No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

किन पाइन् जेलमा रहेकी मोहम्मदीले नोबेल शान्ति पुरस्कार ?

किन पाइन् जेलमा रहेकी मोहम्मदीले नोबेल शान्ति पुरस्कार ?

बीबीसी स् यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी छिन्। महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको संघर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
मोहम्मदी अहिले तेहरानस्थित एउटा जेलमा छिन्। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिनेछ। नोबेल समितिले शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई तिनको देशको नागरिक समाजको प्रतिनिधि मान्छ।

मोहम्मदी इरानको कुख्यात मानिने इभिन जेलमा छिन्। इभिन जेल सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो। यो जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानवाधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन्। सन् २०२१ मा ह्याकरहरूबाट बाहिरिएको एउटा भिडियोमा सुरक्षाकर्मीबाट बन्दीहरूलाई कुटपिट गरिएको देखिएको थियो। इरानको सत्ताले उनलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ। उनी पाँच पटकसम्म दोषी ठहर भएकी छन्। मोहम्मदीलाई सरकारविरुद्ध प्रोपागाण्डा फैलाएको लगायतका आरोप लगाइएको रोएटर्सले जनाएको छ। उनलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १ सय ५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ।

अहिलेसम्म नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र साहित्यतर्फका विजेताको नाम घोषणा गरिसकेको छ। गत वर्ष अर्थात् २०२२ मा बेलारुसी मानव अधिकारकर्मी एलियास बिलियाट्स्की र रुसी मानव अधिकार संगठन मेमोरियल तथा युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टिजले शान्ति पुरस्कार पाएका थिए।

अमेरिकाका तात्कालिक राष्ट्रपति बाराक ओबामाले पनि सन् २००९ मा नोबल शान्ति पुरस्कार पाएका थिए। अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले उनलाई नोबेल पुरस्कार दिइएको थियो। तर, उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो। किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनु केही दिनअघि मात्र ओबामा अमेरिकाका राष्ट्रपति बनेका थिए। अन्य विजेताहरूमध्येमा जिमी कार्टर ९सन् २००२०, युरोपेली संघ ९सन् २०१२०, संयुक्त राष्ट्रसंघ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान ९सन् २००१ मा संयुक्त रूपमा० र कोलकाताकी मदर टेरेसा ९सन् १९७९० छन्। युसुफ्जाई अहिलेसम्म नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी व्यक्ति हुन्। विभिन्न विधाका पुरस्कारका लागि शोध संस्थानका सदस्य, विश्वविद्यालयका प्राध्यापक, वैज्ञानिक, पूर्वविजेता र अन्यले मनोनयन गर्छन्। नोबेल फाउन्डेसनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैंलाई मनोनयन गर्न पाउँदैन। एउटा पुरस्कार बढीमा तीन जनाले पाउन सक्छन्।

नोबेल फाउन्डेसनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने पुरस्कार घोषणा हुँदैन र पुरस्कारको रकम अर्को वर्षका लागि राखिन्छ। भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्विडेनमा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कार विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ । प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्विडिस क्रोना ९९,९०,००० अमेरिकी डलर० पाउँछन्। अन्नपूर्णपोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post
टिकटकको कारण सुरक्षा चिन्ता खडा गरेको छ—अमेरिकी एफबिआई निर्देशक

टिकटकले गैरकानुनी रूपमा ईयूबाट चीनमा डेटा पठाएको भन्दै जरिवाना

कोशी प्रदेशमा बनेन एमाले सरकार , मुख्यमन्त्रीको आयो राजीनामा

कोशी प्रदेशमा बनेन एमाले सरकार , मुख्यमन्त्रीको आयो राजीनामा

एसियाली खेलकुदको करातेमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक

एसियाली खेलकुदको करातेमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .