No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आप्रावासीप्रति कठोर ट्रम्पका हजुरबुवा जर्मनी

आप्रावासीप्रति कठोर ट्रम्पका हजुरबुवा जर्मनी

काठमाडौं। अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन्। उनी खासमा प्रवासी तथा आप्रावासीको बिषयमा अनुदार देखिएका छन्।

उनले राष्ट्रपतिमा निर्वाचित भएपछि साेमबार पद तथा गोपनियताको सपथपछि गरिएको घोषणा मेक्सिकोसँग जोडिएको दक्षिणी सिमामा संकटकाल घोषणा गरेका छन् र अबैध आप्रावासीलाई देश निकाला गर्नेसमेत जनाइसकेका छन्।

सपथ पछि दिएको ३० मिनेट लामो भाषणमा उनले झन्डै चार दर्जन घोषणा गरेका थिए। जसमा अबैध आप्रवासीलाई देश निकाला, मेक्सिको बोर्डरमा संकटकाल, पनामा नहरमा स्वामित्व ग्रहण गर्ने, देशमा तेल र ग्याँस उत्पादन बढाउनेलगायतका धेरै नयाँ कुरा घोषणा गरेका हुन्।

ट्रम्पका हजुरबुवा फ्रेडरिक जर्मनीका बासिन्दा थिए। फ्रेडरिक ८ वर्षको हुँदा उनको बुबाको मृत्यु भयो। उनी बाल्यकालदेखि नै कमजोर थिए, जसका कारण खेतीपाती गर्न सकेनन्। जसका कारण उनकी आमाले उनलाई नाई बन्ने तालिम दिलाइन्।

लेखक ग्वेन्डा ब्लेयरले आफ्नो पुस्तक ‘द ट्रम्प्सः थ्री जेनेरेसन्स द बिल्ट एन एम्पायर’ मा लेखेकी छिन्-फ्रेडरिक धेरै मेहनती थिए र हप्ताको सात दिन काम गर्थे। तर, १६ वर्षको उमेरमा ट्रम्पका हजुरबुवा फ्रेडरिक जर्मनीवाट भागेर अमेरिका गए।

वास्तवमा त्यतिबेला जर्मनीमा हरेक व्यक्तिले कम्तीमा ३ वर्ष सेनामा भर्ती हुनुपर्ने कानुन थियो। यसबाट डराएर फ्रेडरिकले देश छोडेका थिए। उनीहरु १० दिनको यात्रा गरेर अक्टोबरमा न्यूयोर्क पुगेका थिए।’

अमेरिका आएपछि फ्रेडरिकले नाईको काम गर्न थाले। केही पैसा जम्मा गरेपछि उनले अलास्कामा खानी व्यवसायमा हात हाले। उनको यो ब्यापार सुरु भयो। तिनीहरूको खानीबाट धेरै सुन निस्कियो।

फ्रेडरिक केही वर्षमै धेरै धनी भए। केही वर्षपछि फ्रेडरिक फेरि जर्मनी फर्किए र सन् १९०२ मा एलिजाबेथ क्राइस्ट नामकी केटीसँग विवाह गरे। बिबाह पछि दुवैजना अमेरिका फर्किए। तर एलिजाबेथलाई अमेरिकाको जाडो मन परेन। उनी बिरामी पर्न थालिन्। आफ्नी पत्नीको अवस्था देखेर फ्रेडरिक फेरि १९०४ मा जर्मनी नै फर्किए।

तर, उनको आगमन जर्मन सेनाका अधिकारीहरूलाई मन परेन। फ्रेडरिकलाई देश छोड्न आदेश दिइएको थियो। फ्रेडरिकले जर्मनीमा टिकट सम्बन्धी केही घोटाला गरेको पनि केही रिपोर्टहरूमा दावी गरिएको छ। यसबाट रिसाएर बाभेरियाका राजाले उनलाई देश छोड्न आदेश दिए।

फ्रेडरिकले आफ्नी गर्भवती पत्नी र जवान छोरीलाई न्यूयोर्कमा ल्याए। केही महिनापछि एलिजाबेथले पनि अमेरिका पुगेपछि डोनाल्ड ट्रम्पका बुबा फ्रेड ट्रम्पलाई जन्म दिइन्।

डोनाल्ड ट्रम्पका बुबा फ्रेड ट्रम्प फ्रेडरिकका तीन सन्तानको बीचमा थिए। उनको जन्म ११ अक्टोबर १९०५ मा न्यूयोर्कमा भएको थियो। उनका बुबा जर्मनीबाट भए पनि फ्रेड भने पूर्णतया अमेरिकी थिए र जर्मन भाषासमेत जान्दैनथे।

उनले अमेरिकामा ट्रम्प परिवारको प्रतिष्ठा निर्माण गर्न निकै मेहनत गरेका थिए। फ्रेड भने बाल्यकालदेखि नै कडा परिश्रम गर्ने रुचि थियो। स्कुलपछि राति निर्माणसँग सम्बन्धित प्लम्बिङ, सिकर्मी र बिजुलीको तार लगाउने कामसमेत गरेका थिए।

१९१८ मा जब उनी भर्खर १५ वर्षको थिए। बुबा फ्रेडरिकको मृत्यु भयो, र परिवारको सबै जिम्मेवारी उनी माथमाथि आयो। सन् १९२७ मा फ्रेडले आफ्नी आमाको नाममा ‘एलिजाबेथ ट्रम्प एन्ड सन’ नामक घर जग्गा कम्पनी खोले। खासमा, फ्रेड ट्रम्प ठूलो मात्रामा घर निर्माणमा संलग्न थिए र छोटो समयमा उनी न्यूयोर्कका सबैभन्दा सफल युवा व्यापारीहरूमध्ये एक हुन पुगे।

विशेष गरी उनले दोस्रो विश्वयुद्धको समयमा सरकारी योजनाहरूको फाइदा उठाउँदै धेरै घरहरू बनाएका थिए। उनले ब्रुकलिन र क्वीन्सजस्ता क्षेत्रमा सस्तो घरहरू बनाएर मानिसहरूलाई त्यहाँ भाडामा बस्न दिने गर्थे। उनका परियोजनाहरू ठूला थिए, जसले उनलाई राम्रो नाफा दिएको थियो। यो सन १९३० को दशक थियो, जब फ्रेड ट्रम्प एक पार्टीमा गए, जहाँ उनले मेरी एनी म्याकलोड नामक स्कटिश महिलालाई भेटे। माइकल क्रानिश र मार्क फिशरले जीवनी ‘ट्रम्प रिभल्ड’ मा उल्लेख गरेका छन्।

त्यही रात, जब फ्रेड घर फर्के, उनले विवाह गर्ने महिला फेला पारेका थिए र त्यसपछि १९३६ मा मेरी एनी म्याकलोडसँग विवाह गरेर घरजम बसाए। फ्रेडको व्यापार निरन्तर बढ्दै गयो। तर, उनीसँग जोडिएका केही विवाद पनि थिए। खासमा १९७० मा उनीमाथि अश्वेतहरूलाई घर भाडामा नदिएको आरोप लगाइएको थियो। यसका लागि उनीविरुद्ध मुद्दा परेको थियो, जुन पछि टुंगिएको थियो।

डोनाल्ड ट्रम्पको जन्म १४ जुन १९४६ मा अमेरिकाको न्यूयोर्कमा भएको थियो। धनी परिवारमा जन्मेका कारण डोनाल्ड ट्रम्पको बारेमा के भनिन्छ भने ‘चाँदीको चम्चा लिएर जन्मेका’ हुन्। डोनाल्ड ट्रम्प फ्रेडका पाँच सन्तानमध्ये चौथो हुन्।

ट्रम्प आफ्ना भाइ फ्रेड जुनियर र दुई बहिनीहरूभन्दा जेठा थिए। यसबाहेक एक भाइ रोबर्ट ट्रम्प उनीभन्दा कान्छो थिए। फ्रेड कडा र अनुशासनात्मक बुबा थिए। उनी आफ्ना छोराछोरीहरू मेहनती र ठूलो सपना देख्न चाहन्थे। उनको छोरा डोनाल्डलाई पनि विशेष स्नेह थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
गाउँलेको आग्रह अस्वीकार, साहुको दबाबले उठिबास हुन पुगिन् खातुन

गाउँलेको आग्रह अस्वीकार, साहुको दबाबले उठिबास हुन पुगिन् खातुन

वर्तमान  गठबन्धन सरकार परिवर्तन हुँदैनः कांग्रेस नेता कोइराला

वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैनः कांग्रेस नेता कोइराला

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .