No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अमिताभ र कंगनाले भने- हामी भारतीय हौं, इण्डियन होइन

अमिताभ र कंगनाले भने- हामी भारतीय हौं, इण्डियन होइन

काठमाडौं । देशको नामबाट इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको सम्भावित तयारीबीच बलिउड कलाकारहरु अमिताभ बच्चन र कंगना रनौत यसको पक्षमा खुलेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै कंगनाले सन् २०२१ मा आफूले चाँडै देशको नाम इण्डियाबाट बदलेर भारत मात्रै हुने भविष्यवाणी गरेको बताइन् ।

कंगनाले एक्समा पुरानो अन्तर्वार्ताको स्क्रिनसट सेयर गरेकी छिन्, जसमा उनले दुई वर्षअघि देशको नाम परिवर्तन गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘इण्डिया नाम हामीलाई अंग्रेजले दिएका थिए, त्यसैले देशको नाम भारत हुनुपर्छ ।’ आफ्नो पुरानो ट्विट सेयर गर्दै कंगनाले सबैलाई बधाई दिएकी छिन् । उनले लेखेकी छन्, ‘सबैलाई बधाई, हामी सबै दासताबाट मुक्त भयौं । जय भारत ।’

कंगनाले अगाडि भनिन्, ‘भारत नामको सटिक छ । तर इण्डियाको अर्थ के हो ? तिनीहरू (अंग्रेज)ले हामीलाई रेड इण्डियन भन्थे, किनभने पुरानो अंग्रेजीमा इण्डियन अर्थ दासता हो । उनीहरूले हामीलाई इण्डिया नामाकरण गरे किनभने त्यो हाम्रो नयाँ पहिचान थियो, जुन ब्रिटिशले हामीलाई दिएका थिए । पुरानो डिक्सनरीमा पनि इण्डियाको अर्थ दास भनिन्थ्यो तर अहिले यसलाई परिवर्तन गरिएको छ । यो हाम्रो नाम होइन, हामी भारतीय हौं, इण्डियन होइन ।’

कंगनाले यो ट्विट यस्तो समयमा गरेकी छिन्, जब देशको नाम इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको तयारीबारे अड्कलबाजी चलिरहेको छ । सेप्टेम्बर ९ र १० मा दिल्लीमा जी-२० को बैठक हुँदैछ । यस बैठकको रात्रिभोजमा सहभागी हुने सदस्यलाई राष्ट्रपति भवनबाट निमन्त्रणा कार्ड पठाइएको छ । राष्ट्रपतिले पठाएको निमन्त्रणा कार्डमा ‘प्रेसिडेन्ट अफ इण्डिया’को सट्टा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ ।

कंगनाभन्दा पहिले अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा लेखेका छन्, भारत माता की जय ।’ बिग बीको यो ट्वीटलाई देशको नाम इण्डियाबाट भारतमा परिवर्तन गर्न मौन समर्थनको रूपमा वर्णन गरिएको छ । पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले पनि इण्डियाबाट भारत एकीकरणको पक्षमा समर्थन जनाएका छन् ।

इण्डिया भर्सेस भारतको बहस अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । कतिपय मानिस देशको आधिकारिक नामबाट इण्डिया हटाउने पक्षमा छन् भने कतिपयले विरोध गरिरहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बीजेपी)सहितका दल देशको नाम भारत राख्नुपर्ने पक्षमा छन् भने प्रतिपक्षी कांग्रेस आई लगायतका दल भने विपक्षमा उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
यौन दुर्व्यवहारको आरोप लागेका निर्देशक वुडी एलेनविरुद्ध भेनिस रेडकार्पेटमा प्रदर्शन

यौन दुर्व्यवहारको आरोप लागेका निर्देशक वुडी एलेनविरुद्ध भेनिस रेडकार्पेटमा प्रदर्शन

भारत भ्रमणमा बाइडेन

भारत भ्रमणमा बाइडेन

विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द

विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .