No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भूराजनीतिक स्वार्थले रोकियो नेपाल टेलिकमको फाइभजी परीक्षण, टेलिकममा हुवावे हाबी हुँदा अमेरिका रुष्ट

भूराजनीतिक स्वार्थले रोकियो नेपाल टेलिकमको फाइभजी परीक्षण, टेलिकममा हुवावे हाबी हुँदा अमेरिका रुष्ट

अमेरिकाले चिनियाँ प्रविधि नछोडे ‘रेड लाइन’ मा राख्ने चेतावनी दिएपछि नेपाल टेलिकमको फाइभजी परीक्षण रोकिएको छ।

डेटा सुरक्षामा गम्भीर प्रश्न उठाउँदै चिनियाँ प्रविधि प्रयोग नगर्न चेतावनी दिएपछि टेलिकमको फाइभजी परीक्षण रोकिएको हो।टेलिकमले नेपालमा फाइभजीका लागि चिनियाँ दूरसंचार कम्पनी हुवावेको प्रविधि तथा प्राविधिक प्रयोग गरिरहेको छ।

चिनियाँ कम्पनीको प्रविधिले नेपालको मात्रै नभएर अमेरिकी सूचना पनि बेइजिङ पुग्ने संशय जाहेर गर्दै अमेरिकाले नेपाल टेलिकमलाई पटकपटक फाइभजीबाट चिनियाँ कम्पनी हटाउन अनेक दबाब दिँदै आएको छ। त्यही दबाबका कारण पुस १७ गते गर्ने भनिएको फाइभजीको परीक्षण एकाएक रोकिएको थियो।

‘फोरजी अपग्रेड गर्दा हुवावे प्रयोग गरेकै कारण यहाँको सबै सूचना वेइजिङ पुगिरहेको छ। यो गम्भीर विषय हो,’ अमेरिकी दूतावासबाट गएका उच्च कुटनीतिज्ञले संचार मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए, ‘तपाईँहरुले जुनसुकै प्रविधि प्रयोग गर्नुस्। तर अहिलेकै प्रविधि प्रयोग गरेर फाइभजी अगाडि बढाउनुभयो भने हामीले गम्भीर रुपमा लिन्छौं।’ दूतावासबाट आएको यो दबाबपछि तयारी नपुगेको भन्दै टेलिकमले फाइभजी परीक्षण रोकेको स्रोतले बतायो।

यो दबाबपछि टेलिकमले भने फाइभजी कम्प्याटिबल सेट पर्याप्त नभएको भन्दै पुस १७ गते अर्थात जनवरी १ बाट थाल्ने परीक्षण अन्तिम समयमा आएर रोकेको जवाफ दिइरहेको छ। जबकि बजारमा फाइभजी कम्प्याटिबल हुने स्मार्टफोन उपभोक्ताहरुले निर्वाध चलाइरहेका छन्।

संचार मन्त्रालयका एक उच्च अधिकारी नेपालको डेटा सुरक्षामा प्रश्न उठाउँदै अमेरिकी अधिकारीहरुको दबाब कै कारण नेपाल टेलिकमले फाइभजी परीक्षण रोकिएको स्वीकार्छन्।

‘नेपालको नेटवर्क सुरक्षाको सन्दर्भमा अमेरिकाले चासो व्यक्त गरेकै हो। त्यस सिलसिलामा उनीहरुले मन्त्रालय नेतृत्वदेखि मातहतका निकाय र दूरसंचार कम्पनीहरुसँग विभिन्न समयमा छलफल गर्दै गहिरो चिन्ता जाहेर गरेका छन्,’ ती अधिकारीले भने, ‘अमेरिकी अधिकारीहरुले रिजनल एरिया नेटवर्क ९¥यान०, लोकल एरिया नेटवर्क ९ल्यान० केही छुट्याएको छैन छुट्याउनु प¥यो नि भन्दै आएका छन्। फाइभजी परीक्षणको पूर्वसन्ध्यामा पनि अमेरिकाले यस्ता अनेक प्राविधिक पक्षलाई कोट्याउँदै टेलिकममाथि दबाब दिइरहेको थियो।’

त्यसैगरी, टेलिकम निकट स्रोत पनि चिनियाँ प्रविधिमा टेलिकम पुरै डुबिसकेको बताउँछ।

‘टेलिकमका अधिकांश सबै प्राविधिक एवम् इन्जिनियरहरु टिप्पणी लेख्ने मात्रै तर, त्यहाँको सबै सिस्टम हुवावेले चलाइरहेको छ। टेलिकमले एक दुई वर्षमा हाम्रो प्राविधिकमार्फत हुवावेले जडान गरिदिएको प्रविधि चलाउँछौं भनेको भए सायद अमेरिका झस्किदैन थियो होला। तर, पुरापुर सिस्टममै चिनियाँको हातमा दिएपछि अमेरिकाले दबाब सृजना गरेको हो। यही कारण फाइभजीको यत्रो तयारीमा ब्रेक लागेको छ,’ टेलिकम स्रोतले भन्यो।

फाइभजीमा टेलिकमले अपनाएको कार्यशैली प्रति अमेरिका सुरु देखिनै रुष्ट हुँदै आएको छ। फोरजी रोलआउट गर्ने तयारी गर्दागर्दै फाइभजीमा पनि चिनियाँ कम्पनी हुवावे नै प्रयोग गर्ने टेलिकमको ‘बन्डलिङ’ एप्रोच प्रति अमेरिकी दूतावासले विरोध जनाउँदै आएको थियो।

नियामक नेपाल दूरसंचार प्राधिकरणले भने पूर्वनिर्धारित मिति ९पुस १७ गते० मा किन फाइभजी परीक्षण नभएको भन्दै टेलिकमलाई पत्र काट्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
फाइजर कम्पनीले चीनलाई कोरोना औषधिको लाइसेन्स दिन अस्वीकार

फाइजर कम्पनीले चीनलाई कोरोना औषधिको लाइसेन्स दिन अस्वीकार

जनार्दनले बाँडेको पैसा बदर गर्ने योजना वनाउँदै विष्णु पौडेल

जनार्दनले बाँडेको पैसा बदर गर्ने योजना वनाउँदै विष्णु पौडेल

विश्वका लागि तनाव बन्दै छ चीन

विश्वका लागि तनाव बन्दै छ चीन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .