No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

किरतपुर बासीलाई जहिल्यै कमला नदी बाढीको चिन्ता


किरतपुर बासीलाई जहिल्यै कमला नदी बाढीको चिन्ता

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, असोज १६ गते ।

कमला नदीको बाढीले धनुषाको सबैला नगरपालिका १३ किरतपुरका लालबाबु यादवलाई तर्साइरन्छ । जसको कारण हो नदीसँगै टाँसिएर रहेको घरपरिवारको जोहो हुने चारविघा उर्बर जग्गा । एकदशक अघि उनको त्यहाँ ६ विघा जग्गा थियो । कमलाको भीषण बाढीले दुई विघा नदीमा परिणत भयो । बाँकी जमिन पनि त्यसै गरी लाने हो की भन्ने चिन्ताले वर्षा बाढीको बेला लबाबुको परिवारलाई बेचैन बनाउँछ ।

‘त्यस बेला सबै खेतमा धान रोपिसकेका थियौं । २ विघा खेत नदीले लग्यो । दुईविघामा बालुवा पुरेर बगर बनायो । भीषण बाढीले गाउँघर डुबानमा पर्यो । घर जलमग्न भयो’ लालबाबु ती विगत सम्झन्छन् । बगर बनेको खेत उब्जिन छोड्यो । आम्दानीको श्रोत नै नरहेपछि घरपरिवार समस्यामा परेको थियो । लालबाबुको परिवार दुई लाख रुपैयाँ ऋण काढेर जेसिबी प्रयोग गरी बालुवा पन्छायो । अनि बल्ल उब्जिन थालेको लालबाबु बताउँछन् । ‘बालुवा पन्छाएर फेरि जग्गा उब्जाउ बनायौं । अब चारविघा मात्र बाँकी छ । यसैबाट हाम्रो परिवार चल्छ । यो खेत पनि लगिदियो भने के खाने ?’

तीनवर्ष अघि मात्र उनको खेतको छेउमै सयमिटर जति बाँध कमलाको बाढीले कटान गरेर उब्जाउ जमिनमा पस्ने अन्तिम स्थितिमा थियो । पहिलो साता साउन २०७८ मा थोरै मात्र बाँध कटान गर्न बाँकी रहेको थाहा पाएपछि लालबाबुको परिवारको होस् उड्यो । ‘ठूलो बाढीले बाँध नै कटान गरिसकेको थियो । थोरै मात्र बाँकी हुँदा हामीले थाहा पायौं । खेतगाउँघर बाढीले लग्ने डरले गाउँले त्रसित भयो । सुरक्षाकर्मी गुहारेर हामी गाउँले धेरै रुख, बाँस, झारपात काटेर रोक्ने प्रयास गर्यौं । बोरामा बालुवा हालेर जसोतसो रोक्न सफल भयौं’ लालबाबु भन्छन् ‘नत्र खेतबारीसहित गाउँ नै बगाउने खतरा थियो । धन्न संकट टर्यो’

पछि सम्बन्धित पक्षबाट मर्मत सम्भार गरी बाँध बनाउने काम भयो । तर ठूलो बाढी आउँदा बाँकी जमिन पनि कटान गरी परिवारको गाँस खोस्ने हो की डर उनको मनमस्तिष्कबाट हट्न सकेको छैन ।
‘बाढी आउँदा अहिले पनि मन छोटो हुन्छ । कुन बेला नदीले कटान गरेर लाने हो चिन्ताले सताउँछ’ लालबाबु भन्छन् ‘हाम्रो परिवारको जिवन जिउने एक मात्र आधार कमला छेउको यो खेत नै हो’

बिगतमा बाँध कटान गरेको सय मिटर दक्षिण फेरि कमला नदीले बाँध कटान गरिरहेको भन्दै किरथपुरका स्थानीय ज्ञानकुमार महतो चिन्तित छन् । एक÷दुई पटक ठूलो बाढी आयो भने बाँध काटेर गाउँवस्तीलाई क्षति पुर्याउने सम्भावना रहेको उनको भनाइ छ । तर, जनप्रतिनिधि र सम्बन्धित निकायलाई भन्दा बेवास्ता गरिरहेको उनको गुनासो छ ।
‘१–२ पटक ठूलो बाढी आयो भने तटबन्ध भत्काएर बाढी फेरि गाउँ पस्छ । अहिले जनप्रतिनिधि र सम्बन्धित निकायमा गुनसो गर्दा आउँछन्, हेरेर फर्कन्छन् । कटान गर्दैन भन्छन्’ ज्ञानकुमार दुखेसो गर्छन् ‘बिगतमा पनि यस्तै बेवास्ताले बाँध भत्काएर नदी गाउँ पसेको थियो । फेरि पनि उस्तै नियति भोग्नु पर्ने हो की जस्तो लाग्छ’

बाँध कटान भइरहँदा ज्ञानकुमारकै जस्तो चिन्ता गाउँमा किराना पसल गरिरहेका रामअशषि मुखियाको छ । बिगतको घटनाले उनलाई पिरोलिरहन्छ । फेरि पनि बाढी गाउँ पस्ने र क्षति पुर्याउने हो कि भन्ने बेचैनी बढ्छ उनको ।
‘वर्षा भएको रात त मलाई पनि निन्द्रा नै आउँदैन । फेरि तल बाँध कटान गर्न थालेको छ । सम्बन्धित निकायले बेवास्ता गर्छन् । हामीलाई बाढीको भयत्रास बढ्दे छ’ मुखिया दुखेसो पोख्छन् ।

लालबाबु यादव, ज्ञानकुमार महतो र रामअशिष मुखिया जस्तै किरतपुर टोलका सबैलाई कमला नदी बाँध तोडेर गाउँ डुबाएको घट्नाले झस्काइरहन्छ । फेरि पनि त्यस्तै बिगत भोग्नु पर्ने हो कि भनेर गाउँलेहरु चिन्तित छन् ।
धनुषामा सबैला नगरपालिकाको वडा नं. १३ किरतपुर कमला नदीको बाढीको उच्च जोखिममा रहेको गाउँ मध्येको एक हो । किरथपुरमा तीनसय घर छ । वरपर रहेका पाँचसय घर परिवार कमला नदीको बाढीको जोखिममा रहेको स्थानीय गंगाराम यादव बताउँछन् ।

‘तीन सय घरपरिवार किरतपुरमै छन् । बाढी पस्यो भने वरिपरिका करिब पाँच सय परिवारलाई नै क्षति पुर्याउँछ’ उनी भन्छन् ।
स्थानीय ७० वर्षीय पुलकित यादव दशक अघि आएको बाढी गाउँ पस्दा स्थानीयले भोगेको दुःख सम्झन्छन् । ‘कमला नदी गाउँ छिर्दा तीनदिनसम्म अढाई फीटसम्म बाढी चलेको थियो । कतिको फुसको घर खस्यो । चौरभरि खेतीयोग्य जग्गा बालुवा परियो । जग्गा पर्तिपरात बन्यो ’पुलकित सम्झन्छन् ‘उब्जाउ जग्गा नै रहेन । गाउँलेहरुले बिचार गरे गाउँको पश्चिम रहेको पर्साही स्कुल नजिक घडेरी किन्ने । कतिले किने पनि । कतिपय किसानले बालुवा पुरको जग्गालाई पुनः उब्जाउ योग्य बनाउन तिर लागे । खेतबारीबाट बालुवा हटाएर उब्जाउ बनाउन धेरै खर्च बेहोर्नु पर्यो ।’

पुलकितको भनाइमा त्यस बेला गाउँलेले पहल गरेर कमला नदीको पश्चिमतिर बाँध बाँध्ने काम भयो । त्यसपछि वस्ती र जग्गा अलि सुरक्षित भयो । तर परार साल फेरि नदीले बाँध कटान गरेपछि गाउँलेको होस् उडेको थियो । ‘बाँध भत्कायो की वस्ती लग्छ । अहिले पनि वस्ती सुरक्षित छैन । हामीलाई जहिल्यै पनि कमला नदीको बाढीको चिन्तले सताउँछ’ पुलकित सुनाउँछन् ।

बाढीबाट गाउँलाई थायी रुपमा सुरक्षित बनाउन बाँध बलियो बनाउनु पर्ने गाउँलेको माग छ । अनियन्त्रित रुपमा हुने नदीजन्य पदार्थ उत्खननमा रोक्नु पर्ने पनि गाउँलेको मत छ ।
‘गाउँलाई बाढीबाट सुरक्षित बनाउन सबभन्दा पहिले बाँध मजबुत बनाउनु पर्छ । पाँचफिट तलबाट छड, बालुवा सिमेन्ट हालेर जग उठाउँदै माथिसम्म तारजालीले तटबन्ध गर्नु पर्छ । त्यसले जोखिम घट्छ । अनि बल्ल हाम्रो भयत्रास कम हुन्छ’ स्थानीय भन्छन् ।

नदीमा बाँधको छेउबाट गिट्टी बालुवा उत्खननले पनि जोखिम बढबाइरहेको तर्क उनीहरुको छ । ‘बीचबाट खन्नु पर्ने गिट्टी बालुवा बाँधको छेउमै आएर खन्न थाल्छन् । यसको कारण बाँध कमजोर हुन्छ । जतिबेला पनि कमजोर बाँध भत्काएर गाउँमा बाढी पस्ने जोखिम हुन्छ । त्यस कारण अनियन्त्रित ढंगबाट हुने गिट्टी बालुवा उत्खनन रोक्नु पर्छ’ ज्ञानकुमारको सुझाव छ ।

सबैलाका मेयर कारीराम यादव बिचबिचमा पुगेर बाँधको वस्तुस्थिति आफूसहित सम्बन्धित पक्षले निरीक्षण गरेको बताउँछन् । बाँध अहिले मजबुत अवस्थामै रहेको उनको तर्क छ । ‘परारसाल नै त्यहाँ कटान गरेको थियो । पछि बाँध मर्मत सम्भार भयो । बिचबिचमा गएर हामीले निरीक्षण गरेका छौं । कतै कटान भएको छैन । बाँध अहिले मजबुत अवस्थामै छ’ उनले भने ‘बाढी त अहिले बिचबाट नै चलिरहेको छ । त्यसैले अतालिनु हुँदैन । कसैलाई जोखिम लागेको छ भने हामीलाई जानकारी गराउँदा हुन्छ’

उनले पहिले अनियन्त्रित नदी उत्खनन भएपनि आफ्नो पालामा त्यो बन्द भएको दावी गरे । ‘पहिले त जथाभावी उत्खनन हुन्थ्यो । तर मेरो पालोमा त्यो स्थिति छैन । यदि कसैले त्यसरी उत्खनन गरेको छ भने मलाई जानकारी गराउनुस् । कारबाही हुन्छ’ मेयर यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न: न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न: न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

चीनको सांघाईमा अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु १५ जना घाइते

चीनको सांघाईमा अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु १५ जना घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...