No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रपति निर्वाचनमा के गर्ला माओवादी ?

राष्ट्रपति निर्वाचनमा माओवादीको ७ हजार ७ सय ४५ मतभार जता ढल्किन्छ, त्यही समीकरणको पल्ला भारी

राष्ट्रपति निर्वाचनमा के गर्ला माओवादी ?

काठमाडौँ — राष्ट्रपति निर्वाचन माघ २८ भित्र गरिसक्नुपर्ने भए पनि निर्वाचन आयोगले तयारी थालेको छैन । निर्वाचन मिति तोकेर त्यसको जानकारी सरकारलाई दिन सक्ने कानुनी प्रावधान भए पनि आयोगले मिति तोक्न छलफलसमेत गरेको छैन ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ४ को उपदफा १ अनुसार आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी ०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् । ‘निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भएकाले राष्ट्रपतिको पदावधि फागुन २८ मा सकिँदै छ, पदावधि सकिनुभन्दा १ महिनाअघि नै निर्वाचन गर्नुपर्ने हुन्छ, यसअनुसार माघ २८ भित्र निर्वाचन गरिसक्नुपर्ने कानुनी बाध्यता छ,’ आयोगका कानुन सहसचिव यज्ञप्रसाद भट्टराईले भने, ‘आयोगले चाँडै मिति तोक्नेछ ।’

राष्ट्रिय सभाको लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको पद रिक्त भएपछि आयोगले माघ २५ मा उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । यो उपनिर्वाचनपछि मात्रै राष्ट्रपति निर्वाचन हुने आयोगले जनाएको छ । प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० सदस्यको मतभारबाट राष्ट्रपति चुनिने प्रावधान छ ।

प्रतिनिधिसभामा २ सय ७५ मध्ये कांग्रेसका टेकराज गुरुङ भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् । राष्ट्रिय सभाका एक जनाको पद रिक्त छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका (निलम्बन १ र रिक्त १) बाहेकको मतभार २६ हजार ३ सय ७ रहेको छ भने प्रदेशसभाका ५ सय ५० जनाको मतभार २६ हजार ४ सय रहेको छ ।

संघीय संसद् र प्रदेशसभाका ८ सय ८३ जनाको मतभार ५२ हजार ७ सय ७ हुन्छ । राष्ट्रिय सभा सदस्य एमालेका नेता खिमलाल देवकोटाले राजीनामा दिएपछि उनको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । ०७४ मा एमाले र माओवादीको साझा उम्मेदवार विद्यादेवी भण्डारी ३९ हजार २ सय ७५ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मत ल्याएकी थिइन् ।

सत्ता गठबन्धनमा यस पटक पनि राष्ट्रपति एमालेले लिने सहमति भएको छ तर पुष्पकमल दाहाललाई कांग्र्रेसले समेत विश्वासको मत दिएपछि सत्ता गठबन्धन राष्ट्रपतिको निर्वाचनसम्म भत्किन सक्ने आकलन गरिएको छ । राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेस उम्मेदवारलाई सघाउन सक्ने एमाले नेताहरूको आशंका छ । प्रधानमन्त्री दाहालले शनिबार सञ्चारकर्मीसँगको भेटमा सत्ता गठबन्धनको समीकरण भत्किन सक्ने संकेत गरेका छन् तर अहिले भएको सत्ता समीकरण एकढिक्का भएमा राष्ट्रपति कांग्रेसले पाउने सम्भावना देखिँदैन ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र सातै प्रदेशसभाका सदस्य संख्याका आधारमा सबैभन्दा बढी मतभार कांग्रेसको छ । कांग्रेसका प्रतिनिधिसभामा ८९, राष्ट्रिय सभामा १० र प्रदेशसभामा १ सय ७५ सांसद छन् । सबैको मतभार १६ हजार २ सय २१ हुन्छ । दोस्रोमा एमालेका प्रतिनिधिसभामा ७९ (एक स्वतन्त्रसहित), राष्ट्रिय सभामा १६ र प्रदेशसभामा १ सय ६१ सांसद छन् । उनीहरू सबैको मतभार जोड्दा १५ हजार २ सय ३३ पुग्छ ।

राष्ट्रपति निर्वाचनमा दलहरूबीच तीन वटा समीकरण बन्ने सम्भावना छ । पहिलो– सत्ता गठबन्धन (एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति, प्रतिनिधिसभाका स्वतन्त्र ३ सहित) एकढिक्का भएर राष्ट्रपति चयन गर्ने । गठबन्धनका सबै सांसदको मतभार ३१ हजार ६ सय ३ हुन्छ । यो अवस्थामा कांग्रेस र अन्य दलको मतभार २१ हजार १ सय ४ मात्रै हुनेछ ।

दोस्रो– कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा, नेमकिपा, संघीय समाजवादी, स्वतन्त्र ३, राष्ट्रिय सभाका मनोनीत २ सदस्यबीच समीकरण बन्ने सम्भावना छ । कांग्रेसको नेतृत्वमा यस्तो समीकरण बनेमा उसका उम्मेदवारले ३१ हजार २ सय २७ मत पाउनेछन् ।

तेस्रो– कांग्रेस, एमाले र केही स्वतन्त्र सांसदको मात्रै समीकरण बने पनि त्यसका उम्मेदवारले ३१ हजार ७ सय ७६ मत पाउने देखिन्छ । यसअनुसार राष्ट्रपति निर्वाचनमा माओवादी जता उभिन्छ, त्यो समीकरणको पल्ला भारी हुने देखिन्छ । माओवादीको प्रतिनिधिसभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेशसभामा ८४ (नेपाल समाजवादीका १ सहित) सांसद छन् । माओवादीको तीनै सभाका सदस्यको कुल मतभार ७ हजार ७ सय ४५ छ ।

०६८ को जनगणनाका आधारमा संघीय संसद्का एक सदस्यको मतभार ७९ कायम गरिएको छ भने प्रदेशसभाका एक सदस्यको मतभार ४८ छ । निर्वाचनअघि नै पछिल्लो अन्तिम जनगणना सार्वजनिक भएमा मतभार घट्न सक्छ । राष्ट्रपति निर्वाचनमा कुल मतको बहुमत पाउने उम्मेदवार निर्वाचित हुनेछन् । तर, कुनै उम्मेदवारले प्राप्त गरेको मतको बहुमत प्राप्त नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ५६ (३) मा भनिएको छ, ‘कुनै उम्मेदवारले कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त नगरेमा निर्वाचन अधिकृतले मतदानको मिति तोकी पुनः निर्वाचन गराउनेछ ।’ निर्वाचित हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा तेस्रो चरणको निर्वाचन हुनेछ । तेस्रो चरणको निर्वाचनमा भने खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा गर्नुपर्ने कानुनी व्यवस्था छ । ईकान्तिपुर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
पाेखरा जहाज दुर्घटनाले भारतका प्रधानमन्त्री, विदेशमन्त्री र यूपीका मुख्यमन्त्री स्तब्ध, नेपालीकाे शाेकमा सँगै उभिए

पाेखरा जहाज दुर्घटनाले भारतका प्रधानमन्त्री, विदेशमन्त्री र यूपीका मुख्यमन्त्री स्तब्ध, नेपालीकाे शाेकमा सँगै उभिए

चुनाव हारे पनि गाउँलेकाे सुखदुखमा सामेल छन् बालकृष्ण खाण

चुनाव हारे पनि गाउँलेकाे सुखदुखमा सामेल छन् बालकृष्ण खाण

युवतीहरू जसलाई विश्वविद्यालयको होइन, जेलको ढोका खुला छ

युवतीहरू जसलाई विश्वविद्यालयको होइन, जेलको ढोका खुला छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .