सुरेश राय_
सिरहा,२९ श्रावण_नेपाल प्रहरी श्रीमती संघको ३९ औ वार्षिक उत्सवमा इलाका प्रहरी कार्यलय गोलबजारले रक्तदान कार्यक्रम गरिएको छ ।रक्तादान कार्यक्रम्मा जम्मा चौवालिस जना (४४) महिला पुरुषले रक्तदान गरिएको हो ।
नेपाल प्रहरी श्रीमती संघको ३९ औ बार्षिक उत्सवमा देश भरिमै विभिन्न कार्यक्रहरु गर्दै आएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता राजेन्द्रराज पान्डेले जान्कारी दिए ।पान्डेले भने ,सिरहाको विभिन्न इलाका प्रहरी कार्यलयहरुमा पनि रक्तदान लगायत बृक्षारोपन कार्यहरु गरेको जनाए ।
रक्तदान कार्यक्रम लाइफ लङ हेल्थ केयर प्रा.लि र रेडक्रस सोसाइटीको सहयोगमा भएको थियो । रक्तदान कार्यक्रममा इलाका प्रहरि कार्यलय गोलबजार र लाइफ लङ हेल्थ केयर परिवार , पत्रकारहरु समेतले रक्तदान गरिएको थियो ।















