No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यसरी सीमामा बग्दै छ नेपाली भूमि

यसरी सीमामा बग्दै छ नेपाली भूमि

कञ्चनपुर। बयालिस परिवारको बसाइँरहेको कुतियाकवर दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल-भारतको सीमासित जोडिएको बस्ती हो। पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ।

बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान गरिरहँदा तटबन्ध निर्माणका लागि पहल भएको देखिँदैन्।

‘पुरानो र सानो सङ्ख्यामा हामी दशकदेखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसिएत देखाएनन्।’ स्थानीय टेकबहादुर सुनारले भने, ‘दुई नदीको कटानले कुतिकवर मात्रै बग्ने होइन, दक्षिणतर्फ यहाँ जोगबुढा नदी सीमा नदी बन्ने चुनौती थपिएको छ।’ दोधारा चादँनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको बताए। उनले भने, ‘दुवैतर्फ कटान हुँदा बर्सेनि बस्ती साँघुरिँदै गएको छ।’उनले अगाडि भने, ‘हिजोआज पनि बस्तीको पश्चिमतर्फ महाकाली नदीले नियमित कटान गरिरहेको छ।’

सो क्षेत्रको नदी कटान नियन्त्रणका लागि नगरपालिका र दातृ निकायको आर्थिक सहयोगमा अस्थायी तटबन्ध निर्माणका लागि पहल भइरहेको अध्यक्ष सिंहको भनाइ थियो।‘अस्थायी तटबन्धले कटान न्यूनीकरण हुन्छ की भन्ने आशा हो,’ उनले भने, ‘वर्षामा हरेकवर्ष कुतियाकवर डुबानको चपेटामा पनि पर्छ।’

वडाध्यक्ष सिंहले नदी कटानकै कारण सीमा स्तम्भ नं २२ लामो समयदेखि हराइरहेको बताए। ‘कुतियाकवरमा अहिले २१ नम्बर पिल्लर छ ।’ उनले भने, ‘नदी कटानकै कारण २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ ।’कुतियाकवर बस्ती पारी सीमामा भारतको बङ्गाली कलौनी पर्छ । बस्तीमा नेपाल–भारत सीमा स्तम्भ भए पनि दशगजा क्षेत्र भने खाली छैन् ।कुनै बेला सीमा र राष्ट्रियताको विषयमा यहाँको कुतियाकवरदेखि कालानीसम्म अभियानसमेत सञ्चालन गरिए पनि अहिले कुतियाकवर बगेर सीमा सर्ने अवस्थामा आउनलाग्दा पनि कोही नबोलेको स्थानीयवासीको गुनासो थियो । ‘यसअघि त यहाँ जनप्रतिनिधिले नगरको रिङ्रोड नै बनाउने आश्वासन दिए ।’ स्थानीयवासी भीम सुनारले भने, ‘विकासका नाउँमा बस्तीको कच्ची सडकमा ग्राइभेलसम्म हालिएको छैन् ।’

विसं २०२९देखि नै बस्ती कटान र डुबानको चपेटामा पर्दै आएको बताउँदै उनले बस्तीसँग सीमा जोगाउन सरकार सचेत हुनुपर्ने बताए । ‘एक सय ४५ परिवारको बसोबास रहेको कुतियाकवरमा नदी कटानकै कारण अहिले ४२ परिवारमा समेटिएको छ ।’ वडाध्यक्ष सुनारले भने, ‘२१ नम्बर पिल्लरबाट जोगबुढा नदीबीचको गाउँ सधैँ अभावकाबीच सीमा कुरेर बसिरह्यो ।’बस्तीमा कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समिति पनि छ वर्षअघि बनेको र त्यसको नेतृत्व गाउँका टेकबहादुर सुनारले गर्दै आएका छन् । ‘दुईदिन अघिको बाढीले पनि बस्ती डुबानमा पर्दा जोखिम मोलेरै पनि स्कुल गएका बालबालिका घर फर्किए ।’ टेकबहादुरले भने, ‘यसअघि बस्ती डुब्दा ज्यान जोगाउन अम्बिका मावि परिसरमा पुगेका थियौँ ।’

दातृ निकाय र दोधारा चादँनी नगरपालिकाको सहयोगमा कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण हुदैछ भने विपद् व्यवस्थापन समितिलाई लाइफ ज्याकेट, बोटलगायत उद्धार सामग्रीसमेत उपलब्ध गराइएको समितिका अध्यक्ष सुनारको भनाइ थियो। ‘बाढी आउँदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानीय प्रशासन सक्रिय भए पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन पहल भएको देखिदैन्’ उनले भने, ‘कटानले बस्ती जोखिम मात्रै होइन सीमाको माटो पनि दिनदिनै नदीले बगाउँदैछ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
चिनियाँ नागरिकहरू संदिग्ध जासुसी गतिविधिहरूमा संलग्न हुँदा सुरक्षा प्रश्नहरू खडा

चिनियाँ नागरिकहरू संदिग्ध जासुसी गतिविधिहरूमा संलग्न हुँदा सुरक्षा प्रश्नहरू खडा

शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्नुस् : शिक्षा मन्त्री यादव

शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्नुस् : शिक्षा मन्त्री यादव

यस पालिकामा जथाभावी फोहोर फ्याके मुद्दा चलाइने

यस पालिकामा जथाभावी फोहोर फ्याके मुद्दा चलाइने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .