No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहाको मिर्चेयामा १४ निजी अस्पतालको अनुगमन गर्दा १३ बन्द गराइयो

सिरहाको मिर्चेयामा १४ निजी अस्पतालको अनुगमन गर्दा १३ बन्द गराइयो

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सिरहाको मिर्चेयामा शनिबार १४ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । अनुगमनपछि सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिक बन्द गराइएको छ ।

मुख्यमन्त्री सिँह नेतृत्वको टोली मिर्चेया बजार प्रवेश गरेको जानकारी पाएलगत्तै अनुमति बिना सञ्चालनमा रहेका आठ स्वास्थ्य संस्थाका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन भएका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार अनाधिकृत रूपमा सञ्चालन भइरहेका ती संस्थाका कर्मचारीहरू कारबाहीको डरले फरार भएका हुन्।

बन्द गराइएका अस्पतालहरूमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर (पोलिक्लिनिक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक समावेश छन्।

यस्तै, १५ शय्याको अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालले मापदण्ड पुरा नगरी २५ शय्याभन्दा बढीको सेवा सञ्चालन गरिरहेको भेटिएकाले १५ दिनभित्र मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ। प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव एवं जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार सो अस्पतालले एनेस्थेसियाका चिकित्सक बिना नै मेजर शल्यक्रिया गरिरहेको थियो भने भेन्टिलेटरसमेत उपलब्ध थिएन।

अनुगमनका क्रममा सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र उनीहरूका कुरुवालाई अस्पतालभित्र छाडेर बाहिरबाट सटर बन्द गरी फरार भएका थिए। घटनास्थलमा भेटिएका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जनस्वास्थ्य अधिकृत ठाकुरले निर्देशनअनुसार अस्पताल बन्द गरिएकाले नियन्त्रणमा लिइएका दुईजनालाई शनिबार नै रिहा गरिएको बताए।

मुख्यमन्त्री सिँहले हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिसकेका छन्। तीमध्ये १७ अस्पताल मात्र मापदण्डअनुसार सञ्चालन भइरहेको पाइयो भने १०८ अस्पताल बन्द गराइएको छ। नवीकरण नगराएका २५ अस्पताललाई प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। यसमध्ये पाँच अस्पताल मापदण्ड पूरा गरेपछि पुनः सञ्चालनको अनुमति पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
भुटानले अमेरिकालाई झुक्यायो, डिपोर्ट गरेर भुटान पठाइएका व्यक्ति नेपालबाट पक्राउ

भुटानले अमेरिकालाई झुक्यायो, डिपोर्ट गरेर भुटान पठाइएका व्यक्ति नेपालबाट पक्राउ

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

एकतावद्ध भएर संघर्षमा जानुको विकल्प रहेन : उपेन्द्र यादव

लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै हो: अध्यक्ष यादव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .