No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सयौँलाई चुना लगाउने नक्कली मीटरब्याज पीडितले गृहसचिवलाई आत्महत्या गर्ने धम्कि दिएपछि…

सयौँलाई चुना लगाउने नक्कली मीटरब्याज पीडितले गृहसचिवलाई आत्महत्या गर्ने धम्कि दिएपछि…

गोलबजार(सिरहा) । गैरकानुनी कार्यमा संलग्न कसैलाई पनि नछाड्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उद्घोषलाई पन्छाउँदै गृह प्रशासनले नक्कली मीटरब्याज पीडितलाई संरक्षण गरेको तथ्य खुलेको छ । सर्यौंको उठीबास लगाएका सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ४, भंगाहाका सञ्जिवकुमार साहलाई गृह प्रशासनले जोगाएको स्थानीयको भनाई छ ।

मधेश भ्रमणमा जनकपुर पुग्नुभएका गृहमन्त्री श्रेष्ठसमक्ष पोखिएपछि आज यो विषय बाहिरिएको हो । गृहले साहलाई आवश्यक सुरक्षा शान्तिको व्यवस्था मिलाउन निर्देशन दिँदै हिजो जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । उक्त पत्रमा गृहका शाखा अधिकृत अरुण राईले हस्ताक्षर गरेका छन् ।

No description available.

सञ्जिव र उनकी श्रीमती बबिताकुमारी साह मीटरब्याज पीडित नभई पीडक भएको आरोप लगाउँदै मीटरब्याजविरुद्ध संघर्ष समितिले केही दिनअगाडि विज्ञप्ति जारी गरेको थियो । मीटरब्याज पीडितकै आन्दोलनमा घुसपैठ गरेको र आफूहरुले लिएको ऋण नतिर्नका लागि साह दम्पतीले त्यसो गरेको समितिका अध्यक्ष मनोज पासवान बताउँछन् ।

उनले गोलबजारका पप्पु साहलगायतलाई मीटरब्याजको आरोपमा पक्राउसमेत गराएको आरोप छ । जबकी उनीहरु आफैं साहबाट पीडित थिए । यता, उनले पप्पुविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दासमेत दर्ता गरेका छन् ।

आत्महत्याको धम्की १

विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ऋण लिएका उनले आफू जोगिन नयाँ उपाय रचेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय, सिरहामा पुगेर साहले पटक–पटक आत्महत्या गर्ने धम्की दिइसकेका छन् ।

उनले गृहसचिव दिनेश भट्टराईसमक्ष पनि सपरिवार आत्महत्या गर्ने खबर पुर्याएका थिए । हिजो गृहसचिव भट्टराईलाई सम्बोधन गरेर लेखिएको पत्रमा उनले उल्लेख गरेका छन्, ‘सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख एसपी टेकानन्द ईवा लिम्बुको ज्यादती र दमन सहन नसकेको कारण सम्पूर्ण परिवार आत्महत्या गर्न बाध्य हुनेछ ।’

उनले सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीमाथि पनि घुस लिएको आरोप लगाएका थिए । उक्त आरोप प्रमाणित गर्न नसकेपछि आफ्नो गल्ती स्वीकारेका हुन् । अरुको लहलहैमा लागेर आरोप लगाएको भन्दै उनले सार्वजनिक रुपमा माफी मागेका थिए ।

‘उसलाई गरिखाओस् भनेर आफन्तहरुले कृषि फर्म चलाउन ऋण उपलब्ध गराएको अनुसन्धानको क्रममा देखिन्छ । ऋण तिर्न नपरोस् भनेर अहिले अरुलाई आरोप लगाउने काम गरिरहेका छन्’, एसपी लिम्बुले भने ।

सच्जिवलाई पक्राउ गर्न गृहमन्त्रिको निर्देशन

उपप्रधान तथा गृहमन्त्रि नारायणकाजि श्रेष्ठ प्रकाशले नक्कलि मिटरब्याज पिडित सञ्जिवकुमार साहमाथि छानविन गरि कानुनी कार्वाहीको दायरामा ल्याउन निर्देशन दिएकाछन् ।
हिजो बिहिबार मधेश भ्रमणका क्रममा जनकपुर पुगेका गृहमन्त्रि श्रेष्ठले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र प्रहरी प्रमुख एसपी टेकुनन्द ईवा लिम्बुलाई साहमाथि तत्काल छानविन गर्न निर्देशन दिएकाहुन् ।

श्रीमती बबिताकुमारी साहको नाममा सिरहाको धनगढीमाई , निमचोकमा मोर्डन नेपाल कृषि फर्म खोलेर सञ्जिवले चिनजानका ब्यक्ति र आफन्तहरूसँग लाखौँ ऋण लिएर नतिर्नकालागि अनेक बहाना बनाउँदै आएका थिए ।
ऋण दिने कतिपयलाई सञ्जिवले मिटरब्याजी करार गरेर पक्राउ समेत गराउँदै आएका थिए भने अदालतमा मुद्दा समेत चलाएका छन् ।
कृषि फर्मकै नाममा नेपाल एसबिआई बैंकबाट सञ्जिबले १५ करोड रूपैयाँ सहुलियत ऋण लिईसकेका छन् । सोही बैकंबाट पुनस् ८ करोड रूपैयाँ निकाल्ने तयारी गरिरहेका सञ्जिवलाई आन्दोलनरत मिटरब्याज विरूद्व संघर्ष समिती , नेपालले नक्कलि मिटरब्याज पिडितको संज्ञा दिदै प्रेस विज्ञप्ति नै जारी गरेको थियो ।
लिएको ऋण तिर्न सबैतिरबाट ताकेता आउनथालेपछि सञ्जिवले गएको १० गते शुक्रवार गृहसचिव दिनेश भटराई समक्ष सपरिवार आत्महत्या गर्ने धम्कि दिएका थिए ।
उनको धम्कियुक्त निवेदन दर्तापछि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय , सिरहालाई शान्तिसुरक्षा उपलब्ध गराउन पत्र नै लेखेको थियो ।
सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्दा ईवा लिम्बुले गृहमन्त्रि श्रेष्ठले सञ्जिवमाथि छानविन गरी कानुनी कार्वाहीमा ल्याउन निर्देशन दिएको बताउँदै भने ( ू सञ्जिव विरूद्व बैंकिङ् कशुर सम्बन्धि उजुरी परेको छ । हामी उजुरी उपर छानविन गरिरहे छौँ । उसलाई छिट्टै कानुनी कार्वाहीको दायरामा ल्याउनेछौँ ।

koselikhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
दलित जनकल्याणको १७ औं वार्षिक सामाजिक लेखाजोखा सम्पन्न

दलित जनकल्याणको १७ औं वार्षिक सामाजिक लेखाजोखा सम्पन्न

चिनियाँ विदेशमन्त्रि छिन साङ भने विगत डेढ महिनाभन्दा लामो समयदेखि बेपत्ता

चिनियाँ विदेशमन्त्रि छिन साङ भने विगत डेढ महिनाभन्दा लामो समयदेखि बेपत्ता

बारामा प्रहरी र स्थानीयबीच झडप, घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार

बारामा प्रहरी र स्थानीयबीच झडप, घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .