No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संकटमा सीमावर्ती बजार, अवैध कारोबार रोक्न काँडेतार लगाउन माँग

संकटमा सीमावर्ती बजार, अवैध कारोबार रोक्न काँडेतार लगाउन माँग

धनुषा : नेपालभारतको खुल्ला सीमा नाकाका कारण अवैध चोरी पैठारीले जनकपुरधाम लगायतका सीमावर्ती बजार धारासायी बन्दै गएका छन् ।

खुल्ला नाकाको ग्रामीण क्षेत्रको चोरबाटो हुँदै दैनिक रुपमा अवैध चोरी–पैठारी र उपभोक्ताहरुले सीमापारी गएर सामान खरिद–बिक्री गर्ने गरेको कारण हिन्दूहरुको महापर्व विजयादशमीमा समेत जनकपुरधाम बजार सुनसान देखिएको छ ।

इकाजगमा प्रकाशित आलेख अनुसार खाद्य र लत्ता कपडालगायतका सामाग्रीको सीमापारीबाट हुने गरेको अवैध चोरी पैठारीले गर्दा सीमापारीका स(साना बजारमा दैनिक करोडैं रुपैयाँ कारोबार हुने गरेको छ भने यहाँका उद्योगी व्यवसायी बसेरै नै दिन बिताउनु परिरहेको छ ।

अवैध खरिद बिक्रीबाट यहाँ हुने व्यवसायिक क्षति रोक्न जनकपुरस्थित उद्योगी व्यवसायी र व्यवसायी अगुवा नेताहरुले त्यस रोक्न सीमानाकामा काँडेतार लगाउन मांग गर्न थालेका छन् । उनीहरुका अनुसार अवैध व्यापार नियन्त्रण भएमा यहाँका व्यवसाय फस्टाउनुका साथै राज्यको करमा समेत वृद्धि हुनेछ ।

अवैध चोरी–पैठारीले जनकपुरधाम मात्रै होइन प्रदेश २ का सम्पूर्ण सीमावर्ती बजारको व्यापार धारासायी हुँदै गएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिराले बताए । ‘यसलाई रोक्न हामीले पटक–पटक आवाज उठाउँदै आए पनि राज्यले कुनै चासो लिएको छैन,’ हिराले आइतबार इकागजसँग भने ।

उनको भनाइमा स–साना व्यवसायी भन्दा पनि उपभोक्ताहरुले निजी उपयोगका लागि भनेर सीमापारीबाट सामान खरिद बिक्री गर्ने गरेको कारण बढी प्रभाव पारेको छ ।

दुबै देशको सहमति अनुसार आम उपभोक्ताले बढीमा एक सय रुपैयाँको मात्र खाद्यय वा अन्य उपयोगका लागि सामाग्री ल्याउने पाउँछन् । तर, सीमा नाकामा खटिएका प्रहरी प्रशासनलाई सय–दुई सय रुपैयाँ घुस दिएर हजारौ रुपैयाँ बराबरको महिनाभरिको आवश्वयक सबै सामाग्री उपभोक्ताहरु किनेर ल्याउने गरेको आरोप स्थानीय व्यापारीहरुको छ ।

अध्यक्ष हिराले भने,‘नेपाल र भारतबीच पौराणिक तथा बेटीरोटीको सम्बन्धमा कुनै असर नपर्ने गरी अवैध व्यापार रोक्न दुवै देश सहमतिमा काँडेतार लगाउन जरुरी छ । काँडेतार लगाइएको खण्डमा देशको भूमि अतिक्रमणबाट जोगिनुका साथै राज्यलाई करमा वृद्धि र यहाँको व्यापार पनि फस्टाउनेछ ।’

त्यस्तै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले पनि खुल्ला सीमानाकाका कारण यहाँका व्यापार दिनदिनै चौपट हुँदै गएको बताए ।
उनले भने कुनै समयमा भरीभराउ रहेका जनकपुरधामका पसलहरुमा खुल्ला सीमानाकाबाट हुने गरेको अवैद्य व्यापार र पैठारीले गर्दा अहिले दशैमा पनि ग्राहक अभावमा सुनसान देखिनु निकै दुःखद कुरा हो ।

‘पहिला ग्रामीण क्षेत्रमा सडक नभएकाले कमै मात्रा अवैध व्यापार हुन्थ्यो,’ साहले भने,‘तर अब सबै ठाउँमा सडक र यातायातहको सहज पहुँच हुन गएकाले खाद्य सामाग्रीदेखि लता कपडासम्म साइकल मोटरसाइकल उपभोत्ताहरु पारीबाटै खरीद गर्ने गरेको छ ।’

उपभोक्ताकै आडमा स–साना व्यवसायी र तस्करहरु समेत प्रहरीलाई घुस दिई दैनिक करोडौं रुपैयाँ बराबरको माल सामान ढुवानी गर्ने गरेको अध्यक्ष साहको आरोप छ ।

जनकपुरधामस्थित फैमिली सपिङ मलका संचालक राकेश साहले भने, ‘हामी यहाँ दुई करोडभन्दा बढीको पूँजी लगाएर महिनाको हजारौं रुपैया पसल भाडा तिरेर दिनको १० हजारसम्मको पनि व्यापार गर्न सकिरहेको छैन । तर, यहीँका उपभोक्ताबाट पारीका व्यापारीहरु दैनिक करोडौँ रुपैयाँको माल सामान बेचिरहेका छन् ।’

त्यस्तै अर्का व्यवसायी मेला स्टोरका संचालक विनोद साहले यो समस्या वर्षौँदेखि रहेको बताए । प्रदेश सरकारसहित पछिल्लो समयमा जनकपुर आउने सबै मन्त्रीलाई व्यापारीहरुको तर्फबाट खुल्ला सीमा नाकाबाट हुने गरेको अवैध व्यापार रोक्न लिखित र मौखिक माग गर्दै आएपनि कुनै चासो नलिएको उनले दुखेसो पोखे ।

अवैध चोरी पैठारीले गर्दा व्यसायीलाई मात्र होइन सरकारलाई करोडौँ रुपैयाँ घाटा भइरहेको कुरा भन्सार कार्यालय जनकपुरधाम प्रमुख रामेश्वर कुमार मिश्रको भनाई छ ।

अवैध पैठारी हुनुमा राज्य पनि दोषी रहेको आरोप लगाउँदै प्रमुख मिश्रले सीमा सुरक्षामा खटिएका प्रहरी प्रशासनकै मिलोमतो अवैध चोरी पैठारी भइरहेको बताए ।
उनका अनुसार पछिल्लो आर्थिक वर्ष २०७५र०७६ मा ४ करोड भन्दा बढीको राजश्व संकलन भएको थियो । तर, पछिल्लो आर्थिक वर्षमा मात्र २ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको छ । जबकि कोरोना महामारी कालमा बढनुपर्ने थियो, तर त्यसो भएको छैन ।

‘हामी तस्करलाई समात्छौं तर प्रहरीले छाडदिने गरेको छ,’ पछिल्लो घटनालाई उल्लेख गर्दै प्रमुख मिश्रले भने,‘हामीले दुई जनालाई तस्कारलाई सामान र मोटरसाइकल सहित समातेका थियौं, अनुसन्धानका लागि ती तस्करलाई प्रहरीलाई बुझायौं, पछि जानकारी लिन खोज्दा प्रहरीले भने तस्कार आफ्नो नियन्त्रणबाट फरार भएको छ ।’

उनले पनि तस्कार मात्र होइन उपभोक्ताको कारण पनि जनकपुरधाम सहितका सीमावर्ती बजार धारासायी हुँदै गएको दाबी गरे । मिश्रका अनुसार उपभोक्ताले दैनिक उपभोगका लागि भन्सार कार्यालयको समन्वयमा एक सय रुपैयाका सामान किनेर ल्याउने सक्ने कानून छ । तर, सीमा सुरक्षामा खटिएका प्रहरीलाई घुस दिई हजारौं रुपैया बराबरको मालसमान खुल्ला रुपमै किनेर ल्याउने गरेको छ ।

खुल्ला सीमा क्षेत्रमा काँडेतार लगाएर घेरबार गर्ने कुरा कयौं वर्षदेखि उठिरहेको छ । तर, दुवै देशको समन्वय आभावको कारण सम्भव भइरहेको छैन । खुल्ला सीमानाका कारण नेपाली भूमि मिचिने लगायतका समस्या विद्यमान नै छ । समयमै सरकारले चासो नलिए यहाँका सीमावर्ती बजार अझ दुरावास्थामा पुग्न सक्ने उद्योगी व्यवासयीलाई चिन्ता सताउँदै गएको छ ।

प्रहरीको मिलोमतोमै खुल्ला सीमानाकामा हुने गरेको अवैध पैठारीबारे सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक नरेन्द्र सेनले प्रहरीमाथि लगाइएको आरोप गलत र निराधर रहेको दाबी गरे ।

‘भन्सार राजश्व कम संकलन हुनुको कुरा हो, त्यो कोरोना महामारीको त्रास र लकडाउनले गर्दा भएको हो, यसमा प्रहरी दोषी छैन,’ उनले भने ।lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
बडा दशैंको तेस्रो दिन सोमबार चन्द्रघण्टा भगवतीको पूजा

बडा दशैंको तेस्रो दिन सोमबार चन्द्रघण्टा भगवतीको पूजा

अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी

अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी

लोकसेवा आयोगले लिने तयारी गरेका सबै परीक्षा स्थगित

लोकसेवा आयोगले लिने तयारी गरेका सबै परीक्षा स्थगित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .