No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रेल र पानीजहाज मन्त्रालय थप्‍नेगरी मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री

रेल र पानीजहाज मन्त्रालय थप्‍नेगरी मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री

काठमाडौं :  सरकारको मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको क्रममा रेल र पानीजहाज मन्त्रालय थप्ने तयारी थालेका छन्।  ओलीको रेल र पानीजहाजको नाराले खुबै चर्चा पाएको थियो। उनले पानीजहाज कार्यालय यसअघि नै सञ्चालनमा ल्याइसकेका छन्। तर, यसले अहिलेसम्म काम पाएको छैन। यही क्रममा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको क्रममा रेल र पानीजहाज मन्त्रालय थप्‍न लागेका हुन्।  यीबाहेक प्रधानमन्त्री ओलीले  भागबण्डा मिलाउनकै लागि थप तीन मन्त्रालय विभाजनको तयारी थालेको स्रोतको दाबी छ। ‘प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाहेक केही मन्त्रालय टुक्राउने तयारी भइरहेका बुझिएको छ’, स्रोतले भन्यो।  रेल र पानीजहाज मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयन्तर्गत छन्। तर, प्रधानमन्त्री ओलीले प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन भन्दै छुट्टै मन्त्रालय बनाउन लागेका हुन्।  संविधानमा व्यवस्थाअनुसार २५ भन्दा बढी मन्त्रालय बनाउन मिल्ने प्रावधान छैन। अहिले १९ वटा पूर्ण र ३ वटा राज्यमन्त्री छन्। प्रधानमन्त्री ओलीले अहिले एक मन्त्रालय थप गरेर २५ वटै पुर्‍याउने तयारी गरिरहेका बुझिएको छ।  प्रधानमन्त्री ओलीले यस विषयमा अध्यक्ष दाहालसँग निरन्तर छलफल चलाइरहेका छन्। ‘उहाँहरूबीच छलफल भइरहेको छ। कसलाई ल्याउने कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। उहाँहरु बीचको सहमति अन्तिम चरणमा पुगिसकेको छ। आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ’, प्रधानमन्त्रीनिकट एक नेताले भने।  असोज ४ गतेको सचिवालय बैठकबाट औपचारिक रुपमा प्रवेश पाएको मन्त्रिपरिषद् हेरफेरको विषयमा टुंगोमा पुर्‍याउन बैठकले अध्यक्षद्वयलाई जिम्मा दिएको थियो। सोहीअनुरुप उनीहरु बिहीबारदेखि निरन्तर छलफलमा जुटेका छन्।  मन्त्री हेरफेर हुने भएपछि नेकपाभित्र आकांक्षीसमेत बढिरहेका छन्। अहिले सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय मन्त्रीविहीन छन्। दुई मन्त्रालय प्रधानमन्त्री ओली आफैंले लिएका छन् भने सहरी विकास मन्त्रालयको जिम्मेवारी यातायात मन्त्री वसन्त नेम्बाङले सम्हालेका छन्। thahakhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
सरकारले मेडिकल कलेजलाई भन्यो : पिसिआर जाँचेर पनि परीक्षामा सहभागी नगराउनू

सरकारले मेडिकल कलेजलाई भन्यो : पिसिआर जाँचेर पनि परीक्षामा सहभागी नगराउनू

रामलखन जयसवालको मृत्यु प्रकरणबारे सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग

रामलखन जयसवालको मृत्यु प्रकरणबारे सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग

चिनियाँ अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ

चिनियाँ अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .