No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

त्रासमा छन् काठमाडौंका गरिखाने वर्ग


त्रासमा छन् काठमाडौंका गरिखाने वर्ग

काठमाडौं । हलगोरु र भैंसी पालेर किसानी गरिरहेका ओखलढुंगाका ज्ञानबहादुर श्रेष्ठ माओवादीको सशस्त्र द्वन्द्वकालमा गाउँमा टिक्न नसकिने भएपछि परिवार लिएर काठमाडौं आए । परिवारको खाइखर्च धान्न अनेक खाले ज्याला मजदुरी गरेका उनले काममा आउजाउ सजिलो बनाउन सेकेन्ड ह्यान्ड साइकल किनेर सिके । अहिले पनि उनको आयस्रोतको माध्यम त्यही साइकल बनेको छ ।

गत ८ वर्षदेखि आलुचिप्स बेच्न थालेका उनी साइकल गुडाउँदै पसल-पसल, टोल-टोल पुग्छन् । उनको परिवारको दैनिक गुजारादेखि छोराहरुको पढाइ खर्चसम्म जुटाइदिने यही बुढो साइकल हो ।

बानेश्वरमा किराना पसल चलाइरहेकी राम खत्री ज्ञानबहादुरसँग नियमित रुपमा आलु चिप्स किन्छिन् । उनका अनुसार पछिल्लो समयमा स्थानीय रुपमा उत्पादित आलु चिप्स ग्राहकले मन पराएका छन् । ‘उहाँले यसरी नल्याइदिने हो भने मलाई चिप्स लिन कता-कता कुद्नुपर्थ्यो’ रमा भन्छिन्, ‘उहाँले व्यापार गरेजस्तो देखिए पनि हाम्रो लागि यो सेवासरह भएको छ ।’

कसरी ?

‘म आफैं गएर किन्दा आउ-जाउमा ट्याक्सी भाडा थपिन्छ’ अनलाइनखबरसँग उनले भनिन्, ‘एक फोनको भरमा उहाँले उद्योगकै भाउमा पसलमै समान ल्याइदिने भएपछि सेवा भएन त ?’

तर, पछिल्लो समय ज्ञानबहादुरलाई नै आफ्नो रोजीरोटी धान्न सघाइरहेको यो साइकल जोगाउन मुस्किल परिरहेको छ । उनलाई काठमाडौं महानगरका नगर प्रहरीले सामान र साइकल कहिले कहाँ भेटाएर खोस्ने हुन् भन्ने पिरलो छ ।

सडकपेटीमा व्यापार गर्नेमाथि कारबही गरिरहेको काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न पनि प्रतिबन्ध लगाएको छ । सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य गरी सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेको महानगरको भनाइ छ । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ)वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिनेछ’, मंगलबार जारी भएको सूचनामा भनिएको छ ।
यस्तो सुन्दा ज्ञानबहादुरको मन कुँडिएको छ ।  ‘सबै मान्छे डाक्टर, इन्जिनियर हुन सक्तैनन्, यो शहरमा पाखुरी चलाएर खाने हामीजस्ता अनपढ, गरिब पनि छौं’ उनी भन्छन्, ‘नयाँ मेयरले हामीलाई खेदेर गरिब नै नभएको शहर बनाउन लाग्नुभएको भए, लखेटुन् ।’

तर, देशभित्रै दुःख गरेर खान्छु भन्नेहरुलाई लखेटेर देश नबन्ने उनले बताए ।

साइकलमै व्यापार गरिरहेका रौतहटका गौतम यादवलाई पनि आजभोलि कहाँ महानगरका प्रहरीसँग जम्काभेट हुन्छ भन्ने त्रास छ । तर, जे परे पनि झेल्ने अठोट बोकेका ५० वर्षीय उनी बिहान ४ बजे मुटु काँप्ने चिसो सहँदै कालिमाटीको तरकारी बजार पुग्छन् ।

डेरा फर्किएर एक कप चिया खानासाथ थापाथली-बबरमहल क्षेत्रको घर-घरसम्म साइकलमा तरकारी बेच्न जानु उनको दैनिकी हो । १० बजे होटलमा खाना खाएर केहीबेर आराम गरेपछि उनी बल्खुको थोक बजारबाट फलफूल किनेर फेरि व्यापार गर्न निस्कन्छन् ।

बिहानदेखि रातिसम्म सडकको धुलोमैलो झेल्दै कुनै रहर वा सोख पूरा गर्न यति कडा परिश्रम गरिरहेका छैनन् उनी । गाउँमा उनको आफ्नै खेतले खान पुग्ने उब्जनी दिन्छ । खान पुगेर मात्रै के गर्ने ? उनका अनुसार बालबच्चालाई कम्तीमा १२ कक्षासम्म पढाउनुछ ।

‘जहान रोगी छ, काठमाडौं ल्याएर उपचार गरिरहनुपर्छ’ यादव भन्छन्, ‘अबको केही वर्षमा दुई छोरीको बिहे गर्नुछ, दाइजो कम भए उनीहरुले दुःख पाउँछन् । यो सबै धान्नको लागि मैलै अझै ५ वर्ष काठमाडौंमा साइकल ठेल्नुछ । गाउँ फर्केर परिवारसँग बस्ने मन कसलाई नहोला, तर म अहिले नै गएँ भने परिवारको जरुरत धान्न खेतै बेच्नुपर्छ ।’

फेरि, उनलाई काठमाडौंमा दैनिक आफ्ना ग्राहकहरुसँगको भेटघाट र दोस्ती लत जस्तो भइसक्यो । सन्चो नभएर एकदिन तरकारी लिएर आएन भने भोलिपल्ट ‘किन नआएको ? के समस्या पर्‍यो’ भनेर सोध्ने उनका ग्राहक टन्नै छन् । १२ वर्षदेखि घरदैलोमा गएर व्यापार गर्दा आफूले धेरै मान्छे चिनेको, साथीभाइ बनाएको उनी सुनाउँछन् ।

‘यहाँ हामीलाई हेप्नेहरु मात्र छैनन्, आफूसरहको मानिस ठानेर मान्छेले जस्तै व्यवहार गर्नेहरु पनि छन् । मेरो कामलाई उहाँहरुले सेवाको रुपमा लिनुभएको छ । उस्तै पर्दा व्यक्तिगत सहयोग नै गर्नुहुन्छ’, उनी भन्छन् ।

ठेला रिक्सामा माटोमा गमला बेच्ने गरेका भारत सितामाढीका रंगेश्वर कोइरी काठमाडौंका शहरका धेरै घरका छत र बरन्डामा आफूले बेचेको गमला भएकोमा गर्व गर्छन् । दैनिक ४० भन्दा बढी गमला बेच्ने बताउने उनी ती गमलामा फूल फुलेको देख्दा ‘आनन्द लागिहाल्ने’ सुनाउँछन् ।

‘गह्रुंगो र फुट्ने डर हुने भएकाले मानिसहरुलाई गमला किनेर घर ल्याउन गाह्रो हुन्छ । मैले थोरै नाफा राखेर घर-घरमै बलियो गमला पुर्‍याउँदा मान्छेहरु खुसी पनि हुन्छन्’, कोइरी भन्छन् ।

साइकलमै प्लास्टिकका भाँडा बेचिरहेका सिरहाका ३१ वर्षीय तेज यादवको आफ्नै कथा छ । ‘कतार जान भनेर दिएको २ लाख खाएर दलाल भागिहाल्यो’ उनी भन्छन्, ‘काठमाडौंमा गरिखान ऋण थपेर किनेको एउटा साइकल महानगरले खोसेर लग्यो । यो दोस्रो साइकल हो । अब यो पनि खोसिहालोस् ।’

आफ्नो कामबाट कोही ग्राहक समस्या नपरेको भन्दै यादवले गरिबको साइकलसँग सरकारलाई रिस उठेको देख्दा अचम्म लागेको बताए । ‘मेरो साइकलले गाडी गुड्ने सडक छेकेको छैन’ उनी भन्छन्, ‘भित्र टोलहरुमा हामीले सामान लैजाँदा ग्राहक खुसी हुने, तर सरकारलाई किन रिस उठ्ने ?’

भारत घर भएका ३८ वर्षका जितेन्द्र यादव पनि काठमाडौंको गल्ली-गल्ली चहार्ने ‘साइकल म्यान’ हुन् । हँसिलो मिजासका उनी १० वर्षदेखि काठमाडौंमा प्रेसर कुकर र ग्यास चुलो मर्मतका लागि घर-घर पुग्छन् ।

बिहान ९ बजेपछि साइकल चढेर कुकरका पार्टपुर्जा छ्याङ-छ्याङ बजाउँदै विभिन्न टोलमा पुग्छन् उनी । खेतीपातीको समयमा खेती गर्न घर पुग्ने उनी अरु बेला काठमाडौंमा यही काममा व्यस्त हुन्छन् ।

‘मान्छेलाई पुरानो भाँडा बोकेर हिंड्न अप्ठेरो हुन्छ’ उनी भन्छन्, ‘हामी घरमै पुगेर मर्मत गरिदिन्छौं, यो त सेवा नै हो नि । अनि सेवा गर्नेलाई किन खेदिहाल्ने ?’

यादवलाई कुकर बनाउन लगाइरहेकी बुद्धनगरकी सविता भण्डारीले पसलमा भन्दा सस्तोमा घरमै मर्मत गर्न पाउनुलाई सुविधा नै भन्नुपर्ने बताइन् । ‘हिजो सिठ्ठी नलागेको कुकर आज घरमै सामान छानी-छानी आँखैअघि मर्मत गर्न पाएँ’ उनले भनिन्, ‘मर्मत गर्ने पसल खोज्दै हिंड्न परेको भए त पैसासँगै समय पनि बढी लाग्थ्यो नि !’

बानेश्वरकी ज्योत्सना प्रजापति फलफूल वा तरकारी चाहिंदा रौतहट घर भएका धर्मेन्द्र साहलाई फोन गर्छिन् । ‘पसलमा समानको मूल्यसूची राख्दैनन्, मनपरी मूल्य लिनेलाई कारबाही पनि छैन, उनीहरुको पसल भाडा पनि सामानको मूल्यमै जोडिने भयो’ उनी भन्छिन्,’बरु साइकलबाट घरैमा सामान ल्याइदिनेले ठीकै भाउमा दिन्छन्, थोरै मोलमोलाइ पनि गर्न पाइन्छ ।’

प्रजापतिलाई शहरमा साइकल र ठेलागाडा निषेध गर्ने महानगरको सूचना ठीक लागेको छैन । उनको विचारमा, पहिलो कुरा त गरिखानेलाई खेद्न खोज्नु नै बेठीक हो ।

‘दोस्रो कुरा, साइकल र ठेलागाडा व्यापार निषेध गर्ने हो भने पहिला उनीहरुका लागि वैकल्पिक व्यवस्था र टोल-टोलमा सुपथ मूल्यमा तरकारी, फलफूल पाइने स्टोरहरु खोल्न पर्‍यो’ उनी भन्छिन्, ‘महानगरले त्यसो गर्न खोजेको त हैन होला नि ! कसैले खुट्टा गलाउँदै, स्वर सुकाउँदै टोल-टोल पुगेर उपभोक्तालाई सेवा दिदा टाउको दुख्नुपर्ने किन ?’

काठमाडौंमा तरकारी-फलफूल बेच्न साइकल, रिक्सा, ठेलागाढा चलाउनेहरुको संख्या यकिन छैन । लत्ताकपडा, भाँडाकुँडासहित दैनिक उपभोग्य बेच्नेदेखि कवाडी संकलन गर्नेसम्म र आइसक्रिमदेखि चटपटे बेच्नेसम्मका काममा पनि साइकल र ठेलागाडाको प्रयोग भइरहेको छ ।

कुकर, ग्यास स्टोभदेखि सिरक-डस्ना बनाउनेसम्मका सीपमूलक काम गर्न साइकलबाटै घर-घर पुग्नेमा मधेशी मूलका नेपाली र भारतीय नागरिकको बाहुल्य रहेकोमा पछिल्लो सयम नेपालीहरु पनि यसमा संलग्न हुन थालेका छन् ।

पहाडी मूलका नागरिकले गर्न नचाहेको यस्ता सेवामूलक काममा मधेशीहरुको आकर्षण देखिन्छ । बढी मिहिनेत लाग्ने, कथित निम्नस्तरको भनिने यस्ता काम गरेर उनीहरुले मनग्गे आम्दानी गरिरहेका हुन्छन् । काम गर्न लाज नमान्ने यो समूहको उपस्थितिले शहरीहरुको दैनिक जीवनलाई सहज बनाइरहेको छ ।

शहरी योजनाविदहरुका अनुसार पहाडी मूलका नागरिकमा कडा मिहिनेतमा आधारित काम गर्ने तत्परता अझै पनि कम छ । त्यसैकारण स्वतः स्फूर्त रुपमा मधेशी मूलका नागरिकले त्यसमा अवसर नै अवसर देख्ने गरेका छन् ।

साइकलमा सुन्तला किनिरहेका विद्यार्थी आमेश साउद यसरी टोलहरुमा व्यापार गर्न आउनेलाई विस्थापन नभई व्यवस्थापन गर्नुपर्ने बताउँछन् । स्वरोजगार हुने र रोजीरोटी चलाउने कसैको योजना मार्नु भन्दा व्यवस्थापनमा जाँगर चलाउनुपर्ने उनले बताए ।

‘यस्ता सेवाका कारण सडकमा समस्या भएको हो भने निश्चित ठाउँ तोकिदिए हुन्छ’ उनले भने, ‘गरिखाने वर्गका कारण शहर कुरुप भयो भन्ने महानगरको निष्कर्षमा त मूर्खता मात्र झल्केको छ ।’

सम्पन्न वर्गले सशुल्क ‘अनलाइन होम डेलिभरी’ लिन सक्ने भए पनि शहरका मध्यम र विपन्न वर्गका लागि ‘साइकल म्यान’को सेवा अहिले पनि वरदान जत्तिकै छ ।

थापाथलीकी ६८ वर्षीया शान्ति त्रितालका लागि त साइकल र ठेलामा सामान ल्याउनेहरु ‘छोरा’जस्तै हुन् । दुई छोरा र बुहारीहरु विदेश लागेपनि उनले तरकारी र फलफूल घरमै किन्न पाएकी छन् । यसरी साइकलमा सेवा लिएर दैलोमै आइपुग्नेहरुलाई सबैले माया गर्नुपर्ने उनी बताउँछिन् ।

‘विदेशमा भएका मेरा सन्तानले चाहेर पनि मैले खान चाहेको बेला सुन्तला, बदाम ल्याइदिन सक्दैनन्’ त्रिताल भन्छिन्, ‘यिनीहरु त आमा ! भन्दै दैलोमा आइपुग्छन्, मलाई छोराहरु आएजस्तो हुन्छ ।’

बुढ्यौली शरीर लिएर बजार जान सकस हुने अनुभव सुनाउँदै उनले उनीहरुलाई आफूले सधैं आशीर्वाद दिने गरेको बताइन् ।

बुद्धनगरका सोमनाथ कुइँकेल साइकलमा सेवा दिने वर्गको मिहिनेत, गतिशीलता र इमानको सम्मान हुनुपर्ने बताउँछन् । ‘अधिकतम् शहरीलाई सस्तो मूल्यमा वस्तु र सेवाको ‘होम डेलिभरी’ गरिरहेकाहरुलाई धन्यवाद भन्न नसक्ने हो भने कम्तीमा अपमान पनि नगरौं’, उनले भने ।

शहरी योजनाविद् डा. पीताम्बर शर्मा गाउँका विपन्नहरू रोजगारीको खोजीमा शहर नै आउने बताउँछन् ।

‘शहरमा तल्लो तहको अनौपचारिक रोजगारीको अवसर हुन्छ, त्यसमा काम गर्नेहरुले सहरी जनजीवनलाई सहज बनाउन सघाउँछन्, आपूर्ति चक्र व्यवस्थापनमा पनि मद्दत गर्छन्’ उनी भन्छन्, ‘सडक छेउमा बसेर वा गल्ली-गल्ली पुगेर व्यापार गर्नेहरूसँग व्यवसाय दर्ता गर्ने पैसै हुँदैन । यस्ता अनौपचारिक क्षेत्रमा काम गर्नेहरूलाई विश्वभर नै समय र स्थान तोकेर गरिखान दिने चलन छ ।’

साइकल र फुटपाथमा बेच्नेहरू मात्रै छैनन्, किन्नेहरू पनि त्यतिकै हुन्छन् । ‘त्यसकारण पनि बेच्नेहरुलाई विस्थापन हैन, खास प्रकारको व्यवस्था गर्नुपर्छ’, डा. शर्मा भन्छन् ।

फोटो /भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब केको कति पुग्यो ?

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

Next Post
अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो

अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो

जर्मनीद्धारा दुई चिनियाँ सेमिकन्डक्टर कारखाना माथि लगायो प्रतिबन्ध

जर्मनीद्धारा दुई चिनियाँ सेमिकन्डक्टर कारखाना माथि लगायो प्रतिबन्ध

देउवाको चालले ओलीको चलखेलमा धक्का

देउवाको चालले ओलीको चलखेलमा धक्का

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .