No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सम्झनामा सुवास नेम्वाङ : जनजाति भएकै कारण रास्ट्रपति बन्न सकेनन् ?

सम्झनामा सुवास नेम्वाङ : जनजाति भएकै कारण रास्ट्रपति बन्न सकेनन् ?

काठमाडौं । इलामको सुन्तलाबारीमा २००९ साल फागुन २८ गते जन्मेका नेकपा एमालेका उपाध्यक्ष, सांसद एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङ ७१ वर्ष स्वाभिमानयुक्त जीवन बाँचे । मंगलबार राति १ बजेपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । उनको निधनसँगै देशले एक समन्वयकारी नेता, संसदले एक होनहार सदस्य, एमालेले आफ्नो अभिभावक र न्याय क्षेत्रले कानुनविद्लाई गुमाएको छ ।कानुनी क्षेत्रसँग सुवास नेम्वाङको तीन पुस्ता जोडिएको छ । उनका पिता रामबहादुर नेम्वाङ न्यायाधीश थिए भने कान्छा छोरा अधिवक्ता छन् ।

रामबहादुरले छोरा सुवास नेम्वाङलाई पनि कानुन पढाए । छोरो अदालतको न्यायाधीश त बनेनन् तर, नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीलाई पढाए । सुवासले पढाएका दर्जनौं व्यक्तिहरु न्यायाधीश बने । कैयौं बरिष्ठ अधिवक्ता बने ।बरिष्ठ अधिवक्ता टीकाराम भट्टराई कान्तिपुर टेलिभिजनसँग भन्छन्, ‘मलाई पनि ल कलेजमा उहााले पढाउनुभएको हो । उहाँले पढाउँदा हामी विद्यार्थीहरु मन्त्रमुग्ध भएर सुन्थ्यौं ।’

भट्टराई थप्छन्, ‘नेपाल बार एशोसिएसनको महाचिव भएर उहाँले यस क्षेत्रमा उल्लेख्य भूमिका निभाउनुभएको छ । कानुन व्यवसायीका रुपमा उहाँले फौजदारी कानुनमा वकालत गर्दा न्यायाधीशहरु गम्भीर भएर सुन्थे । फौजदारी कानुनमा उहाँको विशेष दख्खल थियो ।’राजनीतिमा समन्वयकारी भूमिका
आफ्नो हार र जितभन्दा पनि मुलुक र जनताको हितका लागि विधिको वकालत गर्दै आएका सुवासचन्द्र नेम्वाङ सधैँ सहमतिका पक्षपाती नेता थिए । नागरिकमा देखिएको असन्तुष्टि सम्बोधन गर्न दलहरु जिम्मेवार हुनुपर्नेमा उनले सधैँ जोड दिए ।

२०६४ र २०७० सालका दुवै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान जारी गर्ने अन्तिम क्षणसम्म पनि दलीय सहमति र सबैको अपनत्वमा जोड दिएका थिए ।

समन्वकारी नेताका रुपमा नेपाली राजनीतिमा छवि बनाएका नेम्वाङले आफ्नै दलका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा होस् वा अहिले संसद अवरुद्ध गर्दा, विधि र संविधान प्रतिकुल जान नहुने बताएका थिए ।

कानुनका विज्ञ र सन्तुलनकारी भूमिका निर्वाह गर्नसक्ने नेता भएकै कारण एमालेले यसपटक पनि उनलाई सभामुखमा तेहेर्‍याउन खोजेको थियो । तर उनले त्यहाँ जान चाहेनन् । बरु राष्ट्रपति बनेर थप संवैधानिक सीमा र सहमतिको राजनीति अघि बढाउन बढाउन चाहेका थिए । तर निर्वाचन भने जितेनन् ।संविधानका ज्ञाता रहेका उनले संसदीय प्रणालीलाई सम्मान गर्न र कानुन उल्लंघन नगरी सहकार्यको राजनीति गर्न सधै राजनीतिक दलका नेताहरुलाई सुझाव दिन्थे । प्रतिनिधिसभाको सभामुख हुँदा पनि उनको भूमिका सहमति र समन्वयकारी नै रह्यो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएपछि नेम्वाङ ०६३ सालमा अन्तरिम संसद्को सभामुख भएका थिए ।विसं। २००९ सालमा इलाममा जन्मिएका नेम्वाङ २०४८ सालमा राष्ट्रियसभा सदस्य भएर संसदीय अभ्यासमा प्रवेश गरेका थिए । ०५६ सालमा इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेम्वाङ त्यसयताका कुनै पनि निर्वाचनमा पराजित भएनन् ।नेम्वाङ २०५६ सालमा कानुनमन्त्री भएका थिए । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति समेत भएका थिए । ०७४ र ०७९ को निर्वाचित भएपछि नेम्वाङले एमाले संसदीय दलको उपनेताको जिम्मेवारी पाएका थिए ।
विद्यार्थी कालमा ०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियु सभापति बनेका उनी २०३३ सालमा राजकाज मुद्दामा जेल बसेका थिए । उनका संविधान र कानुन सम्वन्धी पुस्तकहरु पनि प्रकाशित छन् ।

मानिसको जीवनमा कमी कमजोरीहरु अवस्था हुन्छन् । नेम्वाङका पनि अवश्यै केही कमजोरी र सीमाहरु थिए । तर, उनले जुन प्रकारको जीवन बााचे, त्यसले उनका कमजोरीहरुलाई ‘चन्द्रमाको दाग’ जस्तो बनाइदियो । उनले देशलाई धेरै ठूलो योगदान दिए । उनकै नेतृत्वमा हामीले संविधान पाएका छौं ।

नेम्वाङ संवैधानिक सर्वोच्चताको पक्षमा थिए । संसदीय व्यवस्थाको पक्षमा निरन्तर वकालत गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा उनले त्यसमा पार्टीभित्र असहमति जनाएको एमाले नेताहरु सम्झन्छन् । केही साता अघि मात्रै धुलिखेलमा भएको एक कार्यक्रममा नेम्वाङले संविधानमा संसद अवरोधको प्रावधान नरहेको भन्दै संसद अवरुद्ध पार्न नहुने बताएका थिए ।

नेम्वाङ नेकपा एमालेका मात्र नेता थिएनन्, देशकै नेता थिए । देशले एउटा असल नेता गुमाएको छ । नेम्वाङप्रति हार्दिक श्रद्धासुमन । कान्तिपुरटिभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
एमाले पार्टीले नेम्वाङलाई अध्यक्ष व प्रधानमन्त्रीको दावेदार किन स्वीकार गरेन

एमाले पार्टीले नेम्वाङलाई अध्यक्ष व प्रधानमन्त्रीको दावेदार किन स्वीकार गरेन

फिल्म, टेलिशृङ्खलामा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

फिल्म, टेलिशृङ्खलामा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

विश्व उइघुर कांग्रेसद्वारा ओआईसी प्रतिनिधिमण्डलको पूर्वी तुर्किस्तान भ्रमणको निन्दा

विश्व उइघुर कांग्रेसद्वारा ओआईसी प्रतिनिधिमण्डलको पूर्वी तुर्किस्तान भ्रमणको निन्दा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...