No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वीरगञ्ज आईसीपीबाट भित्रिन थाल्यो डष्टी कार्गो

वीरगञ्ज आईसीपीबाट भित्रिन थाल्यो डष्टी कार्गो
वीरगञ्ज । एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) हुँदै ’डस्टी कार्गो’को आयात हुन थालेको छ । आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समितिका अनुसार आइतबारदेखि नै आईसीपी हुँदै ’डस्टी कार्गो’ आउन थालेको छ ।

भारतीय पक्षले जनवरी १ देखि नै आईसीपीबाटै डस्टी कार्गो र तेस्रो मुलुकका पर्यटक पठाउने घोषणा गरेको थियो । तर त्यसको ८ दिनपछि अर्थात जनवरी ८÷पुस २४ गतेदेखि मात्रै आईसीपी हुँदै डष्टी कार्गो बोकेका ट्रक नेपाल भित्रिन थालेका छन् ।

पहिलो दिन ३८, दोस्रो दिन सोमबार ११ वटा र मंगलबार ३४ वटा डष्टी कार्गो बोकेका ट्रक नेपाल भित्रिएको इन्टरमोडल यातायात विकास समिति आईसीपी वीरगञ्जका शाखा अधिकृत एवं अपरेशनल इन्चार्ज जितेन्द्र रसाइलीले जानकारी दिए ।

नेपाल तर्फ आईसीपीको पूर्व दक्षिण कुनाको १० नम्बर लेन ‘डस्टी कार्गो’ बोकेर आउने सवारीका लागि छुट्याइएको छ । तर हाललाई यो लेन प्रयोगमा छैन । अन्य सामान आयात हुने २ नं लेनबाटै ‘डस्टी कार्गो’ बोकेका सवारी भित्रिरहेका छन् । समिति वीरगञ्जका प्रमुख कमल ज्ञवालीले भारतीय आईसीपीमा आवश्यक तयारी नपुगेकोले १० नम्बर लेन सञ्चालनमा नआएको बताए । ‘हामीले लेनमा राखिएका नयाँ सवारी हटाएर आवश्यक तयारी गरिसकेका छौं ।

तर भारततर्फ तयारी पूरा भएको रहेनछ’, प्रमुख ज्ञवालीले भने, ‘साविककै रुटबाट ‘डस्टी कार्गो’ बोकेका सवारी पनि आइरहेका छन् ।’

१० नम्बर लेनबाट ६७ वटा गाडी हटाएर बाटो खाली गरिसकेको उनको भनाइ छ । डस्टी कार्गो मालबाहक सवारी साधनमा ल्याई चौकी परिसरमा अनलोड नगरी सोझै भन्सार जाँचपास गरी लैजानेगरि व्यवस्था मिलाइएको उनले बताए ।

हालसम्म भारतबाट आयात हुने सिमेन्ट क्लिंकर, कोइला, जिप्सम, स्ल्याग आदि वीरगञ्ज–रक्सौल नाकाबाट आयात हुने गरेको छ । रेलमार्गबाट रक्सौलमा डस्टी कार्गो ल्याउने गरिन्छ । रक्सौल रेल्वे यार्डमा अनलोड गरेर ट्रकमा लोड गरी पुरानो भन्सार हुँदै भित्र्याउने गरिएकोमा अबदेखि भारतीय आईसीपी हुँदै ल्याउनुपर्ने भएको छ ।

त्यसैगरी भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि यात्रु शाखा सञ्चालन गर्न ६ नम्बर लेनको प्रयोग गर्ने तयारी छ । ६ नम्बर लेनबाट १ सय ६५ वटा गाडी हटाइसकिएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हाल वीरगन्ज–रक्सौल नाकास्थित पुरानो वीरगञ्ज भन्सार नाका हुँदै भारतीय तथा तेस्रो मुलुकका पर्यटकको लागि यात्रु शाखा सञ्चालनमा छ । अध्यागमन र पर्यटन प्रहरी कार्यालय पनि पुरानो नाकामा मात्रै छ ।

३ महिनाअघि भारत सरकारको बिहार राज्यको राजधानी पटनास्थित प्रिन्सिपल कमिश्नरको कार्यालयका प्रिन्सिपल कमिश्नर प्रदीपकुमार कटियारले सूचना जारी गरेका थिए ।

सूचनामा सिमावर्ती भारतीय सहर रक्सौलबाट बौद्धीमाई मन्दिर हुँदै भारतीय आईसीपीसम्म जाने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकोले रक्सौलबाट निर्यात हुने डस्टी कार्गो असोज ३० देखि नै आईसीपी हुँदै गर्न निर्देशन दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
रेशम चौधरी रिहा नभएपछि नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा

रेशम चौधरी रिहा नभएपछि नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा

हर्ष र गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री दाहाल

हर्ष र गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री दाहाल

चीनले ल्यायो नयाँ साइबर कानून

चीनले ल्यायो नयाँ साइबर कानून

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .