No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानमा स्कारपियो ट्रकसँग ठोक्कियो: २० जना घाइते

लहानमा स्कारपियो ट्रकसँग ठोक्कियो: २० जना घाइते

मिथिलेश यादव

लहान  । पूर्वपश्चिम राजमार्गको लहान नगरपालिका-१२ मा स्कारपियो र ट्रक एक आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।

शनिबार बिहान धनगढीबाट लहान तर्फ आई रहेको प्रदेश २–०३–००१ ख ४०५७ नं.को ट्रक र विपरीत दिशाबाट गई रहेको बागमती प्रदेश ०३–००१ च २८७५ न.को स्कारपियो एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख डम्बर पुरीले जानकारी दिए।

दुर्घटनामा घाइते स्कारपियोमा सवार चिनियाँ नागरिक ३० वर्षीय साओछ्याको उपचार विराटनगरमा भइरहेको छ। उनको टाउकोमा गम्भीर चोट देखिएकोले प्राथमिक उपचार पछि थप उपचारका लागि विराटनगर पठाइएको सप्तऋसि अस्पतालले जनाएको छ। बाँकी घाइतेको उपचार लहान स्थित सप्तऋसि अस्पताल र कामना अस्पताल लहानमा भइरहेको प्रहरीले जनाएको छ।

ट्रक चालक उदयपुर चौदण्डि नगरपालिका ५ बस्न ३९ वर्षीय रामचन्द्र चौधरीलाई नियन्त्रणमा राखि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

स्कारपियोमा सवार घाइतेहरू लहान नगरपालिका २२ जहदीका २६ वर्षीय मुकेश कुमार सिंहको बायाँ खुट्टा र दुवै हातमा चोट छ। सोही ठाउँका ५२ वर्षीय हरि कामैतको टाउको र दुवै खुट्टामा चोट छ। लहान नगरपालिका १७ का १७ वर्षीय मोहम्मद उसमान मियाँको टाउको र बायाँ खुटामा चोट छ। सोही ठाउँका ५० वर्षीय अब्दुल कुरुस मियाँको टाउकोमा चोट छ।

लहान –२३ करैयाका ४० वर्षीय सुरेन्द्र चौधरीको बायाँ हातमा चोट छ। सोही ठाउँका ४५ वर्षीय बिरेन्द्र चौधरीको भित्री चोट छ। सोही ठाउँका ४० वर्षीय घुरन मोचिको बायाँ हातमा चोट छ।

लहान नगरपालिका १७ का २३ वर्षीय मोहम्मद सज्जाद मियाँको दाहिने खुट्टामा चोट छ। सोही ठाउँका २२ वर्षीय मोहम्मद नईमको दाहिने खुट्टामा चोट छ। सोही नगरपालिका २१ का ३५ वर्षीय नन्द बहादुर माझीको टाउकोमा चोट छ।

मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका ११ बस्ने दशरथ साहको छोरा वर्ष २५ को अभिशेख साहको टाउको र अनुहारमा चोट छ। उनीहरूको उपचार सप्तऋसि अस्पताल लहानमा भइरहेको प्रहरीले जनाएको छ।

लहान नगरपालिका २३ करैयाका ३५ वर्षीय दिपेन्द्र चौधरीको छातीमा चोट छ । वडा नम्बर १२ जटियाहीका २४ वर्षीय रामपुकार रामको दाहिने हात,दाहिने खुट्टा र टाउकोमा चोट छ । सोही ठाउँका २१ वर्षीय जीवन कुमार रामको छाती र दाहिने खुट्टामा चोट छ । वडा नम्बर १४ बस्तिपुरका २८ वर्षीय अरुण पासमानको अनुहार र छातीमा चोट छ ।

वडा नम्बर २४ का २२ वर्षीय राजलाल पासमानको दुवै खुट्टा र दाहिने हातमा चोट छ । सोही ठाउँका २५ वर्षीय गणेश बिकको बायाँ हात र मुखमा चोट छ । सोही ठाउँका २२ वर्षीय राम नारायण पासमानको दाहिने हातमा चोट छ । वडा नम्बर १२ का २५ वर्षीय अरुण कुमार साहको दाहिने हात र दाहिने खुट्टामा चोट छ । उनीहरूको कामना अस्पताल लहानमा उपचार भइरहेको छ ।

स्कारपियो पिकअप जिपमा २० जना सवार थिए । यस गाडिमा चार जना मात्र सवार हुने पाउने उल्लेख छ । पूर्वपश्चि राजमार्गको कमला कञ्चनपुर खण्ड कालोपत्रे गर्ने ठेक्का पाएका चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ्ग ग्रुपले नियम कानुनको धज्जी उठाउँदै क्षमता भन्दा अधिक मानिस कोचेर तिब्र गतिमा सवारी हुइँक्याउँदा ट्रकसँग ठोक्किन पुगेको प्रत्यक्षदर्शीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ – प्रधानमन्त्री ओली

म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ – प्रधानमन्त्री ओली

बंगलादेशका प्रधानन्यायाधीशद्वारा राजीनामा

बंगलादेशका प्रधानन्यायाधीशद्वारा राजीनामा

माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न

माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .