No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हिज्बुल्लाहका नेता हसन नस्रल्लाह इजरेली आक्रमणमा मारिएको पुष्टि

हिज्बुल्लाहका नेता हसन नस्रल्लाह इजरेली आक्रमणमा मारिएको पुष्टि

हिज्बुल्लाहका नेता हसन नस्रल्लाह आफ्नो सैन्य कारबाहीमा मारिएको इजरेली सेनाले जनाएको छ। हिज्बुल्लाहले पनि आफ्ना नेता मारिएको पुष्टि गर्दै त्यसको “बदला लिने” चेतावनी दिएको छ।

इजरेल डिफेन्स फोर्सले नस्रल्लाहसहित इरान समर्थित लडाकु समूहका अरू वरिष्ठ नेताहरू मारिएको जनाएको हो।

मारिनेमा हिज्बुल्लाहको दक्षिणी मोर्चाका कमान्डर पनि रहेको इजरेली सेनाको एउटा विज्ञप्तिमा जनाइएको छ।

आफ्नो लडाकु विमानले लेबननको “बेइरुत स्थित दहियाको एक आवासीय भवनमुनि भूमिगत” स्थानमा रहेको हिज्बुल्लाहको मध्य मुख्यालयमा गरेको “प्रहार”मा उनी मारिएको इजरेली सेनाको दाबी छ।

उक्त सशस्त्र समूहको पकड क्षेत्र मानिने दक्षिणी बेइरुतको दहियाबाट हिज्बुल्लाहका उच्च नेतृत्वले सङ्गठन चलाइरहेको इजरेली दाबी रहँदै आएको थियो।

बेइरुतको दक्षिणी क्षेत्रस्थित भवनहरूमा आक्रमण भएपछि आकाशमा देखिएको मुस्लो

यसअघि बेइरुतमा पछिल्लो इजरेली आक्रमणको निसानामा नस्रल्लाह रहेको अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएका थिए।

इजरेलको सेनाले हिजबुल्लाह मुख्यालयमा “निकै सटिक” आक्रमण गरेको यसअघि बताएको थियो तर उसले नस्रल्लाहलाई लक्षित गरिएको थियो कि थिएन भन्ने जनाएको थिएन।

दक्षिण बेइरुतमा नयाँ आक्रमणहरू पनि भइरहेका छन्।

बीबीसीका एकजना संवाददाताले कम्तीमा सातवटा विस्फोटनको चर्को आवाज सुनेको र आकाशमा धुवाँको मुस्लो गएको देखेको जनाएकी छन्।

बेइरुतमा भएको आक्रमणपछि देखिएका केही दृष्य

तस्बिर स्रोत,Reuters

अरु दुई कमान्डर पनि मारिए

इजरेली रक्षा फौज आईडीएफले शनिवार सबेरै लेबननबाट प्रहार गरिएका १० वटा रकेट देखेको बताएको छ। इजरेलको माथिल्लो गलिली क्षेत्रमा बिहानै साइरनहरू बजेका थिए।

केही रकेटहरू निष्क्रिय पारिएको विज्ञप्तिमा उल्लेख छ तर कुनै क्षति पुगेको वा घाइते भएको भन्ने उल्लेख गरिएको छैन।

विज्ञप्तिमा भनिएको छ: “आईडीएफले लेबननस्थित हिज्बुल्लाहको सैन्य क्षमता र संरचनामा निरन्तर प्रहार गरेको र संरचनाहरूमा क्षति पुर्‍याएको छ।” .

लेबननका अधिकारीहरूले यसअघिको हवाई कारबाहीमा परेर छ जना मारिएको र ९१ जना घाइते भएको बताएका छन्।

स्थानीय अधिकारीहरूले लेबननमा सोमवारयता भएको आक्रमणमा करिब ८०० जनाको ज्यान गएको बताएका छन्।

इजरेली सेनाको हवाई आक्रमणमा दक्षिण लेबननमा रहेका हिज्बुल्लाहका कमान्डरहरू मोहम्मद अलि इस्मेल र उनका सहयोगी हुसेन अहमन इसमेल मारिएको बताइएको छ।

इजरेलमाथि भएका “अनेकौँ” आक्रमणमा अलि इसमेल जिम्मेवार रहेको भन्दै इजरेलले, “इजरेली भूभागतर्फ रकेट प्रहार गर्नेदेखि बुधवार जमिनबाट भएको क्षेप्यास्त्र आक्रमण”मा पनि उनी जिम्मेवार रहेको बताएको छ।

बेइरुतमा आक्रमणपछिको एक दृष्य

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,बेइरुतमा आक्रमणपछि सहरमाथि धुवाँ देखिएको थियो

बीबीसी न्यूजका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बावेनको विश्लेषण छ:

मध्यपूर्वमा गम्भीर लडाइको खतरा रहेको भन्न छोड्नुपर्ने बेला भएको छ। बेइरुतस्थित हिज्बुल्लाहको मुख्यालयमाथि भएको विनाशकारी इजरेली हमलापछि उनीहरू लडखडाइरहेको जस्तो देखिन्छ।

बेइरुतमा रहेका मानिसहरूका अनुसार त्यहाँ विस्फोटनको एक शृङ्खला सुनिएको थियो। त्यहाँका एक व्यक्तिले बताए अनुसार लेबननमा कुनै पनि युद्धमा सुनिएकोमा सबभन्दा शक्तिशाली विस्फोट थियो।

आक्रमणको केही घण्टापछि इजरेली सञ्चार माध्यमले आक्रमणको निसानामा हिज्बुल्लाह नेता हसन नस्रल्लाह रहेको लेखेका थिए।

सोसल मिडिया च्यानलहरू र टीभी स्टेशनहरूमा आक्रमणका समयमा नस्रल्लाह त्यो भवनमा थिए कि थिएनन् र उनी बाँचेका होलान् कि नहोलान् भन्ने अडकलबाजी गरिएको थियो।

उद्धारकर्ताहरूले भग्नावशेषहरूमा जीवित मानिसको खोजी गरेका थिए। त्यसबारे हिज्बुल्लाहले केही नबोल्दा अडकलबाजी झन् तीव्र बनेको थियो। त्यसको केही समयपछि मात्रै इजरेलले नस्रल्लाह मारिएको दाबी गरेको थियो।

इजरेलले हिज्बुल्लाहका हतियार भण्डारण गरिएका भवनहरू रहेको दाबी गर्दै त्यस “लक्षित आक्रमण” गरिरहेको जारी रहेको बताएको छ।

त्यस अघि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्यायूले २१ दिने युद्धविराम प्रस्तावमाथि छलफल गर्न तयार रहेको बताएका थिए। त्यो युद्धविरामको प्रस्ताव अमेरिका र फ्रान्सबाट आएको थियो र त्यो प्रस्तावलाई इजरेलका सबभन्दा महत्त्वपूर्ण सहयोगी राष्ट्रको समर्थन प्राप्त थियो।

तर सँधै जस्तै यस पटक पनि न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा नेतन्याहूले आक्रामक भाषण दिए र उनले कुटनीतिबारे कुरै गरेनन्।

उनले भने, उनीसँग उनीहरूलाई नष्ट गर्न चाहने उनका क्रूर दुश्मनसँग लड्नुबाहेक अरू विकल्प नै थिएन। हिजबुल्लाहलाई हार्नेछ र गाजामा हमासमाथप पूरा जित हुनेछ जसबाट इजरेली बन्धकहरू फिर्ता ल्याउने कुरा निश्चित हुनेछ।

इजरेलका कट्टर समर्थक सहयोगी सहित पश्चिमा कुटनीतिज्ञहरूले मामिला शान्त होला भन्ने आशा गरिरहेका थिए र इजरेललाई कुटनीतिक समाधान स्वीकार गर्न आग्रह गरिरहेका थिए। उनीहरू विकसित घटनाक्रममलाई निराशा र शक्तिहिनतासाथ अवलोकन गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

विपद्को सामना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीलाई मधेशका मुख्यमन्त्रीको निर्देशन

विपद्को सामना गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीलाई मधेशका मुख्यमन्त्रीको निर्देशन

भोलीको रुटिन रहेको Bachelor को आंशिक परीक्षा स्थगित

भोलीको रुटिन रहेको Bachelor को आंशिक परीक्षा स्थगित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .