदिएको छ। एकातिर किसानको पसिना, अनि अर्कोतिर बारीको हरियालीले बराह क्षेत्रमा परिवर्तन मात्र देखिएको छैन, बारीबाट बजारसम्मको यात्रा अनि आत्मनिर्भरतातर्फको यात्रा पनि सुरु भएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिकालगायत विभिन्न ग्रामीण क्षेत्रहरूमा तरकारीखेती प्रवद्र्धन गर्न कृषि ज्ञान केन्द्र सुनसरीले विविध कार्यक्रममार्फत सहयोग गर्दै आएको सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बताए। उनका अनुसार केन्द्रले प्रत्येक वर्ष स्थानीय तरकारी कृषकहरूलाई अनुदानस्वरूप नगद, उन्नत बीउ, सिँचाइ उपकरण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिम र खेतको माटो परीक्षणलगायतका प्राविधिक सहयोगहरु प्रदान गर्दै आएको छ।

साथै, कृषक समूह तथा सहकारीहरूसँगको सहकार्यमा नियमित रूपमा तालिम, कार्यशाला र प्राविधिक अवलोकन कार्यक्रमहरूले किसानहरूमा आधुनिक कृषि प्रविधिप्रति चासो बढाएको छ र आत्मविश्वास पनि थपिएको छ।

श्रेष्ठका अनुसार आधुनिक तरकारीखेतीले बराह क्षेत्रका धेरै किसानहरूलाई आत्मनिर्भर बनाएको छ। दैनिक उपभोगका लागि मात्र होइन, बजारमा बिक्री गरी आम्दानी बढाउने प्रवृत्ति पनि विस्तार हुँदै गएको छ। तरकारी भण्डारण, बजार पहुँच, कीट प्रकोप र मौसमजन्य समस्याहरू समाधान गर्न केन्द्रले छिटो प्रतिक्रिया दिने र निरन्तर परामर्श सेवा उपलब्ध गराइरहेको छ।

उनले भने, ‘यस्ता कार्यक्रमहरूको प्रतिफलस्वरूप कृषकहरूको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ जुन समग्र गाउँको आर्थिक रूपान्तरणतर्फको सकारात्मक सङ्केत पनि हो।’

पहिले बाँझो देखिने सुनसरीको बराह क्षेत्रका धेरै बारीहरू अहिले हरियालीले ढाकिएको छ। अहिले त दिनहुँजसो गाउँका किसानहरू आफ्नै बारीमा फलाएको तरकारी बोकेर हाटबजार पुग्ने गरेका छन्। माटो, पसिना र मेहनतको फलस्वरूप गाउँले जीवनमा आत्मनिर्भरताको स्वरुप परिवर्तन भएको छ। केही वर्षअघि यस क्षेत्रको दृश्य बेग्लै थियो।

अधिकांश युवा ऋणको भारी बोकेर खाडी मुलुकतिर लाग्थे, गाउँ सुनसान जस्तै हुन्थ्यो, खेतबारी बाँझै तर अहिले वैदेशिक रोजगारी छाडेर थुप्रै युवा गाउँमै फर्किएका छन्। विदेशको तातो घाम छाडेका युवाहरू अहिले आफ्नै खेतबारीको हरियालीमा रमाइरहेका छन्।

वैदेशिक रोजगारीबाट फर्किएर बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक रूपमा ‘सुन्दर कृषि फार्म’ सञ्चालन गर्दै आइरहेका छन्। अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले विदेशको अनुभवलाई गाउँमै प्रयोग गरेर उनीहरुले व्यावसायिक तरकारीखेती सुरु गरेका छन्। अमिर र रघुवीर, दक्षिण कोरियामा पाँच वर्ष काम गरेर स्वदेश फर्किए भने छविलाल अफगानिस्तानबाट। उनीहरू तीनैजना स्वदेश फर्किएर २०७४ सालमा फार्म दर्ता गरी डेढ बिघा जमिनबाट रु छ लाखको लगानीमा तरकारीखेती सुरु गरेका थिए। अहिले उनीहरूको तरकारीखेती २० बिघा क्षेत्रमा फैलिएको छ।

उनीहरुले चार बिघामा काँक्रा, तीन बिघामा टमाटर, एक बिघामा क्याप्सिकम र बाँकी १२ बिघामा बोडी, करेला, लौका, कोभीलगायतका मौसमी अनुसारको तरकारी लगाएका छन्। अमिर भन्छन्, “विदेशको पैसा यतै लगानी गर्दा आम्दानी राम्रो छ गाउँमै रोजगारी पनि दिन सकिएको छ आम्दानी पनि अनि सन्तुष्टि पनि मिलेको छ।” अर्का सञ्चालक रघुवीरका अनुसार फार्मबाट वार्षिक रुपमा एक करोडको तरकारी बिक्री हुन्छ। मल, तलबलगायत वार्षिक खर्च रु ६० लाख जति हुने गरेको छ। फार्ममा २० जना स्थानीयले रोजगारी पनि पाएका छन्।

अहिले उत्पादन भएको तरकारी धेरै जसो दमक बिक्रीका लागि व्यापारीले लैजाने गरेको सञ्चालक छविलालले बताए। बाँकी तरकारी भने धरानको कृषि उपज, इटहरी, इनरुवा र बराह क्षेत्रलगायतका स्थानीय बजारमा बिक्रीका हुने गरेको छ। उनीहरुलाई बिक्रीका लागि बजारको समस्या भने छैन, तरकारी खरिदका लागि व्यापारीहरू आफैँ फार्ममा पुग्ने गरेका छन्। सरकारी अनुदान र विभिन्न सङ्घसंस्थाहरुबाट प्राप्त भएको सहयोगका साथै डिजिटल मार्केटिङका कारण पनि कृषिखेती गर्न निकै सहज भएको उनी बताउँछन्।

स्वदेश फर्किएका यिनै युवाहरूले गाउँमा तरकारीबाट हरियाली मात्र होइन, आत्मनिर्भरताको नयाँ बाटो पनि बनाइरहेका छन्। स्वदेशमै सम्भावना देख्ने सोच पलाएपछि बराह क्षेत्रका बाँझो खेतले नयाँ रूप पाएको छ अनि युवाहरूले आफ्नै गाउँमै रोजगारी। बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशी तरकारीखेतीमा रमाइरहेका छन्। अहिले उनको चार बिघाको बारीमा सागसब्जी, आलु, कोपी, बोडी र गोलभेँडासहित मौसमअनुसारका तरकारी उत्पादन भइरहेको छ। अर्जुन अब एक्लो हुनुहुन्न। उनका चार छोराले पनि यही लयमा उनलाई साथ दिइरहेका छन्।

अर्जुन चन्द्रवंशीको मुख्य आम्दानीको स्रोत गोलभेँडा खेती हो। उनका छोरा श्रीरामका अनुसार गोलभेँडाबाट मात्रै वार्षिक करिब ३० लाख आम्दानी हुने गरेको छ। उनी भन्छन्, ‘सुरुमा साग, आलु र कोपी खेती गथ्र्यौं तर पछिल्लो समय गोलभेँडाबाट राम्रो आम्दानी हुन थालेपछि यसतर्फ नै ध्यान दिएका छौँ। मौसमले साथ दिए उत्पादन राम्रै हुन्छ। कहिले टिप्न र बेच्न भ्याइनभ्याइ हुन्छ।’

गोलभेँडाको माग बजारमा उच्च रहेकाले बजारीकरणको समस्या हुँदैन। धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराजलगायतका ठाउँबाट व्यापारीहरू नियमित रूपमा गोलभेँडालगायत उत्पादन भएको तरकारी किन्न बारीमै आउने गरेका छन्। अर्जुनको परिवारका चार दाजुभाइ मात्र होइन, थप २० जनाले पनि फार्ममा रोजगारी पाएका छन्।

गाउँमा किसान आत्मनिर्भर बन्न तरकारीखेतीले महत्वपूर्ण भूमिका खेलेको बराहक्षेत्र नगरपालिका कृषि शाखाका प्रमुख तुलसा लिम्बूले बताए। उनका अनुसार अहिले बराह क्षेत्र नगरपालिका क्षेत्रका अधिकांश किसानहरू आफ्नै बारीमा हरियाली तरकारी उत्पादन गर्दै, स्थानीय हाटबजारमै बिक्री गरी राम्रो आम्दानी गरिरहेका छन्।

‘तरकारी उत्पादनले खाद्य सुरक्षा मात्रै होइन, गाउँको आर्थिक संरचना परिवर्तनमा समेत ठूलो योगदान पुर्‍याएको छ’, लिम्बूले भने। नगरपालिकाले किसानलाई प्राविधिक तालिम, उन्नत बीउबिजन, मल, सिँचाइ सुविधा, प्लास्टिक टनेल निर्माणका लागि अनुदान र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको छ। उनी भन्छन्छन्, ‘हामीले किसान र कृषक समूहहरूसँग समन्वय गरेर उत्पादनदेखि बजारीकरणसम्मको प्रक्रियालाई व्यवस्थित बनाउन प्रयासरत छौँ।’

अहिले गाउँमै रोजगारी सिर्जना हुने क्रम बढिरहेको छ। वैदेशिक रोजगारीमा गएका युवाहरू पनि कृषि पेसामै फर्कन थालेका छन्। स्वदेशमै बसेर आफ्नै माटोमै पसिना बगाएर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना अहिले गाउँगाउँमा फैलिएको छ। यद्यपि, जलवायु परिवर्तनका असरले कृषकहरूलाई केही चुनौती पनि थपिएको उनको भनाइ छ।

अनियमित वर्षा, अत्यधिक गर्मी, असिना वर्षालगायतका कारणले बाली नष्ट हुने, रोग कीरा बढ्ने र समग्र उत्पादन घट्ने जस्ता समस्याका कारण किसानको उत्पादन लागत बढ्न गई प्रतिफल अपेक्षाअनुसार नआउँदा कहिलेकाहीँ निराशा आउने गरेको पनि देखिन गरेको लिम्बूले बताए। मौसमअनुकूल बालीको छनोट, प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणाली, जैविक कीट नियन्त्रणलगायत प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

प्रधानन्यायाधीश चयनले बालेन सरकारको परीक्षा लिने

प्रधानन्यायाधीश चयनले बालेन सरकारको परीक्षा लिने

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

Next Post
समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .