No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हलिउड हड्तालको असर रिलिजमा, टम क्रुजको ‘मिसन इम्पोसिबल ८’ अब सन् २०२५ मा

हलिउड हड्तालको असर रिलिजमा, टम क्रुजको ‘मिसन इम्पोसिबल ८’ अब सन् २०२५ मा

Tom Cruise and Vanessa Kirby in Mission: Impossible Dead Reckoning - Part One from Paramount Pictures and Skydance.

काठमाडौँ । टम क्रुज र ‘मिसन इम्पोसिबल’ फ्रेन्चाइजीका फ्यानका लागि स्तब्ध तुल्याउने खबर छ । गत जुनमा रिलिज भएको ‘मिसन इम्पोसिबल–डेड रेकनिङ, पार्ट–१’ ले यसको दोस्रो श्रृंखलालाई लिएर उत्साह बढाएको छ भने अब पार्ट-२ रिलिजको लागि लामो समय कुर्नुपर्नेछ ।

फिल्मको दोस्रो भाग यसअघि जुन २८, २०२४ मा प्रदर्शनका लागि पूर्वनिर्धारित थियो । नयाँ खबरअनुसार प्यारामाउन्ट पिक्चर्सले अब यसको प्रिमियर एक बर्ष स्थगित गर्ने निर्णय गरेको छ । अब यो फिल्म मे २३, २०२५ मा रिलिज हुँदैछ ।

क्रिस्टोफर म्याक्वेरी निर्देशित ’मिशनः इम्पोसिबल – डेड रेकनिङ, पार्ट १’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको थियो । सन् २०२३ मा यो धेरै कमाउने फिल्ममध्ये एक हो । नयाँ विवरण अनुसार, यसको दोस्रो भागको रिलिज रोकिनुमा मुख्य कारण हलिउडमा चलिरहेको हड्ताल प्रमुख हो ।

हलिउडमा पछिल्लो सय दिनदेखि कलाकारको हडताल चलिरहेको छ । जसले गर्दा फिल्म निर्माणमा ठूलो नोक्सान पुगेको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार गत जुलाईदेखि नै स्थगित छ । टम क्रूज र क्रिस्टोफर म्याक्वेरी यो फिल्मका लागि उत्कृष्ट दृश्य अनुभव दिन चाहन्छन् । जसको लागि ‘एमआई ८’लाई आइम्याक्समा छायांकन गरिने भएको छ । आइम्याक्स खिचिएका ‘मिसनः इम्पोसिबल ७’ र ‘ओपेनहाइमर’ लाई प्राप्त सकारात्मक प्रतिक्रियापछि यो निर्णय गरिएको हो ।

टम क्रुज फेरि एकपटक ‘डेड रेकनिङ, पार्ट २’ मा आईएमएफ एजेन्ट एथन हन्टको भूमिकामा देखिनेछन् । उनी बाहेक हेली एटवेल, साइमन पेग, भिङ र्हेम्स र भेनेसा किर्बी लगायतका ठूला कलाकार पनि फिल्ममा पुनः संलग्न हुनेछन् ।

हडताललाई ध्यानमा राख्दै प्यारामाउन्ट पिक्चर्सले आफ्ना धेरै फिल्मको रिलिजको समय तालिका सारेको बताइएको छ । रायन रेनोल्ड्स र जोन क्रासिन्स्की स्टारर फिल्म, जुन मे २४, २०२४ मा रिलिज हुने तय भएको थियो, अब मे १७, २०२५ मा रिलिज हुनेछ । यस बाहेक, स्पन्जबब स्क्वायरप्यान्टको अनटाइटल फिल्म २३ मे, २०२५ मा रिलिज हुने जनाइएको थियो । अब भने यो फिल्म १९ डिसेम्बर, २०२५ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
मुम्बई उच्च अदालतको फैसला : पाकिस्तानी कलाकारले भारतमा पुनः काम गर्न सक्ने

मुम्बई उच्च अदालतको फैसला : पाकिस्तानी कलाकारले भारतमा पुनः काम गर्न सक्ने

वक्तृत्वकला र नृत्य प्रतियाेगितामा प्रथम पुरुस्कार सेहरा माध्यमिक बिधालय हाथ पार्न सफल

वक्तृत्वकला र नृत्य प्रतियाेगितामा प्रथम पुरुस्कार सेहरा माध्यमिक बिधालय हाथ पार्न सफल

प्रधानसेनापति प्रभुराम शर्मा चीन प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा चीन प्रस्थान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .