No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आफ्नो श्रीमतीको नाममा कामै नगरी ४९ लाख भुक्तानी लिएपछि

आफ्नो श्रीमतीको नाममा कामै नगरी ४९ लाख भुक्तानी लिएपछि

रामशंकर भण्डारी
बलान विहुल । सप्तरीको बलान विहुल गाउँपालिका वडा नम्बर-२ स्थित रहेका बलान खाेलामा बान्धनै नबनाई  रू. ४९ लाख ४९ हजार ९ सय ९९ रूपैयाँ भुक्तानी दिएको छ ।

वडा नम्बर- २ स्थित दिघिया दक्षिणबारी टाेलमा रहेकाे बलान नदिमा बाँध निर्माण र स्पर कार्य गरेकाे लागि मधेश प्रदेश सरकारको सशर्त योजना अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा रू. ५० लाख विनियोजन गरेको थियो ।
बलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राईनको मिलोमतोमा गाउँपालिकामा कार्यरत लेखापाल कमलेश कुमार साहले आफ्नो श्रीमती पुनिता कुमारी साहको नाममा रहेका (ओइसी) निर्माण कम्पनीका नाममा भुक्तानी लिएको छ ।

साे रकमबाट ठेक्का प्रकियामा वडा नं- २ स्थित दिघिया दक्षिणबारी टाेलमा रहेकाे बलान नदिमा बाँध निर्माण र स्पर कार्य गरेकाे देखाईए तापनि कामै नगरी भुक्तानी दिएको स्थानीयहरूको दाबी रहेको छ ।

बलान बिहुल वडा नम्बर – २ का वडा अध्यक्ष ईन्द्रदेव यादवले भने २०७९/२/३० गतेमा भएको रू. ५० लाख भुक्तानी प्रकरणमा म आफ्नो वडा कार्यालयबाट कुनै सिफारिस दिएको छैन , अरु यस बिषयमा सम्पूर्ण जानकारी गाउँपालिकालाई नै थाहा हाेला उनले बताए ।
।
बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले यस बिषयमा आफुलाई केहि थाहा नभएको बताए । उनले यो बिषयमा अनुगमन समितिलाई थाहा होला भनेर पन्छिए ।
अनुगमन समितिका सदस्य सन्तोष साहले आफुहरु भर्खर निर्वाचित भएको बेला प्राबिधिकले पुरानो भुक्तानीको लागि दिएको फाइल स्वीकृत गरेको स्वीकारे ।

बलान बिहुल गाउँपालिका लेखापाल कमलेश कुमार साहले मेरो श्रीमतीको नाममा फर्म दर्ता रहेको र ठेक्का प्रक्रियाबाट भुक्तानी भएको स्वीकारे ।

नेपाली कांग्रेस ४(ख) का क्षेत्रीय सभापति जितेन्द्र यादवकाले अरूले गरेको कार्य देखाई भुक्तानी लिने दिने दुबैलाई माथि छानबिन हुनुपर्ने बताए ।

तत्कालीन गाउँपालिका अध्यक्ष दयानन्द गोईतले स्थानीय स्तरमा रु.५० लाखको प्रकरणको व्यापक चर्चा रहेको छ । यदि नियतसव कामै नगरी भुक्तानी दिएको छ , भने सम्बन्धित निकायले छानबिन गरि दोषी माथी कार्वाही हुनुपर्ने उनले बताए ।

गाैश्वरा भाैचर नम्बर ११ / २०७९/२/३० गते बलान खोला बान्ध निर्माण गर्न कार्यको ठेक्का फाइल पेस नभएको सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४५ मा बोलपत्र सम्बन्धि कागजातहरू समावेश गरि फाईल तैयार गर्नु पर्ने व्यवस्था छ । साथै ऐनको दफा २३ मा समेत बाेलपत्र सम्बन्धि कागजातमा समाबेश हुनुपर्ने बिबरण उल्लेख छ । पालिकाले बलान खाेला बाँध निर्माण कार्यकाे भुक्तानीमा साेकाे प्रमाण पेश नगरेकोले प्रमाण पेश हुनुपर्ने महालेखा प्रतिवेदन २०७९ मा उल्लेख छ ।

गाउँपालिका श्रोतका अनुसार मिति २०८०/९/ २ गतेमा अख्तियार दुरुपयोग आयोग इटहरीका टोली स्थलगत अनुगमनमा आउदाँ अख्तियार टोलीलाई पनि झुक्याएर सोही ठाउँमा अर्को योजनाबाट भएको कार्य देखाई झुक्याउन सफल छ ।

आ.व.०७७-०७८ र ०७८-०७९ गरि दुई आर्थिक वर्षमा बलान बिहुल -२ स्थित दिघीयामा ३ करोड ७७ लाख १८ हजार खर्चिएकाे देखिएका छन् ।

बलान बिहुल गाउँपालिका वडा नम्बर – २ स्थित आर्थिक वर्ष ०७७-०७८ मा रू. ६५ लाख र २० लाख गरि जम्मा ८५ लाख भुक्तानी भएको छ । भने बलान नदीमा बान्ध निर्माण भनी आर्थिक वर्ष ०७८-०७९ पुरानाे भुक्तानी रकम मा १ करोड ९० लाख र ३१ लाख थप गरि जम्मा रकम रू. २ करोड २१ लाख भुक्तानी गरेको छ । भने आर्थिक वर्ष ०७८ -०७९ मा जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सप्तरीबाट ललित नारायण यादव उपभोक्ता समिति अध्यक्षको नाममा २० लाख १८ भुक्तानी भएको छ । यी कामहरू देखाई मधेश प्रदेश सरकारको शर्शत अनुदान अन्तर्गत आएको रू. ५० लाख रकमबाट कामै नगरी गाउँपालिकाले मिति २०७९ / २/ ३० गते भुक्तानी भएको छ ।

बलानको बान्ध विषयमा अख्तियारले छानबिन गर्न थालेपछि अर्को निर्माण कम्पनीले गरेको काम देखाए स्थलगत अनुगमन प्रतिवेदन उठाएको गाउँपालिका एक प्राविधिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

सिरहाबाट लागूऔषध कारोबारी बुबा र दुई छोरा पक्राउ

सिरहाबाट लागूऔषध कारोबारी बुबा र दुई छोरा पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .